Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

‘हिन्दी भाषा’ नियोजित तरिकाले  हल्ला गरियो म आफै अचम्म पर्छु, –प्रचण्ड

\"prachanda\"काठमाडौं, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संशोधनमा हिन्दी भाषाको बिषय अनावश्यक र भ्रामक भाएको बताएका छन् । प्रधानमन्त्रीसँग सीधा कुरामा सोधिएको प्रश्नको जवाफ दिन्दै प्रधानमन्त्रीले हिन्दी भाषाका विषयमा नियोजित तरिकाले कृत्रिमरुपमा निर्माण गरिएको बताए । ‘यस्ता समाचार कसले बनाउछन, म आफै पनि अचम्म पर्छु’ प्रचण्डले भने, ‘कृत्रिम र कपोकल्पित समाचार बनाउनहरूले यो प्रचार गरेका हुन । यो कुरा कहीँ उठेको छैन ।’ प्रधानमन्त्रीले आम संचारमाध्यमलाई भ्रम छर्ने समाचार प्रचार नगर्न समेत अनुरोध गरे । गर्दै नगरेका र कल्पना पनि नगरिने कुरा पनि यसो गरियो भनेर प्रचार गरिएकोम उनले असन्तुष्टि व्यक्त गरे । लोकतन्त्रको गहनाका रुपमा प्रेस स्वतन्त्रतालाई संविधानले नै ग्यारेण्टी गराएको बताऊँदै प्रधानमन्त्रीले प्रेस आफै मर्यादित बन्नुपर्नेम जोड दिए । सिधा कुरामा केके भने प्रचण्डले ? बुँदागत रुपमा हेर्नुहोस्- – देशभित्र कामको चाप थियो । म भारतबाट फर्कदै गर्दा राष्ट्र संघमा जाँदा झन् धेरै समय लाग्ने कुरामा सोच्दै थिएँ । नेपाल आउँदा मधेशी, थारु, जनजातिका प्रतिनिधिहरुले पनि अमेरिका भ्रमणमा नजान आग्रह गर्नुभयो । प्रधानमन्त्री नै जानुपर्छ भन्ने बाध्यतात्मक स्थिति पनि थिएन । त्यसैले न्यूयोर्क भ्रमण रोकेको हुँ । चर्चामा के छ, त्यो प्रमूख होइन । मेरो मूख्य प्राथमिकतामा संविधान कार्यान्वयन भएकाले भ्रमण स्थगित गरेको हुँ । – संविधान संशोधनको तयारीको काम अगाडि बढ्दैछ । काम प्रगतिउन्मूख छ, केही दिनभित्र सकारात्मक परिणाम निस्कन्छ । अविश्वासको दुरी घट्दै गएको छ, प्रमूख दलहरुबीच समझदारीको बिन्दु नजिकिँदै त्यसैले म आशावादी मात्र हैन, उत्साही पनि भएको छु । – संविधान संशोधनमा हिन्दी भाषा वा नागरिकताको कुनै चर्चै चलेको छैन । यस्ता भ्रामक समाचार सम्प्रेषण नै मेरो लागि अनौठो लागिरहेको छ । संविधान संशोधनमा हिन्दी भाषा र नागरिकताको विषयले प्रवेश नै पाएको छैन । यति भ्रामक कुरा गरेर सहमतिको वातावरण भाड्न सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो सम्भव छैन । – सीमाङ्कन लगायतका विषयमा हामी समझदारीको नजिक पुगिरहेका छौं । हामीले आफ्नो अडानबाट पनि लचक भएर हेर्नुपर्छ । सबै नेताहरु लचक हुनुपर्ने बाध्यतात्मक परिस्थिति छ । भोलि तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएको छु, सहमति निष्कर्षनजिक छ । दशैं अघि नै संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ । – शिक्षा क्षेत्रमा राम्रो विकास नगरेसम्म देशभन्दा बाहिर पनि सम्मानजनक रोजगारी पाउन सकिँदैन । देशभित्रै सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्छ । उच्च शिक्षा नीतिमा नै गम्भीर सुधार गर्नुपर्ने अवस्था छ । आज मात्रै शिक्षाविद्सँग कुरा गरेको छु, सरकारको यस दिशातिर गृहकार्य गरेर आवश्यक निर्णय गर्छ । – पहिलोपटक भारत जाँदा संविधान र शान्ति प्रक्रिया पुरा भएको थिएन । तर, अहिले भारत भ्रमण जाँदा संविधान र शान्ति प्रक्रिया सापेक्षित रुमा पूर्णतामा थियो । यसपटक भारत भ्रमणमा धेरै लिस्ट थिएन । अहिलेको मेरो भ्रमणको मूख्य उद्धेश्य विगतका सम्झौता कार्यान्वयन गराउनु थियो, यसमा भ्रमण सफल र फलदायी भएको छ । – भ्रमणले दुई देशबीचको चिसोपन घटाउन मद्दत पुगेको छ । पूनर्निर्माण, हुलाकी राजमार्ग लगायतका आयोजना र साझेदारीका विषयमा भएको प्रगति राष्ट्रिय हितमा छ । यस भ्रमणमा विवाद गर्नुपर्ने कुनै कारणा छैन । तर, भारत भ्रमण भन्नेबित्तिकै विषय नै नबुझेर आँखा चिम्लेर विरोध गर्ने मानसिकता पनि हामीकहाँ छ, यसमा मेरो भन्नु केही छैन । भ्रमण राष्ट्रिय हितमा छ, यसमा कुनै भ्रम राख्न जरुरी छैन । – जनता र राष्ट्रको पक्षमा बेथिति र भ्रष्टाचारका विरुद्ध आफूलाई समर्पित गराएर रातदिन खटिरहेको छु । यो एउटैले गरेर हुने काम होइन, यसका लागि सरकार र जनता मिलेर जान जरुरी छ । त्यसका लागि जनताको साथको अपेक्षा गरेको छु । – भारत भ्रमणको क्रममा जारी संयुक्त वक्तव्य असंलग्न परराष्ट्र नीतिकै पक्षमा छ । जुनसुकै देशमा जाँदा पनि दुईपक्षीय औपचारिक वक्तव्य जारी हुन्छन् । हामीले गरिएको पनि त्यही हो । वक्तव्यको ११ नम्वर बुदामा उल्लेख गराएको कुरा पनि त्यही मात्रै हो । अहिले गरिएका सम्झौता राष्ट्रिय हितमै पक्षमा छन्, यसमा भ्रम दिन जरुरी छैन । बि.सं. २००४ देखि चल्दै आएको कुटनीतिक परम्परालाई अहिले आएर प्रश्न उठाउनुको कुनै सान्दर्भिकता छैन । – महंगी, कृतिम अभाव, कालोबजारीले बजारमा बिसङ्गति बढाएको छ भन्ने बुझेर नै बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ । बजार अनुगमनलाई थप व्यवस्थित गर्न सरकार लागिरहेको छ । यसका लागि बाणिज्य तथा आपूर्ति मन्त्रालयले काम गरिरहेको छ, अनुगमनको प्रक्रिया निरन्तर छ । यसलाई निरन्तर अगाडि बढाउन जोड गरिरहेको छु । जनतालाई सहज आपूर्तिको व्यवस्था गरिनेछ, यसमा सरकारले काफी काम गरेको छु । टिकट काउन्टर व्यवस्थित गर्न मन्त्री नै अनुगमनमा जाँदै हुनुहुन्छ । यातायातको टिकटको सहज व्यवस्थाका लागि काम भइरहेको छ । भोलि, पर्सीमा सुधार हुनेछ । – साह्रै सानो चित्त बनाएर हेर्न जरुरी छैन । भारत भ्रमणको क्रममा नेपालमा भइरहेको राजनीतिक प्रगतिको जानकारी गराउनु देशको हितविपरित हुँदैन । नेपालमा संविधान घोषणा ऐतिहासिक उपलब्धि हो भन्ने हामीले प्रष्ट भनेका छौं । यसमा भारतको स्वागत गराउनु धेरै महत्वपूर्ण कुरा हो । भारतले नेपालको संविधान कार्यान्वयनमा गरेको स्वागत त ठूलै उपलब्धि हो, यसलाई बुझ्न सक्नुपर्छ । संविधान हामीले घोषणा गरेको हो, कार्यान्वयन पनि हामीले गर्ने हो । यसमा सकारात्मक कुरा आएपछि हामीले उपलब्धिकै रुपमा हेर्नुपर्छ । विगतमा केही असमझदारी भएकै हो, त्यसलाई कोट्याउनु आवश्यक छैन । संविधान कार्यान्वयनको प्रक्रियालाई स्वागत गर्नु संविधानलाई नै स्वागत गरेजस्तै हो भन्न सकिन्छ । – नेपालमा संविधान निर्माण गर्ने बेलामा नै प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएका छौं । हाम्रो संविधानले प्रेस स्वतन्त्रताको वकालत गरेको छ । सही सूचना पालना गर्ने कुरा आत्मानुशासनको कुरा हो । राज्यले नियन्त्रण गर्ने भन्दा पनि पत्रकारहरुले प्रेस आचारसंहिता आफै पालना गर्ने कुरा हो । हिन्दी भाषाको प्रचार जसरी गरियो, यो निकै कपोलकल्पित छ, यसमा मिडियाले गम्भीर समीक्षा गर्नुपर्छ । तर, यसमा नियन्त्रण गर्ने मेरो कुनै सोंच छैन । म पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छु । – व्यापार घाटा कम र सन्तुलित गर्न मैले निकै जोडका साथ कुरा राखेको छु । नेपाल भारत संयुक्त वक्तव्यमा पनि यो कुरा राखिएको छ, यसको उपाय खोज्नेमा हामी गम्भीर छौं । यसमा राखिएको भाषा परिमार्जित गर्न सकिन्थ्यो भन्न सकिएला, तर शंका गर्नु हुँदैन । हामीले यसलाई गम्भीर रुपमा लिई समाधानका बिकल्पबारे छलफल गरिरहेका छौं । – म हिजो निरीक्षण र अनुगमनका लागि मेलम्ची गएँ । काम सन्तोषजनक भएको छ, मैले समयभन्दा अघि नै काम सम्पन्न गर्न निर्देशन दिएको छु । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न म अरु आयोजनाहरुको पनि नियमित अनुगमन गर्नेछु । कृष्णप्रसाद भट्टराईजीले देखेको सपना सम्मानयोग्य छ । २७ किलोमिटरमध्ये २० किलोमिटर सुरुङ सम्पन्न भएको छ, मुहानमा काम अगाडि बढिरहेको छ । अब मेलम्ची आयोजनामा शंका गर्ने ठाउँ छैन । अब निर्माणको कामले तिब्रता पाउँछ र काठमाडौंमा छिटै मेलम्चीको पानी आउनेछ । नयाँ वर्षमा कम्तिमा पनि काठमाडौंमा पानी ल्याई सक्नुपर्छ । – विश्वमा समयभन्दा पहिल्यै आयोजना सम्पन्न गर्न प्रतिस्पर्धा गर्ने प्रयोग छ, यसलाई हामीले पछ्याउनुपर्छ । लक्ष्यभन्दा केही महिना अगााडि भएपनि आयोजना सम्पन्न गर्न र राज्यबाट पुरस्कृत गर्न कर्मचारीहरुलाई आग्रह गरेको छु । – भूकम्प पीडितको राहत रकम समयमै पुरा नहुँदा मलाoई नमीठो लागेको छ । भोलि निर्देशक समितिको बैठक बोलाएको छु । समयमै प्रतिवद्धता पुरा नहुनुको गम्भीर समीक्षा हुनेछ, आवश्यक कार्वाही गरेर सरकार अगाडि बढ्छ । म प्रधानमन्त्री हुँदा ३२ हजारले राहत पाएका थिए । तर, अहिलेसम्म चार लाखभन्दा बढीले राहत पाएका छन् । यो केही पनि होइन भन्न मिल्दैन । तर, म यसमा सन्तुष्ट छैन, त्यसैले गम्भीर समीक्षा गरेर अगाडि बढिनेछ । ईन्जिनियरहरुको समस्याप्रति मेरो गम्भीर चासो छ, छिटै छलफल गरेर उचित निष्कर्षमा पुगिनेछ । – नव निर्माणको प्रयासमा सरकार छ, यसमा मेरो विश्वास डगमगाएको छैन । हामीले राष्ट्रिय संकल्प गर्न जरुरी छ, साथै दातृ निकायसँग पनि हाम्रो पूनर्निर्माण र नवनिर्माण अनुकूल अनुदान र सहयोगका लागि अनुरोध गरेका छौं । सरकार यसमा गम्भीर छ, छिटै रफ्तारमा अघि बढ्नेछौं । – शिक्षामा आमूल सुधार जरुरी छ । यसका लागि शक्तिशाली आयोग बनाउनुपर्छ, यसमा सरकारको ध्यान गएको छ । अब हामीले प्राविधिक र समृद्धिका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षामा जोड दिनुपर्दछ । मेडिकल शिक्षामा सरकारको चासो यसैको परिणाम हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending