Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको नेतृत्व कायम गर्दै अघि बढ्ने मध्यविन्दूतर्फ अघि बढेको छ । विशेष महाधिवेशनको दोस्रो दिन सोमबार समूहगत छलफलमा उठेका विषय र त्यसलाई व्यवस्थापन गर्दै अनुपस्थित संस्थापन समूहलाई पनि समेट्न मध्यमार्गी उपाय खोजी अघि बढाइएको हो ।

निर्वाचन पूर्वसन्ध्यामा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल विभाजन सँघारमा पुगेको भन्दै विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर नेता मध्यमार्गी मिलनविन्दू खोजीमा लागेका हुन् । पार्टी विभाजन भएर ‘प्रजा परिषद्’जस्तो नबनोस् भन्ने’bout नेताहरूले ‘मिलन बिन्दु’को खोजीमा जुटेको भन्दै सोमबार साँझ कांग्रेसका अग्रज नेता डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायत सक्रिय भएका हुन् ।

– बढीमा दुई पटक प्रधानमन्त्री
– पार्टीमा ‘प्राइमरी’ निर्वाचन
– निर्वाचनअघि ‘नो गठबन्धन’
– समानुपातिकबाट एक पटकमात्रै सांसद
– केन्द्रीय समितिमा ४० वर्षमुनिका ४० युवा
– कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’
– गैरआवासीय नेपालीलाई नागरिकता र मताधिकार
– पार्टीभित्र आन्तरिक सुशासन आयोग

विशेष महाधिवेशन कार्यतालिका मंगलबार (आज)सम्म लम्ब्याएर महामन्त्री थापा पार्टी सभापति शेरबहादुर देउवासँग वार्तामा बसेका छन् । पार्टी एकताका लागि तयार पारिएको मध्यमार्गी प्रस्तावसहित वार्ता हुने कांग्रेस नेता शशांक कोइरालाले जानकारी दिए । विशेष महाधिवेशन प्रतिनिधिले तत्काल नीतिसहित नेतृत्व नै परिवर्तन गर्न ुपर्ने माग गरे पनि गगन–विश्वप्रकाशले अघि सारेको नीति पारित गर्दै सभापति देउवालाई समेत मनाउनेगरी मध्यमार्गी नेतालाई कार्यबाहकका रूपमा अन्तरिमकालीन कार्यबाहक दिने सम्भावना बढेको छ ।

आगामी वैशाखमै महाधिवेशन गर्ने र त्यसअघि हुन गइरहेको २१ फागुनको निर्वाचनका े टिकट वितरणलगायतमा सहमतिका आधारका केही प्राविधिक विषयसमेत समेटेर मध्यमार्गी प्रस्ताव बन्ने सम्भावना रहेको कांगे्रस उच्चस्रोतले राजधानीलाई सोमबार साँझ बतायो । संस्थापनले समेत स्वामित्व लिनेगरी केन्द्रीय समितिबाट ‘नीति महाधिवेशन’का रूपमा अनुमोदन गर्ने विशेष महाधिवेशनले पारित गरेकै नीतिमा वैशाखको महाधिवेशनबाट नेतृत्व बदलेर जाने सवालमा सहमति भयो भने समापन समारोहले एकताको सन्देश दिनेगरी तयारी भइरहेको कांगे्रस मध्यमार्गी नेता बताउँछन् ।

काठमाडौं भृकुटीमण्डपमा जारी बन्दसत्रमा सोमबार महामन्त्रीद्वय विश्वप्रकाश शर्माले ‘सांगठनिक प्रस्ताव’ र गगनकुमार थापाले ‘समसामयिक राजनीतिक प्रस्ताव’ पेस गर्दै ‘कांगे्रसलाई अबको युगको आशाको गन्तव्य बनाउनुपर्ने’ मार्गचित्र अघि सारेका छन् । महामन्त्रीद्वय शर्मा र थापाको प्रतिवेदनसहित विभिन्न प्रस्ताव एवं एजेन्डामा छलफलका लागि ९ समूह गठन गरिएका छन् । सबै समूहमा संयोजक तोकेर छलफल गर्दै मंगलबार (आज) बन्दसत्रमा समूहगत निष्कर्ष प्रस्तुत गरिँदै छ ।

समूहगत निष्कर्षपछि विशेष महाधिवेशन विशेष निर्णय गर्दै सम्पन्न हुनेछ । समूहहरूले मुख्य चार विषयकेन्द्रित सुझाव र धारणा राख्ने छन् । छलफलका लागि तय विषयमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन छन् । सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्ष सहभागी नभएपछि बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् ।

थापा र शर्मा समूहका प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएका छन् । उनीहरूले महामन्त्रीद्वय थापा र शर्मालाई ‘नीति, शासकीय सुधार र विधान संशोधन मात्रै नभई नेतृत्व चयन गर्दै अगाडि बढनुपर्ने’ दबाब दिएका छन् । तर नेतृत्व चयनसँगै पार्टी विभाजन हुने भएकाले नीतिगत निर्णय गर्दै अघि बढ्नुपर्ने सुझाव संस्थापन पक्षले विभिन्न माध्यमबाट पठाएका छन् ।

शर्माको प्रस्ताव– बदलिएको देश, बदल्नुपर्ने कांग्रेस

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बन्दसत्रमा ‘सांगठनिक प्रस्ताव’ पेस गरेका छन् । उनले पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने प्रस्ताव प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘बदलिएको देश÷बदल्नुपर्ने कांग्रेस’ शीर्षकको प्रतिवेदन पेस गर्दै शर्माले ‘वान, टु, थ्री र फोर’ ‘फर्मुला’ पेस गरेका छन् । यसलाई व्यवहारमा अनुशरण गर्दा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली बस्ने उनको तर्क छ । शर्माले यसअघिबाटै यस विषयलाई महत्वसाथ उठाउँदै आएका छन् ।

प्रतिवेदनमा ‘एकपटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चारपटक सांसद हुन पाउने’ उल्लेख छ । शर्माले पार्टीका तर्फबाट ‘भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति अवलम्बन गरिनुपर्ने’मा जोड दिए । दुई पटकमात्रै प्रधानमन्त्रीको नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न कांग्रेसले अग्रसरता लिने उनले बताए ।

‘डेढ दशकयता चुनाव हुने, नयाँ सरकार बन्ने, तर प्रधानमन्त्री पुरानै हुने अभ्यासले नागरिकमा असन्तुष्टि बढाएको र नेतृत्वलाई अलोकप्रिय बनाएको र यसले सार्थक परिणाम पनि दिन नसकेको’ शर्माको प्रतिवेदनमा उल्लेख छ । ‘विगतका गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली कांग्रेसका तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटकमात्रै प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ,’ शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

विगतको तीन दशकमा सरकार पटकपटक अस्थिर हुँदा नीतिगत स्थिरताका लागि सार्थक पहल र सुनिश्चितता गर्न नसक्नुलाई कांगे्रसको ठूलो गल्तीका रूपमा शर्माले औंल्याएका छन् । जलविद्युत्, कृषि, भौतिक विकास, निजी क्षेत्रलाई गर्ने व्यवहारमा सरकार बदलिएसँग सबै क्षेत्रमा असर परेको महामन्त्री शर्माले उल्लेख गरेका छन् । विगतका गल्ती सच्याउँदै देशलाई नीतिगत सुनिश्चिततासाथ अग्रगतिमा लैजाने पहल र नेतृत्व गर्ने उनको प्रतिबद्धता छ ।

यसैगरी, चुनावी गठबन्धनले नेपाली राजनीतिमा मतदाताको स्वतन्त्र विवेक एवं पार्टी सदस्यको सम्मानलाई असर पु¥याएको उनले जनाएका छन् । ललितपुर गोदावरीमा सम्पन्न पार्टी महासमिति बैठकले आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले ‘आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने’ उल्लेख गरेका छन् ।

गगनको प्रस्ताव– पपुलिजम र चमत्कार होइन, प्रणाली र संस्था

बन्दसत्रमा महामन्त्री गगन थापाले ‘समसामयिक राजनीतिक प्रस्ताव’ पेस गरे । ‘जेनजी आन्दोलनले राजनीतिक परिदृश्य बदलिसकेको अवस्थामा एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थामाथिको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगति विस्फोट गरिसकेको’ उनको प्रस्तावमा उल्लेख छन् ।

‘पपुलिजम’ (प्रियतावाद) र अराजकतावादी प्रवृत्तिको बाढीले उदार लोकतन्त्र र बहुलवादी मूल्य–मान्यतामाथि गम्भीर चुनौती थपिएको’ उल्लेख गरेका थापाले ‘लोकतन्त्र चमत्कार नभई निरन्तर चलिरहने पद्दति र प्रक्रिया भएको’ जनाएका छन् । ‘विश्वव्यापी रूपमा देखिएको पपुलिजमको लहर नेपालमा पनि देखापरेको’ उल्लेख गर्दै उनले प्रतिवेदनमा ‘नेपालमा उदाएका केही पात्र र प्रवृत्तिले लोकतान्त्रिक प्रणाली, उदारवाद तथा बहुलवादी मूल्य–मान्यता अवमूल्यन गर्न थालेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘यस्ता पात्र र प्रवृत्तिले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन, चमत्कारबाट हुन्छ भन्ने भ्रम उत्पन्न भइरहेको छ’ पछिल्लो समय राजनीतिमा ‘स्टन्ट’ र तत्कालको लोकप्रियतामा रम्ने प्रवृत्ति बढेको सन्दर्भलाई इंगित गर्दै थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘यस्तो भ्रम चिर्नु र समावेशी लोकतन्त्र संवर्धन गर्नु कांग्रेसको दायित्व भएको’ उल्लेख गर्दै उनले भनेका छन्, ‘लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्दति र प्रक्रिया हो, यस्तै पपुलिस्ट र अराजकतावादी प्रवृत्तिबाट सचेत रहँदै संविधान रक्षाका लागि मेरो आह्वान छ ।’

लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भएमात्र पद्दति विकास हुने र त्यसले नै समग्र प्रणाली बलियो बनाउने उनको ठहर छ । लोकतन्त्र शासन प्रणालीमात्र नभई जीवन पद्दति भएको उल्लेख गर्दै महामन्त्री थापाले लोकतन्त्र सधैं विधि र प्रक्रियामुखी हुने जिकिर गरेका छन् । उनका े प्र तिवेदनमा ‘२३ र २४ भदौमा भएको जेनजी आन्दोलनलाई लिएर पार्टीको संकल्प केके हुने ?’ भन्ने उल्लेख छन् । ‘भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेनजी)को आह् वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ ।

भदौ २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांगे्रस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्चसम्मान व्यक्त गर्दछ,’ थापाले भनेका छन् । जेनजी आन्दोलनले उठाएका न्यायोचित माग, सुशासन प्रवर्धन, सेवा प्रवाह र युवापुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई कांगे्रस दृढतासाथ आत्मसात् गरी संकल्प गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले आफूहरूले आयोजना गरेको ‘विशेष महाधिवेशन वैधानिक भएको’ दाबीसमेत गरेका छन् । उनले संविधान, कानुन र निर्वाचन आयोगले समेत आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने जिकिर गरे । ‘विशेष महाधिवेशनको वैधानिकतामाथि कानुन प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने’ उनको दाबी छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो र पाउन्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको...

तापक्रम माइनस २० डिग्रीभन्दा पनि तल झरेपछि मुस्ताङमा विकास निर्माणका काम ठप्प

मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थ...

कांग्रेस विवाद : वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति

काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र ...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending