Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रधानमन्त्रीलाई एमालेको खबरदारी

  \"pm\"काठमाडाैं, २७ भदाै । प्रमुख प्रतिपक्षी एमालेले भारतसँग राष्ट्रिय हित, स्वाभिमान, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा आँच पुर्‍याउने कुनै पनि प्रकारको सम्झौता नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । अध्यक्ष केपी ओलीसहितको एमाले उच्चस्तरीय प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री प्रचण्डलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । ३० भदौेबाट हुने प्रधानमन्त्री प्रचण्डकाे भ्रमणमा राष्ट्रहितविरुद्ध सम्झौता हुनसक्ने आशंका गर्दै शनिबार बसेको एमाले स्थायी समिति बैठकले प्रधानमन्त्रीलाई भेटेरै ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । ओलीले अघिल्लो सरकारले भारतसँग गरेका सम्झौता कार्यान्वयनका निम्ति पहल गर्न ध्यानाकर्षण गराउँदै आफू प्रधानमन्त्री प्रचण्डको प्रशंसाको पर्खाइमा रहने बताएकाे अाजकाे नयाँ पत्रिकामा खबर छ । यस्ता छन् एमालेका ६ बुँदे सुझाब १.औपचारिक छलफल नगरेकोमा आपत्ति एमालेले भ्रमणको पूर्वसन्ध्यामा प्रमुख दलबीच औपचारिक छलफल गर्ने प्रचलन तोडेको भन्दै आपत्ति जनाएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट हुने यस्ता भ्रमणबारे देशका प्रमुख राजनीतिक दलहरूबीच औपचारिक रूपमा विचार–विमर्श हुने परम्पराको अनुशरण गरिएको देखिएको छैन,’ पत्रमा भनिएको छ, ‘नेपालको वैदेशिक सम्बन्धका आधारहरू नेपालको संविधानमै स्पष्ट छन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै राष्ट्रिय हितलाई सर्वोपरी मानेर वैदेशिक सम्बन्ध सञ्चालन हुनुपर्ने कुरा प्रस्ट छ ।’ २. अघिल्ला सात सम्झौता कार्यान्वयनको माग अघिल्लो सरकारले दुई देशबीचको असहज सम्बन्धलाई अन्त्य गरेको भन्दै ध्यानाकर्षणपत्रमा नेपालको पारवहन र व्यापारमा सहयोग पुग्नेलगायतका सात सम्झौतालाई नेपालको हितअनुकूल अघि बढाउन माग गरिएको छ । त्यस्तै, नेपाल–चीनबीच व्यापार–व्यवसाय वृद्धिका लागि गरिएका पारवहन तथा यातायातसहितका १० सम्झौताको पनि कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ । ३. १९५० को सन्धि पुनरावलोकनबारे स्पष्ट धारणा सन् १९५० को सन्धि र त्यस सम्बन्धमा भएका पत्राचारहरूको पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा स्पष्ट विचार राख्न पनि एमालेले ध्यानाकर्षण गराएको छ । कानुनी सहायता तथा सुपुर्दगी सन्धिमा नेपालले लामो समयदेखि नेपालका अदालतमा विदेशी कानुन व्यवसायीले बहस–पैरवी गर्न पाउने तथा तेस्रो मुलुकको नागरिकलाई सुपुर्दगी गर्ने भन्ने प्रावधान हटाउनुपर्ने यसअघिका अडान कायमै राख्न पनि माग गरिएको छ । ४. पञ्चेश्वर विस्तृत परियोजना नेपालको हितमा एमालेले महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिअन्तर्गत विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्दा महाकालीको आधा पानीमा नेपालको हक रहने, लाभको हिस्साअनुरूप लगानी हुनुपर्ने, विद्युत् उत्पादनको परिमाण घटाइनु नहुनेजस्ता विषयमा यथोचित छलफल गरेर मात्रै अन्तिम निर्णय लिन ध्यानाकर्षण गराएको छ । ५. फास्टट्र्याकमा ध्यानाकर्षण एमालेले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्टट्र्याक) नेपाल सरकारले आफैँ निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितको आधारमा अघि बढाउनुपर्ने भन्दै हुलाकी राजमार्गको यथाशीघ्र निर्माण गर्न भारत सरकारको सहयोगबारे स्पष्ट गर्न पनि माग गरेको छ । त्यस्तै, नेपालसँग सीमा जोडिएका भारतीय इलाकामा अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत निर्माण गरिएका संरचना तथा दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाइनुपर्ने, नेपालको भूभागमा डुबान हुने समस्या समाधानका विषयलाई प्राथमिकताका साथ उठाउन माग गरिएको छ । ६. इन्धनमा भारतसँग मात्रै निर्भर असम्भव नेपालले इन्धन आपूर्तिका लागि भारतमा मात्र निर्भर रहनुपर्ने सर्त मान्ने गरी सर्तबन्दी गरेर पाइपलाइन बिछ्याउने कार्य नगर्न तथा सीमा क्षेत्रमा इन्धन आपूर्तिका लागि पाइपलाइन बिछ्याउँदा नेपालले अन्य देशबाट समेत इन्धन आयात गर्नसक्ने प्रावधान खुला राख्नुपर्ने पनि एमालेको माग छ । त्यस्तै, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता राष्ट्रिय सरकारी सञ्चारमाध्यममा विदेशी सल्लाहकार र प्रशिक्षक राख्ने वा सामग्री उत्पादन र वितरणमा विदेशीको संलग्नता हुन नहुने कुरामा पनि जोड दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending