Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

एनसेल मेलामा रमायो धरान

\"ncell_dharan-1-750\"काठमाडौ, असोज ७ । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाईस्कुल मैदानमा भव्य एनसेल मेलाको आयोजना गरेको छ । रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको यस मेलामा सबै उमेर समुहका दर्शकहरुले भरपुर मनोरन्जन लिएको थिए । एनसेल मेला नारायणगढ, पोखरा, बुटवल हुँदै बिहीबार धरान पुगेको थियो । बिहान ११ बजेबाट शुरु भएको मेलामा दिउसो २ बजे पछि सांगीतिक प्रस्तुतीहरुसँगै रमझम र रौनक बढेको थियो । आगन्तुकहरुले एकदमै उत्साहजनक सहभागिता जनाएको यस मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विषेश आर्कषण रहेका थिए । \"ncell_dharan-2-750\"चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई गीत संगीतमा झुम्दै नाच्न प्ररित गरेका थियो भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को साँझको विषेश प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए । मेलाको विषेश आर्कषण कन्सर्टमा, गायक सुगम पोखरेलले ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’ मिलन अमात्यले ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा खाँटी हो’, शिव परियारले ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दैछु आज’ जस्ता चर्चित गीतहरु गाएर दर्शकहरुलाई गाँउदै नाच्न प्ररित गरेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ प्रस्तुत गरेर दर्शकहरुलाई थप उत्साहित बनाएका थिए । मेलाका सबै स्टलहरुमा आगन्तुकहरुले चाख लिएर सहभागिता जनाएका थिए । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । एनसेल हाईटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीडभाड रहेको थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिंगले मेलाको रौनक थप बढाएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु मेलामा राखिएका थिए । गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए । \"ncell_dharan-3-750\"“एनसेल मेलाको माध्यमबाट आफ्ना ग्राहकमाझ पुगी नजिकिदै गरेको चाडपर्वको अबसरमा खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पाएकोमा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “मेलामा आगन्तुकहरुको उत्साहजनक सहभागिता रहेको छ यसले गर्दा परिवारजन, आफन्त र साथीभाईसँग रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ ।” नारायणगढ, पोखरा, बुटवल र धरान पश्चात अब एनसेल मेला असोज ८ मा बिर्तामोड पुगेर आयोजना पश्चात समापन हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: