Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

कृषिजन्य बालीको विकाशका लागि निम्बस र चाइनिज कम्पनी बिच सम्झौता

[caption id=\"attachment_94448\" align=\"alignnone\" width=\"800\"]\"?\" ?[/caption] काठमाडौं, १० असोज । कृषि क्षेत्रमा नेपालको अंग्रेणी कम्पनी निम्बस र चाइनास्थित युहान कोमेगा सिड बिच नेपालमा धानको बिउ लगायत अन्य कृषिजन्य बालीको विकास गर्न एक उच्च स्तरको सम्झौता भएको छ । निम्बसको प्रबन्ध निर्देशक आनन्द बगरिया र कोमेगा सिडका प्रबन्ध निर्देशक स्यान्डी लिऊ बिच आज आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अब निम्बसले उक्त चाइनिज कम्पनीका सम्पूर्ण बिउबिजनहरु नेपालमा बिक्रि वितरण गर्नेछन् । युहान कोमेगा सिडद्धारा ल्याइएका धानका हाइब्रिड बिउ क्रमश सि आर वाइ २६ र सिआर ९१ले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) द्धारा गरिएका ट्रायल अध्ययनमा सबैभन्दा उच्च प्रतिफल ( ५.६ र ५.७ मे .ट हेक्टर) देखाइको पाइएका छन्। उक्त चाइनिज धानको नार्कले चारवटा ठाउँमा र प्रत्येक ठाउँमा ३ वटा रेप्लिकेशन गरेर उत्पादकत्व अध्ययन गरेको थियो । नेपाल सरकारको तथ्याङ्क (२०७०–७१) अनुसार हाइब्रिड जातको धानको हालको प्रतिफल केबल ३.४ मे ट÷हेक्टर मात्र छ । नेपालमा धान उत्पादन हुने क्षेत्रको जम्मा ४९ भूभागमा मात्र सिचाइको व्यवस्था भएकोले अधिकांश भागमा धान खेती परम्परागत आकाशे पानीमा निर्भर छ । बढ्दो जनसंख्या वृद्धिदर (वार्षिक १.३%) हेर्दा हालको धान उत्पादनले यसको परिपूर्ति गर्ने देखिदैन। तसर्थ यसलाई केही हदसम्म परिपूर्ति गर्न हाइब्रिड धानले अवश्य मदत पुयाउँदछ । हाइब्रिड जातको उत्पादकत्व स्थानीय भन्दा कमसेकम १५– २०% बढी आउँछ । निम्बसले केही वर्षयता हाइब्रिड बिउहरुमा समेत काम गरिरहेको छ। नेपालमा सुहाउँदो र धेरै उत्पादकत्व हुनसक्ने बिउहरु मात्र निम्बसले नेपाली बजारमा भित्रायाइरहेको छ । युहान कोमेगा सिडले नेपालमा निम्बस र नेपाल सरकार मार्फत प्राविधिक र सिपमूलक ज्ञान दिने र आवश्यकता अनुसार यहाँका जनशक्तिलाई चाइना या नेपालमै निश्चित अवधिको तालिम प्रदान गरिने बताइएको छ । आगामी दिनमा धानको जातिय अनुसन्धान र विकास केन्द« नेपालमै खोल्नेतर्फ दुवै कन्पनीको पहल हुनेछ । उक्त केन्दको स्थापनपछि नेपालको कृषि क्षेत्रमा एउटा आयाम आउनेछ र कृषि माथिको आत्मनिर्भतालाई टेवा पुग्नेमा कम्पनी विश्वस्त समेत छ । चाइनाको उत्कृष्ट ५० सिड कम्पनी आफनो स्थान जमाउन सफल उक्त कम्पनीले नेपाली बजारमा पहिलोपटक आउन लागेकोमा गर्व समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending