Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! नगद र सुनको सिक्री चोरी गर्ने गिरोहका चार जना काठमाडौंमा पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । बसभित्र भीडभाडको मौका छोपी यात्रुको साथमा रहेको ठूलो रकम र गरगहना चोरी गर्ने उनीहरूको गतिविधि खुलेको हो ।

प्रहरीका अनुसार पुस २३ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित गोल्डेनगेट अगाडिबाट बसमा चढेर मित्रपार्कतर्फ जाँदै गरेका एक युवकको साथमा रहेको २ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको थियो । घटनापछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

त्यसैगरी पुस २४ गते सिनामंगलबाट बसमा यात्रा गर्ने क्रममा एक महिलाको सुनको सिक्री हराएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको गहिरो अनुसन्धान थालेको थियो । दुवै घटनाको शैली मिल्दोजुल्दो देखिएपछि प्रहरीले संगठित चोरी समूह सक्रिय रहेको आशंका गरेको थियो ।

अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले पुस २२ गते काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट चोरी कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरू बसमा चढ्ने, झर्ने क्रममा भीडको फाइदा उठाएर यात्रुको खल्ती र घाँटीमा लगाएको गरगहना लक्षित गर्दै चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ निवासी ३७ वर्षीय सरोज खड्का, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ४२ वर्षीय विकास लामा, तनहुँ म्याग्दे गाउँपालिका–५ घर भई हाल काठमाडौंको टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ, ललितपुर महानगरपालिका–७ निवासी ३३ वर्षीय सुवास मगर रहेका छन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई हाल थप अनुसन्धान भइरहेको जनाएको छ । चोरीमा प्रयोग गरिएका अन्य विधि, सम्भावित थप संलग्न व्यक्ति र यसअघि भएका यस्तै प्रकृतिका घटनासँगको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले सार्वजनिक सवारी साधन प्रयोग गर्दा यात्रुहरूलाई नगद, गरगहना र मोबाइल जस्ता मूल्यवान सामग्रीप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । भीडभाडमा यात्रा गर्दा झोला अगाडि राख्ने, अनावश्यक रूपमा धेरै नगद नबोक्ने र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: