काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको केन्द्रीय तहका नेताहरूको समूह र मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन् ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै समूहसँग औपचारिक सहमति गर्दै पार्टी प्रवेश गराएका हुन् । जसपा नेपालबाट आएको टोलीसँग ५ बुँदे र लिम्बुवान क्रान्तिकारी पार्टीसँग २ बुँदे सहमति भएको जनाइएको छ । सहमतिमा वैचारिक नजिकपन, राजनीतिक संघर्षको साझा दिशा र संगठनात्मक समायोजनलाई प्राथमिकतामा राखिएको बताइएको छ ।
नवप्रवेशी नेताहरूलाई आयोजित कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै शीर्ष नेताहरूले कम्युनिस्ट आन्दोलनलाई टुक्रावादबाट मुक्त गर्दै एकताबद्ध संघर्षको नयाँ चरण सुरु भएको दाबी गरे ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो समायोजन केवल दल प्रवेश मात्र होइन, आगामी निर्वाचन र सत्ता समीकरणलाई लक्षित गर्दै नेकपाले पहिचानवादी र क्षेत्रीय शक्तिलाई समेत समेट्ने रणनीति अघि बढाएको संकेत हो । विशेषतः लिम्बुवान आन्दोलनसँग जोडिएको शक्ति नेकपामा समाहित हुनु पूर्वी पहाडी भूगोलमा पार्टीको संगठन विस्तारका लागि महत्वपूर्ण मानिएको छ ।
जसपा नेपालबाट अलग्गिएको यो समूहले भने वैचारिक अस्पष्टता र संगठनात्मक दिशाहीनताका कारण नयाँ राजनीतिक यात्राको खोजी गरेको बताएको छ । उनीहरूको भनाइमा, नेकपाले उठाउँदै आएको वर्ग संघर्ष, राष्ट्रियता र सामाजिक न्यायका मुद्दासँग आफूहरूको एजेन्डा नजिक छ ।
यो समायोजनसँगै कम्युनिस्ट राजनीतिमा पुनः एकताको बहस चर्किने संकेत देखिएको छ । प्रश्न अब यति मात्र होइन कि कति दल समाहित भए, अब प्रश्न यो हो की यो एकता टिकाउ राजनीतिक शक्ति बन्छ, कि फेरि अर्को विभाजनको आधार ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: