Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

यस्तो छ, निधि–रावलबीच विवाद हुनुको भित्री कारण

\"nidhi काठमाडौं, १५ भदौ । नयाँ सरकार गठनपछि राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलोपटक बोलाएको प्रमुख तीन दलको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन, स्थानीय तहको प्रस्तावित संख्या बृद्धि र संसदबाट यसअघि अस्वीकृत बजेट सम्बन्धि विधेयक पारित गर्ने बिषय प्रवेश गराएपछि प्रमुख प्रतिपक्षी एमालेले त्यसको औचित्यतामाथि प्रश्न उठाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –सत्तारुढ र प्रतिपक्षी दलका नेताबीच सवाल जवाफमा केन्द्रित हुँदा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान बसेको बैठक अनिर्णीत बन्यो । तीन दलको बैठकको सुरुमा नै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र मधेसको माग सम्वोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले त्यसमा साझा धारणा बनाउन प्रस्ताव गरेका थिए । उनले ०७४ माघ ७ सम्म स्थानीय, प्रदेश र संघको निर्वाचन नभएमा मुलुक संकटमा पर्ने उल्लेख गर्दै मधेशी मोर्चासहितको संघीय गठबन्धनले उठाएका माग सम्वोधनका लागि संविधान संशोधनमा साझा धारणा बनाउनु पर्ने विषय राखेका हुन् । दाहालले तत्कालिन केपी ओली नेतृत्वको सरकारकै पालामा मधेसी मोर्चाले उठाएका माग सम्वोधन गर्न कार्यदल बनाएर गृहकार्य अघि बढेको बताउँदै संविधान संशोधनमा तीनै दलको साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका थिए । त्यसपछि एमालेका नेताहरू कुन–कुन विषयमा संविधान संशोधन गर्ने हो त्यसको औचित्यता के हो भन्दै प्रश्न गरेका थिए । एमालेका तर्फबाट कार्यवहाक अध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनका लागि संशोधन गर्नेपर्ने बाध्यात्मक अवस्था नरहेको तर्क गरेका थिए । संशोधन गर्नुपर्ने विषय प्रष्ट नभएसम्म यसमा एमाले प्रवेश नगर्ने गौतमको धारणा थियो । एमाले नेताहरुले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारत भ्रमणका क्रममा संविधान संशोधनको विषयमा भारतीय नेताहरुसँग छलफल गरेको भन्दै बैठकमा आपत्ति जनाएका थिए । एमाले उपाध्यक्ष भिम रावलले भारतस्थित नेपाली दूतावासले संविधान संशोधनको बिषयमा समेत कुराकानी भएको व्यहोराको विज्ञप्ती जारी गरेको उल्लेख गर्दै बैठकमा कडा आपत्ति जनाएका थिए । नेपालको आन्तरिक विषयमा विदेशीहरुको संलग्नता गराउन खोजेको भन्दै रावलले आपत्ति जनाएपछि उपप्रधानमन्त्री निधिले त्यसको जवाफ फर्काएका थिए । निधिले संविधान संशोधनको बिषयका बारेमा आफूहरुले भारतीय नेताहरुसँग कुनै छलफल नगरेको दाबी गरे । उनले सरकारको प्राथमिकताको बिषयमा मात्रै भारतमा धारणा राखेको जबाफ दिएका थिए । ‘छिमेकीसँग हाम्रो सरकारका प्राथमिकताहरु भन्ने प्रचलन नै छ । मधेसलाई सम्वोधन गर्न र संविधान कार्यान्वनय गर्ने बिषय बर्तमान सरकारको प्राथमिकता हो भन्ने धारणा मैले राखेको हो, कुन–कुन विषयमा संविधान संशोधन गर्ने भन्नेबारे ‘कन्टेन्ट र एजेण्डा’ को बारेमा कुनै कुरा भएको होइन,’ बैठकमा निधिले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजनीतिक औपचारिक भेटमा सवै सरकारका पालामा आफ्नो प्राथमिकता भन्ने चलनै छ ।’ त्यस क्रममा निधिले संविधान निर्माणका बेलामा कतिपयले विदेशीहरुकै ड्राफ्ट र फन्डसमेत लिएको प्रसंग समेत उठाएका थिए । त्यसपछि रावलले कसले विदेशीको ड्राफ्ट र फन्ड लिएको हो भन्दै सार्वजनिक गर्न माग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending