Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

‘नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी’

\"prakashsaran_mahat-750\" न्युर्योक, ८ असोज । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे । उनले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने स्पष्ट पारे । नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै उनले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको बताए । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश तीनै जना महिला हुनुहुन्छ, हामी चाहन्छौँ कि कार्यकारी प्रमुख पनि महिला नै हुनुपर्छ, आशा गरौँ, त्यो सपना पनि पूरा हुन्छ उनले भने । उनले त्यसो भनीरहँदा कार्यक्रममा उपस्थित विदेशी मित्र एवम् सहभागीले ताली पिटेर समर्थन मात्रै जनाएनन् नेपालको संविधानको समावेशिता अनुपम रहेको टिप्पणी गरे । संविधान दिवस एवम् राष्ट्रिय दिवसको नाम दिएर आयोजना गरिएको कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालको संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको बारेमा जानकारी गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले महासचिव वान कि मुनको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा शुभकानमा व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घको भूमिका आम विश्वले थाहा पाएकै विषय भएकाले शान्ति प्रक्रियाको पूर्णताको रुपमा गत वर्ष जारी भएको संविधानको कार्यान्वयनको पक्षमा लाग्न सम्बद्ध पक्षलाई आग्रह गरे । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख दुर्गाप्रसाद भट्टराईले महासभाको अवसरमा नै नेपालको संविधान दिवसको कार्यक्रम आयोजना गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताए । कार्यक्रममा महासभामा सहभागी विभिन्न मुलुकका परराष्ट्रमन्त्री, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, अमेरिकामा रहेका नेपाली समुदाय, उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीले नेपालको संविधानका बारेमा चासो राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending