Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रधानमन्त्रीकाे भारत भ्रमण, के छ दिल्लीको तयारी ?

\"prachanda-750\"३० भदौ । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री  प्रचण्डको राजकीय भ्रमणको विस्तृत तालिका बुधबार सार्वजनिक गरेको छ । राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री प्रचण्ड बिहीबार दिउँसो १२ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको सेरेमोनियल लन्जमा आइपुग्नेछन् । उनलाई भारत सरकारका अधिकारीले स्वागत गर्नेछन् । विदेश मन्त्रालयको कार्यक्रमअनुसार प्रधानमन्त्री प्रचण्डको सम्मानमा शुक्रबार बिहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ । प्रधानमन्त्री प्रचण्ड ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा गएर बत्ती बाल्ने कार्यक्रम छ । १०ः३० बजे प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमै गएर शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार बिहान ११ः३० बजे औपचारिक वार्ता गर्ने कार्यक्रम छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले हैदराबाद हाउसमा मोदीसँग एक्लाएक्लै पनि कुराकानी गर्नेछन् भने प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि हुनेछ । शुक्रबार साँझ ४ बजे भारतका अर्थमन्त्री अरुण जेट्लीले राष्ट्रपतिभवनमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् । ऊर्जा, बिजुली तथा कोइला राज्यमन्त्री पियुष गोयलले साढे ४ बजे प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नेछन् । साँझ ७ः१५ बजे ताजमहल होटेलमा संयुक्त व्यापारिक कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् । आइतबार प्रधानमन्त्री प्रचण्ड बिहान ८ः४० बजे हिमाञ्चलस्थित नाथाप झाक्री जलविद्युत् परियोजना अवलोकनका लागि जानेछन् । उनी साँझ ३ः१५ बजे दिल्ली फर्किनेछन् । दुईवटा हेलिकोप्टरमा १४ जना प्रतिनिधिमण्डललाई हिमाञ्चल जाने व्यवस्था मिलाइएको छ । आइतबार साँझ ६ बजे गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending