Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

सचिवालयले आईजीपीलाई झुक्याएपछि...

\"upendra-kanta-aryal-600x0\"काठमाडौं, २१ भदौ । प्रहरी महानिरीक्षकको सचिवालयभित्रै आईजीपीलाई झुक्याउने खेलको पर्दाफास भएको छ । सचिवालयमा रहेको उजुरी छानविन शाखाले आईजीपी उपेन्द्रकान्त अर्याललाई नै झुक्याएपछि सचिवालयमा हंगामा मच्चिएको छ । दृष्टि साप्ताहिकमा खबर छ– मानव बेचविखनको नक्कली मुद्दा चलाई फसाउन लागेको सम्बन्धमा डिएसपी बिनोद शर्माविरुद्ध उजुरी परेकोमा उजुरी छानबिन शाखाले छानबिन नै नगरी उनलाई सफाई दिएको थियो । उक्त कुरा आईजीपी अर्यालले थाहा पाएपछि अहिले सचिवालयकै सिनियर प्रहरी अधिकारीहरु नै छानविनको दायरामा तानिएका छन् । डिएसपी शर्मा इलाका प्रहरी कार्यालय इटहरु प्रमुखका रुपमा काम गर्दा सिन्धुपाल्चोकका गुनबहादुर थापाविरुद्ध मानव बेचबिखनको नक्कली जाहेरी दिई फसाउन खोजेको अनुसन्धानमा प्रष्ट भएको छ । थापा मिटर ब्याजको कारोबार गर्ने विवादास्पद् व्यक्ति हुन् । कारोबार मिलाउनका लागि डिएसपी शर्मा उनीविरुद्ध मानबबेचबिखनमा उजुली दिई फसाउन खोजिएको अहिले अनुसन्धानमा खुलेको छ । सचिवालयमा कार्यरत डिआईजी माधव जोशीले नै उक्त प्रकरणमा डिएसपी शर्मालाई क्लिनचिट दिएको खुलेको छ । अर्यालले डिआईजी जोशीलाई समेत उक्त प्रकरणमा हपारेका छन् । स्रोतका अनुसार उक्त विषयमा छुट्टै छानबिन अघि बढेको छ । पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको अनुसन्धान गरेर चर्चा कमाएका डिएसपी शर्मा पटक–पटक विवादमा पर्दै आएका डिएसपी हुन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहँदा पनि सुपारी व्यापारीलाई पक्राउ गरी कुटेको घटनामा कारवाहीमा परेका थिए । सेटिङमा आएको सुपारी तस्करीको पोल खोलिदिएको एक व्यापारीलाई उनले पक्राउ गरी कुटेका थिए । जुन घटनामा उनलाई त्यहाँबाट हटाई क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा थन्क्याइएको छ । उनीविरुद्ध यातना मुद्दासमेत अदालतमा चलेको छ । गुनबहादुरसम्बन्धी घटनालाई भने आईजीपी अर्यालले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको स्रोत बताउँछ । व्यक्तिगत रिसिवीमा मानव बेचविखन जस्तो मुद्दा नक्कली जाहेरीका अधानरमा दर्ता गरी फसाउनु गम्भीर पदीय दुरुपयोग भएको भन्दै उक्त प्रकरणमा दर्जनौं प्रहरीलाई अर्यालले छानविनमा तानेका छन् । उजुरी दिने थापा भने बैंकिङ कसुर मुद्दामा जेलमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending