Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित नेताहरू नेकपा प्रवेश गर्दै

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा औपचारिक रूपमा पार्टी एकता घोषणा गर्ने तयारी गरिएको सायमिले जानकारी दिएका छन् ।

सायमिका अनुसार उनीसहित राष्ट्रिय मुक्ति पार्टीका केही केन्द्रीय नेताहरू, सहकारी पीडित आन्दोलनमा सक्रिय अभियन्ताहरू तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत समूहका प्रतिनिधिहरू पनि नेकपामा प्रवेश गर्न लागेका हुन् । यसलाई उनीहरूले विचार, मुद्दा र संघर्षको साझा मोर्चाका रूपमा व्याख्या गरेका छन् ।

‘आज वैकल्पिक शक्ति भन्ने नाममा सदनलाई रंगमञ्च बनाउने प्रयास भइरहेको छ,’ सायमिले भने, ‘त्याग, तपस्या र संघर्षबिनै प्रधानमन्त्री घोषणा गर्दै सत्ता बाँडफाँटको राजनीति हावी हुँदै गएको छ । त्यसविरुद्ध हामी एकीकृत हुँदैछौँ ।’

उनका अनुसार राष्ट्रिय मुक्ति पार्टीले उठाउँदै आएका मुद्दा सहकारी पीडितको न्याय, सुकुम्बासी तथा नदी किनारमा बसोबास गर्ने नागरिकको अधिकार, सामाजिक न्याय र राज्यको उत्तरदायित्व नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक एजेन्डासँग मेल खाने भएकाले नेकपामा समाहित हुने निर्णय लिइएको हो ।

सायमि काठमाडौंको कालिमाटी क्षेत्रका स्थायी बासिन्दा हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन् । नेकपामा समायोजनसँगै उक्त क्षेत्रमा पार्टीको संगठन सुदृढ गर्ने र जनआधारित मुद्दालाई सशक्त रूपमा उठाउने योजना रहेको उनी निकट स्रोतले जनाएको छ ।

नेकपाले पछिल्लो समय विभिन्न साना दल, आन्दोलनरत समूह तथा सामाजिक अभियन्ताहरूलाई समेट्दै राजनीतिक एकता विस्तार गर्ने रणनीति लिइरहेका बेला सायमिसहितको समूहको प्रवेशलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा ९ जना नेपालीकाे मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित नेताहरू नेकपा प्रवेश गर्दै

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...

चीनबाट तस्करी हुँदै आएको २ करोड २४ लाखको भेप बरामद, चालक पक्राउ

मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...

गृहमन्त्रालयद्वारा ४ जिल्लामा सीडीओ हेरफेर, ८ उपसचिवको सरुवा

काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । ...

कम्युनिस्ट एकीकरणको नयाँ शृङ्खला : जसपा उपाध्यक्षसहित लिम्बुवान शक्तिहरू नेकपामा समाहित

काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको ...

दिनभरि खुसी र ध्यान केन्द्रित रहन चाहनुहुन्छ? बिहान यी ५ काम गर्नुहोस्

काठमाडौं । आजको डिजिटल युगमा, धेरै मानिसहरू उठ्ने बित्तिकै आफ्नो फोन वा पेन्डिङ कामहरूमा अल्झिन्छन्, जसले दिनभरि उनीहरूको उत्पादकता र मानसिक शान्तिलाई...

कांग्रेस महाधिवेशनमा असन्तोषको विस्फोट : ‘हलबाटै नेतृत्व छानौं, पुरानै शैली अब चल्दैन’

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन केवल प्रस्तावमाथिको छलफलमा सीमित छैन, यो नेतृत्व, नीति र नैतिकतामाथिको जनअदालत बन्दै गएको छ । महामन्त्रीद्...

चिसोले थला पार्‍यो यारी नाका : तीन महिना भन्सार बन्द, चीनतर्फको कारोबार ठप्प

हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पू...

यलम्बर कप ब्याडमिन्टन माघमा

काठमाडौं ।  नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending