Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

सात प्रदेशमा उच्च अदालत गठन

\"cabinet-meting-750\"काठमाडौं, ३० भदौ । सरकारले सात प्रदेशमा सातवटा उच्च अदालत गठन गरेको छ । उच्च अदालतलाई सघाउ पर्याउन त्यसअन्तर्गत विभिन्न इजलाससमेत गठन भएको आजको नयाँ पत्रिकामा खबर छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले संविधानअनुसार सात प्रदेशमा उच्च अदालत गठन गरेर संघीयता कार्यान्वयनमा ल्याइएको जानकारी दिए । ‘सरकारले उच्च अदालत गठन गरेर कानुनी रूपमा संघीयता कार्यान्वयनमा ल्याइएको छ, यो शुभसंकेत हो,’ बुधबार मन्त्रिपरिषद् बैठकपछि कार्कीले सञ्चारकर्मीसँग भने । प्रदेशको राजधानी नतोकिएको अवस्थामा अस्थायी रूपमा मात्रै यी उच्च अदालत गठन गरिएको र राजधानी तोकिएपछि यी उच्च अदालत स्वतः प्रदेशको राजधानी भएको स्थानमा आउने उनको भनाइ छ । मन्त्रिपरिषद्ले उच्च अदालतलाई सघाउन विभिन्न स्थानमा इजलाससमेत स्थापना गर्ने निर्णय गरेको छ । विराटनगरमा रहने उच्च अदालतको इजलास इलाम र ओखलढुंगामा स्थापना गरिने भएको छ । इलामले झापा, ताप्लेजुङ, पाँचथरका मुद्दामामिला हेर्नेछ । ओखलढुंगाको इजलासले सोलुखुम्बु, खोटाङ र उदयपुरको मुद्दामामिला हेर्नेछ । प्रदेश नम्बर २ को उच्च अदालतको इजलास राजविराज, जनकपुर र वीरगन्जमा स्थापना गरिने भएको छ । राजविराजले सप्तरी र सिरहा, जनकपुरले धनुषा, महोत्तरी र सर्लाही तथा वीरगन्जले रौतहट, बारा र पर्सा जिल्लाका मुद्दामामिला हेर्नेछ । प्रदेश नम्बर ३ को उच्च अदालतअन्तर्गत पाटन र हेटौँडामा दुईवटा इजलास गठन हुने भएको छ । पाटनले सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, नुवाकोट, रसुवा र धादिङको मुद्दामामिला हेर्नेछ । हेटौंँडाले चितवन र मकवानपुरका मुद्दामामिला हेर्नेछ । प्रदेश नम्बर ४ को उच्च अदालत पोखरामा रहनेछ । पोखरामै र बाग्लुङमा इजलास स्थापना हुनेछ । बाग्लुङको इजलासले पर्वत, मुस्ताङ र म्याग्दीका मुद्दामामिला हेर्नेछ भने बाँकी जिल्ला पोखराकै इजलासले हेर्नेछ । प्रदेश नम्बर ५ मा तुलसीपुर, नेपालगन्ज र बुटवलमा गरी तीनवटा इजलास गठन हुनेछ । बुटवलले नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मी, तुलसीपुर इजलासले रुकुम, रोल्पा, प्युठान र दाङ तथा नेपालगन्जले बाँके र बर्दियाका मुद्दामामिला हेर्नेछ । प्रदेश नम्बर ६ मा जुम्ला र सुर्खेतमा गरी दुईवटा इजलास स्थापना गरिनेछ । जुम्ला इजलासले डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला तथा सुर्खेतले जाजरकोट, दैलेख, सल्यान, रुकुम र सुर्खेतको मुद्दा हेर्नेछ । प्रदेश नम्बर ७ मा दिपायल र महेन्द्रनगरमा इजलास गठन हुनेछ । दिपायलले अछाम, डोटी, कैलाली, बाजुरा र बझाङ तथा महेन्द्रनगर इजलासले कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुराका मुद्दाहरू हेर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending