Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

लक्ष्मी रुम्बाका पाँच गुण र अवगुण

\"laxmi-bina\" केही समययता नेपाली साहित्यमा महिला साहित्यकारहरुको उपस्थितिको तथ्यगत आकंलन गर्ने हो भने यथेष्ठ मात्रामा महिलाहरुको उपस्थिति पाइन्छ । यो अत्यन्त सुखद कुरा हो । मात्र समस्या पुस्ताकारमा आउनेहरुलाई मात्र साहित्यकार भन्ने अथवा मान्ने हो वा रचनाका हिसाबले मान्ने हो ? त्यो निर्दिष्ट नभइसकेको अवस्था छ । यसलाई साहित्यमा अन्योलताको रुपमा लिन सकिन्छ । यो अन्योलताकोबीचमा आफ्ना रचनाहरुमार्फत कवि मनहरुमा जम्न सफल कवि लक्ष्मी रुम्बाका कविताहरुमा नारी वेदना र त्यसप्रतिको रोष पाउन सकिन्छ । अब सुनाउँछिन् मेरी आमा आफ्नै मुटु खुम्चाउँदै जति सुन्यो उति उनेक लाग्ने तिम्रो कथा एकैचोटी शरीरको रगत उम्लिन्थ्यो मस्तिष्क तातिन्थ्यो तिमी बनेर आफैभित्र बर्सन्थे ती धारिला कथाहरु जङ्गली फूलझंै निर्वाध फुलेकी तिमी कस्तरी हान्नियौ यो खयरघारीमाझबाट याम्बुको दरबार र बन्यौ घोषित महाराजकी अघोषित रानी वा भयौ बुबुआमा, धाईआमा या सुसारे अझै गहिरिएर बुझ्न मन छ कसरी भिज्दै गए आँशुले तिम्रा मजेत्रोका छेउहरु वर्षौदेखि चोलीको तुनामा गाँठो पारेको सपना भन्दा साँच्चै के तिमीलाई सुन्दर लाग्यो होला र महाराजको श्रीपेच डम्फु झुन्डाएको भित्तो दज्यू गाडेको आँगन र मन बसेको घर भन्दा पक्कै उत्कृष्ट थिएनन् तिम्रो जीवन कुज्याउँने आलिशान महलका चौघेरोहरु । यसका साथै समसामयिक घटना, विषयवस्तु तथा मानविय संवेदनामाथि पनि उनि उत्तिकै गजबसँग आफ्नो कलम चलाउँछिन् । भलै उनका कविताका कुनै पुस्तक बजारमा आएको छैन र पनि फुटकर कविताहरुको स्तरीयतालाई (तलका कवितांशमा देख्न सकिन्छ) हेर्दा उनी समकालिन कविहरुबीच आफूमा कवि हुने हैसियत राख्छिन् । मन हराएका मनहरु रचिरन्छन् एउटा अतिरिक्त नाटक राज्य बेखबर भएको स्वाङ पारिरहन्छ हिमाली सिरेटोमा तात्तिने तिम्रै जस्तो मुटुहरुमा गहिरो भ्वाङ पर्दै जान्छ तर नहार, नतर्स यो मायावी समयसँग अब उप्काएर फ्याँक्नु छ तिमीले तिम्रै माटोमा लागेका छली ट्यागहरु आफ्नै मुखमा लगाइएको आदिम ताल्चा फुटाएर फोर्नुछ तिमीलाई असामाजिक सोच्ने मस्तिष्कको आवरणहरु जीवनको अग्नि उत्सर्गले तताउँनु छ हामी बाँच्दै गरेको सेलाएको समय । कवि लक्ष्मी रुम्बाको पाँच गुण १. सामाजिक विकृति, विसंगति, अन्याय तथा त्यसप्रतिको असन्तुष्टिका भावभङ्गीमा बडो गजबले आफ्ना कलम चलाउँछिन् । २. कवि लक्ष्मीको आवाजमा जादु छ । कार्यक्रम प्रस्तोताका रुपमा उनी निकै रुचाईएकी छिन् । त्यसो त उनको कविता वाचन पनि निकै सुमधुर सुनिन्छ । ३. पहिचानको मुद्धामा उनका केहि कविताहरुले वकालत गरेको छ । ४. आफूसँगसँगै अन्य नव कवि मनहरुलाई डोर्याउन उनलाई कुनै हिच्किचाहट छैन । ५.कवितामा बिम्बको न्योचित प्रयोग गर्न सक्षम देखिन्छिन् । कवि लक्ष्मी रुम्बाको पाँच अवगुण १. वर्तमान परिप्रेक्षमा कवि लक्ष्मीले पहिचानको मुद्धालाई जति शसक्त ढङ्गबाट आफ्ना कविताहरुमा उठाउनुपर्ने हो त्यति नउठाएको अवस्था छ । २. अबका कविताहरुमा विचारपक्ष पनि बलियो हुनुपर्छ भन्ने मान्यतालाई यदि सकार्ने हो भने उनका कविताहरुमा त्यो पक्ष कमजोर देखिन्छ । ३. राम्रा कविता लेख्छिन् । केहि साथीभाईलाई अनौपचारिक सुनाए पनि कहिं कतै ( पत्रपत्रिका, अनलाईमा) प्रकाशित गर्न भने प्राय सुझाइरहनुपर्छ । ४. वर्तमान परिवेशमा समयको शक्तिलाई नजरअन्दाज गर्न सकिन्न । यदि समयको रफ्तारसँग नचल्ने हो भने हामी जो कोही पनि पछाडि पर्ने कुरामा दुईमत नरहला । कवि लक्ष्मीले साहित्यको लागि जति समय उपलब्ध गराउनु पर्ने हो त्यसको हेक्का नराखेको जस्तो देखिन्छ । समय व्यवस्थापन उनको प्रगतिको लागि बाधक हुँदै गएको छ । ५. निरन्तरता साहित्यको लागि अपरिहार्य हुन्छ । यसमा कविको ध्यानआर्कषण होस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending