Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मोर्चाका चार नेता चारतिर

\"Madhesi-morcha-gathbandhan\"काठमाडाैं, २६ भदाै । मधेस आन्दोलनका वेला सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलनमा मृत्यु हुनेको परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरे । सो निर्णयप्रति उपेन्द्र यादवलगायतका नेताहरू असहमत थिए । औपचारिक विरोध नगरे पनि यादवसहितका अन्य मधेसी दलले त्यसको समर्थन गरेनन् । आजको नयाँ पत्रिकामा खबर– मधेसी र पहाडी समुदायबीच मानसिक चिरा पार्ने काममा महतो मुख्य पात्र भएको यादव पक्षधरको तर्क छ । रामसपाका महासचिव केशव झा केपी ओली र राजेन्द्र महतोहरूको अभिव्यक्तिले पहाडी र मधेसीबीच मानसिक चिरा परेको बताउँछन् । ६ असोजमा राजविराजमा बसेको मोर्चाको बैठकमा पनि महतो र यादवबीच विवाद भएको थियो । उक्त बैठकभन्दा केही दिनअघि इटहरीमा आन्दोलनकारीले चीनको झन्डा जलाएका थिए । उक्त घटनाको उपेन्द्रले विरोध गरी विज्ञप्ति निकाल्नुपर्ने तर्क गरेका थिए भने महतोले घटना उचित भएको तर्क गरेका थिए । त्यसले राजविराज बैठकमा ठूलै विवाद निम्त्याएको थियो । मधेसी मोर्चामा शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादवको पार्टीलाई सहभागी गराउने विषयमा पनि विवाद भएको थियो । उपेन्द्र पक्षधर मोर्चामा ती पार्टीलाई सहभागी गराउने पक्षमा उभिएका थिए भने महतो विपक्षमा । त्यतिवेला महतो महागठबन्धन बनाउने पक्षमा थिए भने उपेन्द्र संघीय गठबन्धन बनाउने लबिङमा थिए । १५ वैशाख ०७३ मा बसेको संघीय गठबन्धनको बैठक विवादित भयो । उक्त बैठकमा मधेसी मोर्चामा आबद्ध मधेसी दलका दुई प्रमुख घटक तमलोपा र सद्भावना पार्टीका अध्यक्ष सहभागी थिएनन् । तमलोप अध्यक्ष महन्थ ठाकुर दिल्लीमा थिए भने महतो काठमाडांैबाहिर । तमलोपाबाट सहअध्यक्ष हृदयेश त्रिपाठी सहभागी हुने भनिए पनि उनी गएनन् । सद्भावना प्रतिनिधि बैठकमा थिए । सद्भावना प्रतिनिधिले उपेन्द्रलाई गठबन्धन बनाउने निर्णय नगर्न आग्रह गरे, तर सो कुरा सुनुवाइ भएन । त्यसपछि तमलोपा र सद्भावना गठबन्धनको विपक्षमा उभिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले १० जेठमा मोर्चालाई पत्र पठाएर वार्ताका लागि आह्वान गरेका थिए । त्यतिवेला सद्भावना र तमलोपा वार्ताको पक्षमा थिए भने यादव पक्षले संघीय गठबन्धनलाई सरकारले सम्बोधन गरी वार्तामा बोलाउनुपर्ने अडान राखेको थियो । त्यतिवेला मोर्चालाई दुईपटक वार्तामा बोलाइएको थियो । ‘केपी ओलीले वार्तामा बोलाउँदा न महतोहरू वार्ताको पक्षमा र उपेन्द्र पक्षहरू विरोधमा थिए,’ झाले भने । ओलीको वार्ता आह्वान पत्रले निकालेको विवाद सेलाउन नपाउँदै सरकार परिवर्तनको प्रसंग उठ्यो । मोर्चाले अविश्वास प्रस्तावमा प्रधानमन्त्री केपी ओलीको विपक्षमा मत हाल्ने निर्णय गर्‍यो । त्यतिवेला कांग्रेस र माओवादीले भने मोर्चा र गठबन्धन भनेर सम्बोधन गरेका थिए । १९ साउनमा मोर्चा र गठबन्धन नभनी मधेसकेन्द्रित दलका नेताहरूले कांग्रेस–माओवादीसँग तीनबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सरकार गठन भएपछि मोर्चाको सचिवालय बैठक बस्यो । मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयनका लागि सहजीकरण गर्न तीन सदस्यीय कार्यदल बनायो । कार्यदलमा संघीय समाजवादी फोरमका लालबहादुर राउत, सद्भावनाका मनीष सुमन र तमसपाका रामनरेश राय सदस्य थिए । संघीय गठबन्धनलाई जानकारी नगराएको र त्यसमा गठबन्धनका अन्य दलका नेतालाई जानकारी नगराएको भन्दै मोर्चाले बदमासी गरेको गठबन्धन पक्षधर रामसपा महासचिव केशव झाको भनाइ छ । १९ भदौमा मोर्चाको सचिवालय र संघीय गठबन्धनको बैठक विवादमा तानियो । मोर्चाको सचिवालय बैठक तमलोपाको कार्यालयमा बस्यो । २, ३ र ४ असोजका दिन संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाउने निर्णय गर्‍यो । तमलोपा उपाध्यक्ष वृशेषचन्द्र लालले विज्ञप्तिमार्फत त्यसको जानकारी गराए । दिउसो साढे ३ बजे संघीय समाजवादी फोरमको कार्यालयमा गठबन्धन बैठक बस्यो । त्यहाँ सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई संयोजक बनाई ११ सदस्यीय संविधान संशोधन कार्यदल बनाउने निर्णय भयो । साँझबाटै विवाद सुरु भयो । लालले अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको यादव पक्षले आरोप लगायो । बैठकमा नगएको दलका नेतालाई संयोजक बनाएर एक्कासि कार्यदल बनाएको भन्दै कर्णले अस्वीकार गरे । समिति बनाउनु नै गलत भएको सद्भावना र तमलोपाहरूको भनाइ छ । मधेसमा तमलोपा र सद्भावनाको प्रभाव बढी भएपछि स्पेस नदेखेका कारण उपेन्द्र यादव पहाडकेन्द्रित दललाई समेट्न लागेको आरोप मोर्चाको छ । ६ महिने मधेस आन्दोलनमा महन्थ ठाकुर र राजेन्द्र महतोको मात्रै चर्चा भएको र सरकारले पनि उनीहरूलाई बढी महत्त्व दिएकाले यादव चिढिएको मोर्चाका एक नेताको दाबी छ । संघीय गठबन्धनमा आबद्ध २९ मध्ये १४ वटा दलमा संघीय समाजवादी फोरमका नेताहरू रहेको बताइन्छ । फोरम नेता रकम चेम्जोङ गठबन्धनमा लिम्बुवान संघर्ष समितिको नामबाट प्रतिनिधित्व गर्छन् भने फोरमका केन्द्रीय सदस्य जय गोले ताम्सालिङ संघर्ष समितिको नामबाट प्रतिनिधित्व गर्छन् । त्यसैगरी, फोरमको दाङ जिल्ला कमिटीका अध्यक्ष होरीलाल चौधरी थरुहट संघर्ष समितिबाट प्रतिनिधित्व गर्छन् । सद्भावना पार्टी महासचिव मनीष सुमनका अनुसार गठबन्धनमा १४ वटा समूह उपेन्द्र यादवको पार्टी आबद्धहरू छन् । २९ दलमध्ये कौशल सिंहको पार्टीले गठबन्धन छाडिसकेको छ भने परशुराम तामाङको पार्टी नयाँ शक्तिमा प्रवेश गरेको छ । गठबन्धनका नेताको भनाइमा अहिले २३ वटा दल गठबन्धनमा छन् । त्यसमध्ये १४ वटा यादव नेतृत्वको पार्टीका नेताको संघर्ष समिति छन् । १९ भदौमा षड्यन्त्रपूर्ण रूपमा गठबन्धन बैठक बसेको मोर्चाका नेताहरूको भनाइ छ । मोर्चाको सचिवालयको बैठक सोही दिन १ बजे राखिएको थियो, तर त्यसका लािग वृशेषचन्द्र लालले दुई दिन पहिला नै मोर्चाका सातवटै दलका नेतालाई खबर गरेका थिए । मोर्चाका नेताको भनाइमा उपेन्द्र यादवले १९ गते एक्कासि बैठक बोलाएका हुन् । बैठकको एजेन्डाबारे मोर्चाका नेताहरूलाई जानकारी गराइएको थिएन । गठबन्धनमा सामेल अन्य दलका नेताहरू उपेन्द्र यादवले एकलौटी रूपमा गठबन्धनको बैठक बोलाउने र एजेन्डाको जानकारी पनि नगराउने गरेको आरोप लगाउाछन् । उपेन्द्रले राजेन्द्र श्रेष्ठलाई एसएमएस गर्न लगाएर बैठक बोलाउने गरेको सुमनको भनाइ छ । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले बैठकमै आपत्ति जनाइसकेका छन् । उपेन्द्र यादव तत्काल प्रचण्ड नेतृत्वको सरकारमा जाने मुडमा नदेखिए पनि पराराष्ट्र मन्त्रालयमा काबिल मन्त्री आउन नदिन भूमिका खेलेको भन्दै गठबन्धनका अन्य दलका नेताले आरोप लगाएका छन् । गठबन्धनका नेताहरू उपेन्द्रले विजय गच्छदारलाई सरकार जानबाट रोक्न भूमिका खेलेका छन् । विवाद बढ्दै गएपछि गठबन्धन आबद्ध दलका नेताहरू सँगसँगै प्रधानमन्त्रीलाई पनि भेट गर्न छाडेका छन् । २४ भदौमा प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न सद्भावनाका महतो एक्लै गए । साँझ यादव र ठाकुर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग संविधान संशोधनबारे छलफल गर्न गएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending