काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ।
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको नीति, नेतृत्व र कार्यशैली परिवर्तन गर्नुपर्ने मान्यताका साथ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन गरिएको हो।
कांग्रेसका हाल कायम १४ पदाधिकारीमध्ये तीन जना बाहेक सबैले विशेष महाधिवेशन बहिस्कार गरेका छन्। उद्घाटन सत्रको मञ्चमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर मात्रै देखिएका थिए।
सभापति देउवासहित कार्यवाहकको जिम्मेवारी पाएका उपसभापति पूर्णबहादुर खड्का, अर्का उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, बद्री पाण्डे, जीवन परियार, भिष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव तथा कोषाध्यक्ष उमेश श्रेष्ठ महाधिवेशनमा सहभागी भएनन्। यद्यपि पदाधिकारीको अनुपस्थितिका बाबजुद महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ।
२०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यका अनुसार तीमध्ये ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।
महाधिवेशनमा प्रतिनिधिहरू मात्र होइन, १४औँ महाधिवेशनमा देउवा सभापतिमा उम्मेदवार हुँदा उनकै प्यानलबाट निर्वाचित ३० जना केन्द्रीय सदस्य पनि मञ्चमा देखिएका थिए। ती सदस्यहरूको तर्फबाट धारणा राख्दै पूर्व सभामुख पुष्पा भुसालले कांग्रेसलाई गुट र कृपाबाट मुक्त गर्न आफूहरू विशेष महाधिवेशनको मञ्चमा आएको बताइन्।
“कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट मुक्त हुनुपर्छ। हामी गुट चिन्दैनौँ, कृपा मान्दैनौँ,” भुसालले नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै भनिन्, “आज दुई महामन्त्रीले नेतृत्व गरिरहनुभएको छ। अब कांग्रेस बीपीको विचारबाट खडा भएको कांग्रेस बनोस्।”
भुसालले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि ३० जना केन्द्रीय सदस्य शीर्ष नेताहरूका घर–घरमा गएर सम्झाउने प्रयास गरे पनि नेतृत्वले नसुनेको बताइन्। “विधानतः ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेपछि हामी नेताहरूका घर–घरमा गयौँ। बुझाउन खोज्यौँ। तर निराश भएर फर्किनुपर्यो,” उनले भनिन्।
उनले कांग्रेस विधानको धारा १७(२) को स्मरण गराउँदै विधानभन्दा माथि कुनै पनि नेता वा कार्यकर्ता हुन नसक्ने स्पष्ट पारिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १९:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ की निर्वाचित सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया द...
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...


प्रतिकृया लेख्नुहोस्: