Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

जलरङी चित्रकारका कलाकृतिको प्रदर्शनी काठमाडौंमा हुने

\"IMG_20160904_134941-750\" काठमाडौं, १८ भदौ । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजनामा चालिस देशका २५० जलरङी चित्रकारका कलाकृतिको प्रदर्शनी काठमाडौंमा हुने भएको छ । नोभेम्बर ३ देखि १० सम्म नेपाल आर्ट काउन्सिलमा हुने सो प्रदर्शनीमा चालिस देशका कलाकार जमघट हुन लागेको सोसाइटीका उपाध्यक्ष लालकाजी लामाले बताए । २०० विदेशी र ५० नेपाली कलाकार सहभागी रहने सो प्रदर्शनीले नेपाली कलालाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने लामाले जनाए । सो प्रदर्शनीमा सहभागी हुन ३५० विदेशी कलाकारले कलाकृति पठाएकोमा २०० जनाको मात्रै छनौट गरिएको छ । ८० देशमा शाखा रहेको अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटीको नेपाल च्याप्टरले विभिन्न च्यारिटीमार्फत सामाजिक कार्यमा सहयोग जुटाउँदै आएको छ । यो प्रदर्शनीले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपाली कलाकारलाई विश्वमा चिनाउने उद्देश्य राखिएको नेपाल च्याप्टरका अध्यक्ष एन.बि गुरुङले बताए । \"IMG_20160904_134534-750\"अमेरिका, चीन, भारत, स्पेन, अस्टे«लिया, थाइलैण्ड, मलेसिया, म्यान्मार, बंगलादेश, पाकिस्तान, टर्की, इण्डोनेसिया, फिनल्याण्ड, ग्रीस, चेक रिपब्लिकन, बुल्गेरिया, बेलारुस, सिंगापुर, बेलारुस, रसिया, मेक्सिको, इरान, अल्बानिया, अष्ट्रिया, लाटभिया, कोसोभो, ताइवान, सुडान, कोरिया, मेसेडोनिया लगायतका देशका २०० कलाकारका २०० कलाकृति प्रदर्शनीमा राखिने अध्यक्ष गुरुङले बताए । सो प्रदर्शनीमा नेपालबाट मदन चित्रकार, रागिनी उपाध्याय, दुर्गा बराल, के.के. कर्माचार्य, लालकाजी लामा, देवेन्द्र थुम्केली, एन. बि. गुरुङ, केशव राज खनाल, डि. राम पाल्पाली, दिपेन्द्र बनेपाली, भीम श्रेष्ठ, दामोदर बराल, डि. बि. राई, विनोद गुप्ता, सुरेश स्याङतान, सूर्य बराइली, विश्व पराजुली, अनिता खनाल भटट्राई लगायत ५० कलाकार प्रदर्शनीमा सहभागी रहने अध्यक्ष गुरुङले जनाए । एक हप्ते प्रदर्शनीसँगै कास्कीको घान्द्रुकमा दुईदिने ‘ओपन एअर चित्र कार्यशाला’ समेत गर्न लागिएको गुरुङले बताए । यस प्रदर्शनीले नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा लैजान, पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक प्रचार प्रसार गर्न महत्वपूर्ण हुनेमा विश्वस्त रहेको उपाध्यक्ष लामाले बताए । लामाले थपे, ‘नेपाली र विदेशी कलाकार बीचको सम्बन्धका साथै सिर्जनात्मक अवस्थाको आदानप्रदान हुने र त्यसले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय टे«नका बारेमा थाहा हुनेछ ।’ प्रदर्शनी नेपाली कलाक्षेत्रमै ऐतिहासिक हुने बताउँदै अध्यक्ष गुरुङले भने, ‘संस्कृति, पर्यटन, नेपाली कलाको बजारीकरण प्रवद्र्धनमा यो प्रदर्शनी कोसेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं ।’ प्रदर्शनीमा सहभागी कलाकारको कलाकृति र परिचयसहितको पुस्तक समेत प्रकाशन गर्न लागिएको छ । त्यस्तै नेपालका विभिन्न सरकारी तथा अन्य संघसंस्थाको सहकार्यमा प्रदर्शनीलाई भव्य बनाउन लागिएको गुरुङले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending