Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

पोखरीमाथि बस्छन् उपमहानगरका कार्यकारी

\"pokhari-750\"सुनसरी, २१ भदौ  . इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवन । त्यस्तै, पूर्वपट्टि सांस्कृतिक भवन छ । तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन् । तर, यो भवन नक्सापासविना नै निर्माण गरिएको हो । ०५४ मा नगरपालिका बनेको इटहरी ०७१ मा उपमहानगरमा स्तरोन्नति भयो । इटहरी उपमहानगर भएपछि पशुपति खतिवडा कार्यकारी अधिकृत भएर आए र अहिले महेशराज तिम्सिना कार्यकारी अधिकृत छन् । पोखरीमाथि भएकाले गर्मी मौसममा पनि कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवनमा शीतल हावा चल्छ । त्यही शीतल वातावरणमा केही तातो निर्णय भइरहेको हुन्छ उपमहानगरमा । अघिल्ला र अहिलेका दुवै कार्यकारी अधिकृतले केही तातो निर्णय गरिसकेका छन् यस भवनबाट । तर, अलिहेसम्म भवन नक्सापास नगरी बनाइएको भन्ने विषयमा भने दुवैजनाको ध्यान गएको देखिएन । उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले आफ्नो कार्यकक्ष रहेको भवन नक्सापासविना नै बनेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘तपाईँले यस विषयमा जानकारी दिनुभयो, अब म कार्यालयपरिसरका अवैधानिक भवनहरूलाई वैधानिक बनाउन विशेष पहल गर्नेछु । उपमहानगर कार्यालय परिसरमा ०५८ मा निर्माण भएको तीनतले सांस्कृतिक भवन पनि नक्सापास नगरी बनाइएको पाइएको छ । लक्जेम्बर्ग सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवन जग्गा विवादका कारण नक्सापास नगरी बनाइएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले बताए । बहुसांस्कृतिक संग्रहालय बनाउने उद्देश्यले निर्माण गरिए पनि भवनको दुईवटा कोठा सभाहलका रूपमा प्रयोग हुँदै आएको छ भने भुइँतलाको उत्तरतर्फको कोठा इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending