Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

लोकमानको मुद्दा अस्वाभाविक : कानुनविद

\"Lokman_singh_Karki\"काठमाडौं, ३१ भदौ । सर्वोच्च अदालतले आफैँ खारेज गरेको जनहित याचिका (पिआइएल)माथि पुनरावलोकन सुरु गरेर संसारमै नभएको अभ्यास थालेको कानुनविद्हरूको भनाइ छ । एकपटक खारेज भएका याचिकामाथि फेरि आदेश दिने परम्परा यसअघि नेपालमा र विश्वमा समेत अभ्यास नभएको कानुनविद्हरूले बताएको अाजकाे नयाँ पत्रिकामा खबर छ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको विषयलाई लिएर परेको रिट निवेदनमा उठाइएका विषयहरू सान्दर्भिक नभएको भन्दै सर्वोच्चले ८ असोज ०७१ मा रिट खारेज गरेको थियो । तर, फेरि त्यही विषयमा रिट निवेदन दर्ता भएर अदालती प्रक्रिया सुरु भएकोमा कानुनविद्हरूले आश्चर्य व्यक्त गरेका छन् । ‘यस्ता रिट पनि दर्ता हुन्छन् भन्ने नजिर यसअघि थिएन, यसपालि सर्वोच्चमा जे भइरहेको छ, अनौठो भइरहेको छ,’ एक कानुनविद्ले भने । अदालती प्रक्रिया कानुन र अभ्यासका आधारमा चल्छ कि प्रतिशोधका आधारमा भन्ने प्रश्न अहिले उब्जिएको उनको भनाइ छ । न्याय प्रशासन ऐन, २०४८ को दफा ११९१० मा सर्वोच्च अदालतले के कुन मुद्दामा के कसरी पुनरावलोकन हुन सक्छ भन्ने व्यवस्था गरेको छ । सो दफामा भएको व्यवस्थाअनुसार मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दा किनारा भएपछि मात्र सम्बन्धित पक्षलाई थाहा भएको देखिएमा वा सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल निर्णय भएको देखिएमा मात्र सर्वोच्च अदालतले आफ्नो फैँसला वा अन्तिम आदेश पुनरावलोकन गर्न सक्ने व्यवस्था छ । तर, अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि उठाइएका सबै प्रश्न उनको नियुक्तिभन्दा अघिकै र सर्वोच्चले उनको नियुक्तिविरुद्ध परेको रिट खारेज गर्नुभन्दा अघिका मात्रै हुन् । कार्कीको विषयमा यसअघि परेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधिशशद्वय श्री गोपाल पराजुली र ओम प्रकाश मिश्रबाट रिट निवेदनमा उठाइएका विषयहरु प्रमुख आयुक्तको नियुक्तिका सन्दर्भमा आकर्षित हुने नदेखिएकोले ८ असोज २०७१ मा सो रिट खारेज गरेका थिए । सर्वोच्चबाट रिट निवेदनको औचित्य नभएको ठहर गरी रिट निवेदन खारेज हुने निर्णय भैसकेपछि सोही विषयलाई लिएर रिट निवेदकले पुनः सर्वोच्च अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ बमोजिम पुनरावलोकनको निवेदनमा नयाँ प्रमाण रहेको तथ्य एवं सर्वोच्चबाट स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल निर्णय भएको भनी उल्लेख नगरी साविक निवेदनमै उठाएका विषयहरु पुनः उल्लेख गरी पुनरावलोकनको निवेदन दर्ता गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending