Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

एक खर्ब थपेर पूरक बजेट ल्याउने सरकारी तयारी

\"Arthaकाठमाडाैं, २१ भदाै । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ– राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यमा जुटेका हुन् । नगद मौज्दात मुख्य स्रोत गत आर्थिक वर्षको बजेटबाट ६९ अर्ब रुपैयाँ थप रकम सरकारी खातामा आएपछि सरकारले यसैलाई पूरक बजेटको मुख्य स्रोतको रूपमा परिचालन गर्न लागेको हो । ‘सरकारले चालू आव ०७२/७३ को बजेटमा अनुमान गरेभन्दा थप ६९ अर्ब रुपैयाँ ट्रेजरीमा थपिएको छ, यो मुख्य स्रोत हो,’ राष्ट्रिय योजना आयोग उच्च स्रोतले भन्यो, ‘त्यसबाहेक राजस्व पनि बढ्ने सम्भावना छ, त्यसैलाई प्रयोग गरेर पूरक बजेट ल्याउन सकिन्छ ।’ गत वर्षको बजेटबाट चालू आवमा ५९ अर्ब ४१ करोड रुपैयाँ नगद मौज्दात थपिने अनुमान सरकारले यसअघि गरेको थियो । तर, गत आवमा बजेट खर्च हुन नसक्दा सरकारी खातामा एक खर्ब २८ अर्ब रुपैयाँ थपिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘बजेटमा अनुमान गरिएभन्दा धेरै रकम थुप्रिएको छ, यसको प्रयोग गर्न पूरक बजेट ल्याउने कुरा भएको हो,’ स्रोतले भन्यो, ‘स्रोत अभाव भएको भए अर्को कुरा हुन्थ्यो, भएको स्रोत उपयोगका लागि अर्को बाटो छैन ।’ राजस्व २५ प्रतिशतले बढाउने दाबी सरकारले गत आवमा चार खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलनको अनुमान गरेको थियो । तर, पाँच महिना लामो नाकाबन्दीका बाबजुद पनि चार खर्ब ८२ अर्ब राजस्व संकलन भयो । आर्थिक वर्ष सकिनु ४५ दिनअघि नै आएको चालू आवको बजेटमा यो वर्ष पाँच खर्ब ६५ अर्ब रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखिएको छ । यो रकम गत आवको संकलित राजस्वभन्दा १७ प्रतिशतले धेरै हो । चालू वर्षको अवस्था सामान्य रहेकाले राजस्वको आकार २५ प्रतिशतले बढ्ने अनुमान अर्थ मन्त्रालयको छ । ‘सचिवज्यूले पदबहाली गर्दै २५ प्रतिशतसम्म राजस्व बढाउन सकिने बताउनुभएको छ,’ अर्थका एक सहसचिवले भने । बिहीबार सरुवा भएर अर्थ मन्त्रालय पुगेका सचिव डा. शान्तराज सुवेदीले सोमबार पदबहाली गरेका थिए । सचिव सुवेदीले भनेअनुसार राजस्वको आयतन बढे चालू आवमा ६ खर्ब दुई अर्ब राजस्व संकलन हुन्छ । स्रोतका अनुसार यसैलाई आधार मानेर सरकारी स्रोतमा अनुमान गरेभन्दा थप ३७ अर्ब थपिने प्रक्षेपण योजना आयोग र अर्थ मन्त्रालयको छ । ३७ अर्बको अतिरिक्त राजस्व संकलन र ६९ अर्बको नगद मौज्दातलाई आधार मानेर सरकारले एक खर्बको पूरक बजेट ल्याउने तयारी थालेको स्रोतको दाबी छ । अनुमानअनुसार राजस्व संकलन भए नगद मौज्दात र राजस्व गरी प्रक्षेपणभन्दा धेरै एक खर्ब ६ अर्ब रुपैयाँ खातामा जम्मा हुनेछ । स्रोतका अनुसार योजना आयोगले पूरक बजेटका लागि आवश्यक रकम जोहो हुने आधार अर्थमन्त्री र प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending