Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

नबिल बैकले ‘म्युचुअल फण्ड’ दर्ता गरायो

\"nabil-bank-1-750\"काठमाडौं, २४ भदौ । नबिल बैंकले नेपालको पुँजी बजारमा सामूहिक लगानी कोष अन्तर्गत बिभिन्न योजनाहरु संचालन गर्न नेपाल धितोपत्र बोर्डमा ‘नबिल म्युचुअल फण्ड’ दर्ता गराएको छ । नबिल इन्भेष्टमेण्ट बैंक आफ्नो स्थापनाको छोटो अवधिमै अग्रणी मर्चेन्ट बैंकको रुपमा स्थापित हुन सफल भएको छ । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले योजना ब्यावस्थापक तथा डिपोजिटरीको रुपमा नबिल ‘म्युचुअल फण्डको’ पहिलो योजना ब्यालेन्स् फण्ड सेवा प्रदान गर्दैआएको छ । बैंकको उक्त ब्यालेनस् फण्ड योजना अन्तर्गत खुद सम्पति मुल्य २९.४५ रुपैंया प्रति इकाईको विनिमय बजारमा २५ रुपैया प्रति इकाईमा कारोबार गरिरहेको छ । उक्त योजनाले विगत दुई आर्थीक बर्षमा प्राप्त गरेको लाभको हरेक बर्ष १४ प्रतिशतका दरले आफ्ना इकाईधनीहरुलाई बाड्दै आएको छ ।

नबिलले असोज पहिलो सातामा दोश्रो योजना ‘इक्विटी फण्ड’ बजारमा ल्याउदै

\"nabil-2\"आफ्नो पहिलो योजना नबिल ब्यालेन्स्ड् फण्डको सफलता पछि नबिल बैंकले दोश्रो योजना अन्तर्गत नबिल इक्विटी फण्ड बजारमा ल्याएको छ ।

यो एक बन्दमुखि योजना हो,जसको आकार एक अर्ब रुपैया हुन्छ र यसको अवधि सात बर्ष रहने छ, काठमाण्डौको होटेल ¥याडिसनमा विहिबार आयोजित प्रत्रकार सम्मेलनमा बैंकले जानकारी गरायो ।

प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको आधारमा इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्यूनिकरणमा लगानी गरी आर्जन गर्ने उक्त आयोजनाको लक्ष्य रहेको जनाइएको छ ।

दोश्रो योजना बाट हुन आउने मुनाफा समेत इकाई धनिहरुलाई निश्चित प्रतिशत वितरण गरिने जनाइएको छ ।

यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गरी कारोवारको व्यावस्था मिलाईने र त्यहि अनुरुप अन्य प्रकारका धितोपत्र योजनाको बजारमा धमाधम खरिद बिक्रि गर्न सकिने बैंकले जनाएको छ ।

दाश्रो योजना अन्तर्गत नबिल बैंकले आउदो असोज दुई गते देखि कारोबार खुल्ला गर्दै छ । इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम एक हजार रुपैया देखि अधिकतम् दश करोड सम्म लगानी गर्न सक्ने बताइएको छ ।

योजनाको कोष सुपरीवेक्षकको रुपमा पूर्व न्यायाधिवक्ता प्राध्यापक पवन कुमार ओझा,शिक्षाविद प्राध्यापक डा. विजय कुमार के.सी., नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष प्राध्यापक डा. शूरविर पौड्याल, नेपाल धितोपत्र बोर्डका पूवसंचालक विनोद बाबु काफ्ले लगायत रहनुभएको बैंकले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: