Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विप्लवले फिर्ता गरे नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौ, नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले ५ दिन अगाडि पक्राउ परेका पार्टीका नेता–कार्यकर्ता रिहाइको माग गर्दै घोषणा गरेको चैत १८ गतेको नेपाल बन्दसहितका कार्कक्रम फिर्ता लिएको छ । पक्राउ परेका सबै नेता–कार्यकर्ता सोमबार एकैसाथ रिहार्इ भएपछि पार्टी महासचिव विप्लवले मगंलबार एक प्रेस विज्ञप्ति निकालेर बन्द फिर्ताको घोषणा गरेका हुन् । विज्ञप्तिमा उल्लेख छ–  ‘हाम्रो पार्टीले देशमा बढिरहेको भ्रष्टाचार, महँगी, कालोबजारी र राष्ट्रघातका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ । अपरकर्णाली, माथिल्लो मर्स्याङदी, अरुण तेस्रो लगायतका विद्युत परियोजना निर्माण, उत्पादन र उत्पादित बिलुजी बिक्रीको जिम्मा भारतीय निजी कम्पनी जीएमआरलाई दिनका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक, योजनागत परियोजनाको तयारी लगानी बोर्डका मुख्य अधिकृत राधेश पन्तले गरेको कुरा सार्वजनिक भैसकेको छ ।’ विज्ञप्तिमा जनाइएअनुसार सबै पार्टीभित्रका देशभक्त, नागरिक समाज, जलस्रोतविद्हरुले परियोजना विकास सम्झौता र उत्पादित बिजुली बिक्री सम्झौताको विरोध गर्दागर्दै पनि पन्तले हस्ताक्षर गरेकोमा विप्लव माओवादीले आन्दोल गरिरहेको छ । करोडौँ कमिसन खाएर नेपालका ठूला जलविद्युत आयोजनाहरु भारतलाई बेचेको भन्दै ‘दलालहरुमाथि कारबाही’ थालेको विप्लव नेतृत्वको माओवादीले लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउ गर्न गएका बेला पार्टीका पोलिटब्युरो सदस्य इश्वरीप्रसाद दाहाल  ‘आसारे काका’, पूर्व राज्यमन्त्री पदम राईलगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए । पार्टीले मगँलबार दिउँसो ३ बजे राजधानीको शान्तिबाटिकामा रिहार्इ भएका नेता–कार्यकर्तालाई सम्मान कार्यक्रम राखेको छ । यस्तो छ, विप्लवको विज्ञप्तिः \"Press-bigyapti-071-11-10\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending