Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एनसेल मेलासँगै रमायो बुटवल

\"ncell_butwal-5-750\"काठमाडौ, ४ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न उक्त मेलाको आयोजना गरेको हो । मेला बिहान ११ बजे शुरु भएको थियो र दिउसो २ बजेबाट नै रमझम र रौनक बढेको थियो । मौसम गरम भएता पनि विभिन्न स्टहरुमा दर्शकहरुको उत्साहजनक सहभागिता जनाएका थिए भने चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका विषेश आर्कषणहरु थिए । चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै नाच्न र झुम्न प्ररित गरेका थिए भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए । मेलाको विषेश आर्कषण कन्सर्ट रहेको थियो । राष्ट्रिय गान पछि कन्सर्ट गायिका मिलन अमात्यको गीतहरुबाट शुरु भएको थियो । गायक सुगम पोखरेलको ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’ मिलन अमात्यको ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा खाँटी हो’, शिव परियारको ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दैछु आज’ जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ गाएर दर्शकहरुलाई थप उत्साहित बनाएका थिए । \"ncell_butwal-1-750\"मेलाको प्रत्येक स्टलमा आगन्तुकहरुको बाक्लै भीड लागेको थियो । चंगा चेट प्रतियोगितामा दर्शकहरुले रमाईलो गरे भने एनसेल हाईटेक जोनमा दर्शकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव गरेका थिए र मगसट फोटो बुथमा सबै उमेरका आगन्तुकहरुको फोटो खिचाउन भीड लागेको थियो । सिद्घेश्वरी मैदानमा मयुर नाच, लाखे नाच र दशैं पिंङले मेला अझ रोचक बनाएको थियो । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरुमा युवाहरुकोे भिड देखिन्थ्यो । मनोरञ्जनका साथसाथै गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । मेलाकै अवसर पारेर एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने लुम्बिनी अन्चलका आफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहार प्रदान गरेको छ । रिटेलरहरुले गरेको बिक्रीका आधारमा उनीहरुलाई एससिडी टिभी, ल्यापटप र प्रिन्टर लगायतका विभिन्न उपहारहरु प्रदान गरिएको थियो । मेलामा बालबालिकाका लागि किडस् जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए । बुटवल पश्चात एनसेल मेला असोज ६ मा धरान शहर हुँदै असोज ८ गते बिर्तामोडमा पुगेर आयोजना पश्चात समापन हुनेछ । “नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरु माझ पुगेर खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “मेलाले परिवारजन, आफन्त र साथीभाईसँग रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending