Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

रित्तो सेफका लागि प्रहरी–चोर इन्काउन्टर

काठमाडाैं, २४ भदाै । चन्द्रागिरीको घना जंगलसँगैको कच्ची बाटो त्यत्ति चल्ती नभए पनि काठमाडौंबाट मकवानपुर जाने नाका भएकाले प्रहरीको २४ घन्टे ड्युटी हुन्थ्यो । महानगरीय प्रहरी प्रभाग मातातीर्थका असई देउबहादुर चन्द ड्युटीको रोलक्रम अनुसार बिहान २ वजे उठेर सहयोगी हवल्दार नवराज खड्का लिएर ड्युटीमा खटिए । अाजकाे कान्तिपुरमा खबर छ – उनी १३ दिन अगाडी मात्रै मातातीर्थ पुगेका थिए । प्राय सुनसान हुने भएकाले यी दुवै गफ गर्दै मातातीर्थबाट बाउँथली चोकमा पुगे र त्यहीं बसे । बिहान ५ बजेसँगै झिसमिसे उज्यालो सुरु भयो । उनीहरु चोकमै रहेको बेला काठमाडौंतिरबाट ना.१ ज ३९४८ नम्बरको खरानी रंगको टाटा सुमो हुत्तिदै उकालोतिर आयो । ‘कच्ची सडक भएकाले फाट्टफुट्ट मोटरसाइकल र मिनीट्रक चलेपनि सुमो चल्दैनथ्यो,’ चन्दले  भने ‘बिहानै हुत्तिदै आएकाले शंका लाग्यो ।’ चन्द र खडाले सुमो रोक्न हात दिए तर रोकिएन । किचौलाझै गरी हुत्तिदै उकालोतिर हुइँकिएपछि चन्दले मोटरसाइकल स्टार्ट गर्न लगाएर गाडीको पिछा गरे । गाडीको गती उच्च थियो । कच्ची बाटो र उकाले भएकाले उनीहरुको मोटरसाइकले सुमो भेट्न सकेन । दुवै सशस्त्र प्रहरीको क्याम्प नजिकै पुगे तर सुमो देखिएन । बाटो फरक पर्‍यो भन्दै फर्किएर सशस्त्रको निर्माणाधीन तालिम केन्द्र नजिक आइपुग्दा त्यहाँ सुमो रोकिइरहेको थियो । ‘चालकको ढोका खुल्ला थियो, एक जना बाहिर उभिएर फोनमा कुरा गरिरहेका थिए,’ चन्दले भने ‘सुमोभित्र ३ जना थिए ।’ चन्दले सोधपुछ सुरु गरे । कहाँ जान लागेको ? सुमोभित्र भएका एक जनाले भने ‘मकवानपुरमा बहिनी बिरामी भएकाले लिन जान लागेको उकालो चढ्न सकिएन ।’ बाहिर रहेका चालक मोवाइलमा कसैलाई निर्देशन दिंदै थिए ‘केटाहरु चाँडो ल्याओ ।’ दुवै प्रहरी अझै नजिक गए । हल्वदार गाडीको दायाँ हुँदै अगाडी बढे, चन्द सुमोको बायाँतिर थिए । गाडीको नजिक पुगे लगत्तै हवल्दार खड्का चिच्याए, ‘साप, बन्दुक ।’ लगत्तै सुमोमा रहेकाहरुले २ राउण्ड गोली प्रहार गरे । सुमोमा भएकाहरुलाई ताक्दै चन्दले पनि २ राउन्ड गोली चलाए । चारै जना सुमो छाडेर जंगलतिर भागे । गोली कसैलाई लागेन । ‘खड्का साप केही अगाडि बढेलगत्तै सुमोभित्र भएकाहरु बाहिर निस्किएर ताक्दै गोली चलाएछन्, धन्न उनी कमान्डो तालिमप्राप्त भएकाले गाडीको अगाडिको भागको कभर लिएर जोगिए,’ बिहीबार बिहानको घटना सम्झदैं उनले भने, ‘म केही पछाडी भएकाले गाडिकै आड लिएर गोली हानें, तर अध्याँरो भएकाले जोगिए ।’ गोली चलेलगत्तै चन्दले महानगरिय प्रहरीको कन्ट्रोल रुम १००, महानगरिय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी परिसर काठमाडौंमा खबर गरे । उनी कार्यरत प्रभागबाट १० मिनेटमै थप ६ जनाको मद्दती टोली पुगेपछि सुमोभित्र हेर्दा पछाडिको सिटको बीचमा फलामे सेफ देखियो । करिव १५ मिनेटमा थानकोट र काठमाडौं दवैतिरको थप टोली घटनास्थलमा पुगे र सुमोसहितको सेफ बोकेर फर्किए । ‘तस्करीको सामान लिएर मकवानपुरहुँदै मधेस हिडेका हुन् भन्ने लागेको थियो तर चोर रहेछन्’, चन्दले भने । काठमाडौं परिसरमा सेफ ल्याएपछि प्रहरीले गाडीको नम्बरको आधारमा सवारी धनी र चालकसँगै सेफबारे खोजबिन गर्दा ललितपुरको चापागाउँमा रहेको सन्तानेश्वर बचत तथा सहकारी संस्थामा चोरी भएको खुल्यो ।  तत्काल सहकारीका अधिकारी टेकुस्थित परिसरको कार्यालय आएर सेफ हेरेर सनाखत गरे । सहकारीको टन्न पैसा भएको आशंकामा बढो सकसका साथ फलामे सेफ चोरी गरे पनि आखिर त्यो पैसा बिहिन निस्कियो । उनीहरुको योजना अनुसार सेफ मकवानपुरमै पुगे पनि उनीहरुको हातमा सहकारीको कागजमात्रै फेला पर्ने रहेछ । काठमाडौं परिसरका एसपी प्रधुम्न कार्कीका अनुसार सहकारीको ग्रीलको ताल्चा काटेर बेलुका चोरी भएको खुलेको छ । स्थानीयबासीले बेलुका १२ बजेतिर गाडीको आवाज सुनेकाले सोही समयमा चोरी भएको प्रहरीको अनुमान छ । टन्न पैसा भएको आशंकामा सहकारीको फलामे सेफै बोकेर हिडे पनि सहकारीका अधिकारीले प्रहरीलाई दिएको जानकारी अनुसार त्यसमा पैसा थिएन, सहकारीको महत्वपूर्ण कागजपत्र मात्रै थियो । यस भन्दा अगाडि पनि सहकारीमा चोरीको प्रयास भएकाले उनीहरुले सेफमा पैसा राख्न छाडेका थिए । चोरी ललितपुर क्षेत्रमा भएकाले काठमाडौं प्रहरीले सेफ ललितपुर प्रहरीलाई बुझाएको छ । सेफसँगै टाटासुमोमा फेला परेको मकवानपुर फाखेल–५ का हर्कबहादुर तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी र रामेछाप सुकाजोर–६ घर भएकी गंगा तामाङको नामको नागरिताको प्रतिलिपिका आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । एसपी कार्कीका अनुसार गाडीका चालक मकवानपुर फाखेलका कुमार लामा रहेको र गाडी बनाउन एक हप्ता अघि मामा ग्यारेज बल्खुमा दिएको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिए । गाडी धनी अनिता लामा रहेको खुले पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending