Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

आजबाट माओवादी केन्द्रको बैठक : कमिटी घटाउनेबारे यस्ता बिकल्पमा छलफल हुने

\"mao_kendra-750\"काठमाडौं, ८ असोज ।  १० माओवादी घटकहरुबिचको एकतापश्चात बनेको माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठक आजबाट बस्न लागिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएर गएपछि एकतापश्चात संगठनात्मक संरचना आजसम्म अन्योलमै देखिन्छ । संगठनात्मक भद्रगोलताले माओवादी केन्द्रका जिल्लासम्मका कामकारवाहीहरु प्रभावित बनिरहेको बेलामा यो बैठकले संगठनात्मक निकास निकाल्ने सम्भावना रहेको माओवादी कार्यकर्ताको अपेक्षा छ । अचम्म र रोचक कुरा के छ भने माओवादी केन्द्रको केन्द्रिय समितिमा कोको छन् र कतिजनाको हो भन्ने कुरा अध्यक्ष प्रचण्डलाईसम्म थाहा छैन । यहि भद्रगोलता अन्त्य गर्न बैठक डाकिएको माओवादी केन्द्रकी प्रवत्ता पम्फा भूसाल बताउँछिन् । भुसालका अनुसार यो बैठक संगठनात्मक अन्तरविरोध हल गर्न केन्द्रित हुनेछ । ९ हजार केन्द्रिय सदस्यका लागी सिफारिश आएकोमा यसको व्यवस्थापनमा बैठक केन्द्रित हुनेछ । यस्ता छन् विकल्प केन्द्रिय समितिका लागी हजारौंको संख्यामा सिफारिश हुन थालेपछि अहिले माओवादी केन्द्रका नेताहरुले केही बिकल्पमा छलफल गरिरहेका छन् । केही वर्षअघि गोरखाको पालुङटारमा सहभागी केन्द्रिय सदस्य, एकताहुनुपुर्वका पोलिटब्युरो सदस्य, हालको पोलिटब्युरो सदस्य वा सचिवालय सदस्यमात्रै राखेर केन्द्रिय समिति बनाउने भन्नेबारे बहस छ । तर अहिले कायम रहेका पोलिटब्युरो, सचिवालयप्रति तल्लोपक्तिं असन्तुष्ट छ । केन्द्रिय समितिको संख्या कायम नै नभएको अवस्थामा बनाइएको पोलिलब्युरो वा सचिवालयको बैधानिकतामाथि कार्यकर्ताले प्रश्न खडा गरिरहेका छन् । प्रवत्ता भुसाल भन्छिन्, –‘सानो बनाउनुपर्छ भन्नेमा सबै सहमत छौं । तर कसरी बनाउने भन्नेमा केही धारणाहरु फरक पनि छन् । आजको बैठकको मुख्य एजेण्डा नै यहि हो । बैठकले हल गर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending