Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

सरकारी बैंकको साढे २ अर्ब बढी कुम्ल्याएका चण्डी ढकाल विरुद्ध अख्तियारमा उजुरी

\"chandiकाठमाण्डौ, ६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको विधान संसोधन समितिका संयोजक चण्डी ढकालले शक्तिकेन्द्रका आडमा सरकारी बैंकको साढे २ अर्ब बढी रकम कुम्ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकमा ०५३ सालमै उनले झापामा संचालन गरेको मोमेण्टो एपरेल्स प्रालि(गार्मेन्ट उद्योग)को नाममा लिएका ऋण नतिरेर सो बैंकले कालो सूचिमा राखे पनि नतिरिएको ऋण असूली नगरिएको र शक्तिकेन्द्रको आडमा उनलाई उन्मुक्ति दिने काम गरिएको भन्दै राष्ट्रिय वाणिज्य बैंककै कर्मचारीहरुले उजुरी हालेका हुन् । साउन ५ गते हालिएको उजुरीमा मुख्य दोषी मोमेण्टो एपरेल्सका प्रमुख संचालक ढकाललाई बनाइएको छ । उनले एपरेल्सको नाममा नक्कली कागजात खडा गरी कम धितोको जग्गा राखी तत्कालीन बैंक व्यवस्थापनका उच्च तहका मानिसलाई समेत प्रभावमा पारी करिब दुई दशकअघि ऋण लिएका र सो ऋण हालसम्म नतिरिएको उजुरीमा उल्लेख छ । स्रोतका अनुसार ढकालले ०५३ सालमै राष्ट्रिय वाणिज्य बैंकबाट मोमेन्टोको नाममा ३० करोड बढी ऋण लिएका र सो ऋणको ब्याज समेत जोडिएर हाल साढे २ अर्ब बढी भइसके पनि अझै तिरेका छैनन् । सो ऋणको सावा र ब्याज हालसम्म पनि उनले चुक्ता गरेका छैनन् । बैंकले उनलाई पटक–पटक कालोसूचिमा राखे पनि राज्यको उपल्लो स्तरसम्म पहँुच भएका कारण र त्यसैको आडमा उनले सरकारी लगानीको बैंकको पैसा पचाउँदै आएका छन् । ‘ढकालले त्यसबेलादेखिको साँवा र ब्याज गरी राष्ट्रिय वाणिज्य बैंकको मात्रै साढे २ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ ।’ बैंकका एक कर्मचारीले भने–‘उनलाई बैंकले पटक–पटक कालोसूचिमा राखे पनि हरेक पटकका सीइओ, प्रधानमन्त्री, अर्थमन्त्री, अख्तियार प्रमुख, प्रहरी समेतको धाक दिएर मिलाउने गरेका छन् ।’ ती कर्मचारीका अनुसार सर्वसाधारणले एक–दुई लाख लिंदा र नतिर्दा बैंकले राज्यका आधिकारिक निकाय प्रयोग गरेर कर्जा असूली गर्ने गरे पनि ढकाललाई उन्मुक्ति दिने काम भएको छ । ‘त्यति धेरै रकम पचाएर नतिर्दा समेत उनीबाट कर्जा असूलीका लागि कालोसूचिमा राख्ने बाहेक केही काम भएको छैन ।’ ती कर्मचारीले भने–‘कागजी कालोसूचिमा राखेर बैंकका हाकिमहरु तिनै कालोसूचिका व्यक्तिसँग तारे होटलमा डिनर गर्छन, उपहार आदानप्रदान गर्छन ।’ कर्मचारीहरुले आफूहरुको तर्फबाट डूबेको ऋण असूलीका लागि पटक पटक प्रयास गर्दा पनि आफूहरुलाई हतोत्साही बनाइएको, चण्डी ढकालले कालोसूचिमा परेका व्यक्ति भए पनि उल्टै कर्मचारीलाई धाकधम्की दिने गरेका आरोप लगाएका छन् । स्रोतका अनुसार केपी ओली सरकारको पालामा बैंकका केही कर्मचारीको प्रयासमा ढकालबाट ऋण असूलीको प्रयास गरिएको थियो । तर, त्यसबेला समेत झापाली भएको नाताले ओलीसँग गाउँले नातो गाँसेर ढकालले आफूमाथिको संभावित कारबाही रोक्न सफल भएका थिए । ‘हामीले उनलाई कालोसूचिमा राखेको वर्षौ भयो ।’ राष्ट्रिय वाणिज्य बैंकका एक उच्च तहका कर्मचारीले भने–‘तर हामीले कालोसूचिमा राखेका व्यक्ति नै मन्त्री, गभर्नर, प्रधानमन्त्री र उच्च नेतासँगको संगतमा हुन्छन् ।’ ती कर्मचारीको भनाईमा बैंकका ठूला डिफल्टरका सामुन्ने सार्वजनिक समारोहहरुमा आफूहरुले नै शिर झिकाउनुपर्ने अवस्था रहेको छ । ‘ठूला सार्वजनिक समारोहहरुमा प्रधानमन्त्री र ठूला नेतासँगको संगतका कारण कालोसूचिका व्यक्ति चण्डी ढकालसँग हामीले उल्टो शिर झुकाउनुपर्ने लाजमर्दो अवस्था छ ।’ ती कर्मचारीले थपे–‘अन्य देशमा कालोसूचिको व्यक्तिलाई सामाजिक बहिस्कार गर्ने चलन छ, तर हाम्रो देशमा साढे २ अर्ब बढी नतिर्ने कालोसूचिका ढकालको राज्य तहको उपल्लो स्तरमा उल्टो चलखेल चल्छ, हामीले उल्टो नमस्कार गरेर हिँड्नुपर्ने अवस्था छ ।’ ती कर्मचारीको भनाईमा अर्थमन्त्री, प्रधानमन्त्री, राष्ट्रबैंकका गभर्नर र प्रहरीका हाकिम लगायत सबै तहका प्रमुखहरु नतातेसम्म राज्य र जनताको २ अर्ब बढी रकम उठ्ने संभावना छैन । अख्तियारमा परेको उजुरीमा समेत कर्मचारीहरुले ढकाललाई तत्काल पक्राउ गरी डूबेको ऋण असूली गर्न आग्रह गरेका छन् । सो उजुरीमा उल्लेख भए अनुसार ढकालले राष्ट्रिय वाणिज्य बैंकको मात्र होइन, नेपाल बंगलादेश बैंकलाई पनि २३ करोड बढी रकम तिर्नुपर्ने छ । उजुरीमा राष्ट्रिय वाणिज्य बैंक ऋण असूली विभागका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत, नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश बैंकको प्रमुख तथा कर्मचारी, नेपाल राष्ट्रबैंकको नियमन विभागका कार्यकारी निर्देशक लगायतलाई समेत विपक्षी बनाइएको छ । उजुरीमा भनिएअनुसार पछिल्लो समय बैंकका उच्च तहका केही कर्मचारीको समेत ढकालसँग मिलेमतो रहेको छ । ढकालले ‘अख्तियार प्रमुख पनि आफ्नै मान्छे हो’ भन्दै ऋण उठाउन खोज्दा आफूहरुलाई धाकधम्की दिने गरेका समेत उजुरीमा उल्लेख गरिएको छ । ढकालविरुद्ध अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ४०९३ भइको जनाइएको छ । \"akhtiyar-file\" \"chandi-report-1\" \"chandi-report-2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending