Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

प्रेमीको ऋण तिर्न अपहरणको नाटक

\"kidnapped\"काठमाडौं, ७ असोज । प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । आजको राजधानी  दैनिकमा खबर छ– महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझा साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी प¥यो । प्रहरीले सो उजुरीमाथि अनुसन्धान गर्दा बिहीबार बिहान ८ बजे अपहराणमा परेकी सिर्जना र उनका प्रेमी सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ ग¥यो । जसबाट प्रेम सम्बन्धका कारण प्रेमीको ऋण तिरिदिन साबुले आफ्ना अभिभावकसँग गरेको नाटक मात्रै हो भन्ने पत्ता लाग्यो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० ईश्वर कार्कीका अनुसार उनीहरूको स्थायी घर एकै स्थानमा रहेकाले लामो समयदेखि प्रेममा थिए ।पाटनढोका बस्ने साबु भन्ने सावित्री खड्का र प्रेमी काठमाडौं चक्रपथ चप्पल कारखाना बस्ने रामचन्द्र खत्रीको स्थायी घर सिन्धुपाल्चोक कर्थली हो । दुवैजनाले भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका हुन् । घर पनि एकै ठाउँ पढाइ पनि समानस्तर र प्रेम सम्बन्ध पनि भएकाले सावित्रीले रामचन्द्रको समस्या सुल्झाउन आफैं अपहरणमा परेको नाटक गरेकी थिइन् । प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मिलेर सावित्रीको मोबाइलबाट अपहरण परेको र भनेजति रकम नदिए मुम्बईको कोठीमा प¥याइदिन्छु, प्रहरी तथा आफन्त कसैलाई खबर नगर्नु, गरेमा राम्रो हुँदैन भनेर सावित्रीकी दिदीलाई एसएमएस पठाएका थिए । सोही एसएमएसलाई आधार मानेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । परिसरका प्रवक्ता कार्कीका अनुसार रामचन्द्र केही महिनाअघि काठमाडौं आएका थिए । उनी काठमाडौं आएपछि भारतीय नेटवर्क कम्पनीमा काम गर्दा उनलाई ऋण लागेको थियो । साथीभाइसँग पैसा उठाएर नेटवर्किङको व्यापार गर्दा उनी ऋणमा डुबेपछि सो कुरा सावित्रीलाई बताएका थिए । आफू निकै समस्यामा परेको र ऋण तिर्ने उपाय नभएको भन्दै आपसी सहमतिमा सावित्रीकै मोबाइलबाट एसएमएस पठाएका थिए । तर, एसएमएसमा पैसा भने उल्लेख गरेका थिएनन् । प्रहरीमा दिएको बयानअनुसार २ लाख माग्ने उनीहरुको योजना थियो । सावित्रीकै मोबाइलबाट उनकी दिदीलाई एसएमएस पठाएपछि दिदीले ललितपुर प्रहरीको सहयोग मागेकी थिइन् । ‘बहिनी अपहरणमा परेको भन्दै दिदीले गरेको उजुरी र उनीहरूले पठाएको एसएमएसका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो, उनीहरूलाई बिहान पक्राउ गर्न सफल भइयो,’ प्रवक्ता कार्कीले भने अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैको योजनामा रामचन्द्रले साथीहरूसँग लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको रहेछ ।’ समाजमा नकारात्मक असर पर्ने काम गरेकाले उनीहरू दुवैजनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending