Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

द्वन्द्वपछिको पुनर्निर्माण सुस्त

\"nirman\"काठमाडौं, २७ भदौ । सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण निकै सुस्त गतिमा भइरहेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति–सम्झौता भएपछि द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको गठन गरिएको थियो । तर, १० वर्षमा २८ प्रतिशत भौतिक संरचनाको मात्र पुनर्निर्माण भएको आजको नयाँ पत्रिकामा खबर छ । शान्ति मन्त्रालयअन्तर्गत रहेको द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका इन्जिनियर सुवास श्रेष्ठका अनुसार जम्मा १३ हजार सात सय ७७ वटा संरचनामध्ये तीन हजार आठ सय ६१ संरचनाको मात्र पुनर्निर्माण भएको छ । ‘द्वन्द्वमा भत्किएका संरचनाको पुनर्निर्माणको काम गरिरहेका छौँ, सरकारले प्राप्त बजेट विनियोजन गरेमा समयमै सक्छौँ,’ उनले भने । द्वन्द्वमा भत्किएका संरचनाको पुनर्निर्माणको नाममा हरेक वर्ष माग आइरहेकाले पनि समस्या भइरहेको श्रेष्ठको भनाइ छ । द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका अनुसार सबैभन्दा धेरै ४ हजार ३ सय ९४ वटा विद्यालय प्रभावित क्षति भएका थिए । गाउँ विकास समितिको भवन २ हजार ७४ वटा, सदरमुकामस्थित सरकारी कार्यालय ९ सय ८७ वटा, इलाकास्तरका सरकारी कार्यालय १ हजार ८१ वटा प्रभावित तथा क्षति भएका थिए । त्यसैगरी, जिल्ला विकास समिति, नगरपालिका, जिल्ला प्राविधिक कार्यालय १ सय ३१ वटा, पार्क स्मारक नमुनाबस्ती, प्रवेशद्वार, सालिक ७ सय ५८ वटा र अन्यगरी ४ हजार २ सय ५१ वटा क्षति भएका थिए । शान्ति मन्त्रालयले १० वर्षमा तीन हजार आठ सय ६१ संरचनाको पुनर्निर्माण भएको जनाएको छ । अहिलेसम्म विद्यालय भवन एक हजार २७ वटा, गाविस भवन एक हजार ३४ वटा, सदरमुकामका सरकारी कार्यालयहरू चार सयवटा, इलाकास्तरका सरकारी कार्यालय चार सय चारवटाको पुनर्निर्माण भइसकेको छ । जिल्ला विकास समिति कार्यालय, जिल्ला प्राविधिक कार्यालय ६२ वटा, पार्कलगायतका संरचना एक सय २८ वटा र अन्य गरी सात सय ७९ वटाको पुनर्निर्माण भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending