Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

अफगानिस्तान र इराकमा कामदार पठाउन दबाब आएपछि ...

\"suryaman-gurung-750\" काठमाडौं, १० असोज । सरकारले अफगानिस्तान र इराकमा लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । काबुलमा १२ नेपालीको ज्यान जाने गरी हमला भएपछि सरकारले वैदेशिक रोजगारीका लागि आफगानिस्तान र इराक लगायतका मुलुकमा जान प्रतिबन्ध लगाएको थियो । अफगानिस्तान र इराकमा निश्चित क्षेत्रको बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउन लागिएको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले जानकारी दिएका छन् । सोमबार रिपोटर्स क्लवको साक्षात्कारमा बोल्दै उनले अफगानिस्तान र इराकमा रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउन लागिएको जानकारी दिएका हुन् । यसबारेमा छिट्टै नै मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने उनले बताए । अफगानिस्तान र इराकमा कामदार पठाउन दबाब आएपछि प्रतिबन्ध हटाउन लागिएको पनि उनले बताए । अमेरिकी, बेलायत लगायतका देशका राजदूतहरुले भेटेर अफगानिस्तान र इराकस्थित आफ्नो दूतावासहरुमा नेपाली कामदार पठाउन प्रधानमन्त्रीलाई दबाव दिएको मन्त्री गुरुङले बताए । सुरक्षाको प्रत्याभूति हुने गरी प्रतिबन्ध फुकुवा गर्न लागिएको पनि मन्त्री गुरुङले बताए । मन्त्री गुरुङ फ्री भिसा र टिकट पनि अझै पूर्ण रुपमा कार्यान्वयन नभएको गुनासो आइरहेकाले पूर्ण रुपमा कार्यान्वयन गरिने मन्त्री गुरुङले प्रतिवद्धता जनाए । फ्री भिसा र टिकटमा पैसा लिएको भेटिए त्यस्ता म्यानपावरलाई सरकारले कारबाही गर्ने उनले बताए । टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री भएकाबेला दुई वर्षअघि नै मलेसिया र कतार, संयुक्त अबर इमिरेट्स, बहराइन, दुबई, साउद अरब लगायत सात मुलुकमा निःशुल्क भिसा भिसा र टिकटको ब्यवस्था गर्ने निर्णय गरिएको थियो । निःशुल्क भनिए पनि ती मुलुकमा १० हजार भन्दा बढी लिन नपाउने उल्लेख थियो । तर उक्त निर्णय पछि म्यानपावरले १० हजारको मात्रै रसिद बनाएर मोटो रकम असुल्ने मौका पाएका छन् । यसबारेमा केही केही समयअघि प्रहरीले कारबाही थालेपनि नेता र ब्यवसायीहरुको दबाबमा कारबाही रोकिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending