रसुवा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले पार्टीको विशेष महाधिवेशनको स्वागत गर्दै त्यसको पक्षमा औपचारिक समर्थन जनाएको छ । जिल्ला सभापति पेम्बा छिरिङ तामाङले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पार्टी जीवनका लागि अपरिहार्य रहेको उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्तालाई सहभागिताका लागि आह्वान गरेका छन् ।
जारी विज्ञप्तिमा विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई थप एकताबद्ध बनाउँदै नयाँ ऊर्जा र स्पष्ट दिशाबोध प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । पार्टीभित्र देखिएको अन्योल, मतभेद र संगठनात्मक जडता अन्त्य गर्न विशेष महाधिवेशन महत्वपूर्ण अवसर भएको जिल्ला कार्यसमितिको ठहर छ ।
सभापति तामाङले महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यदेखि आम कांग्रेसजनसम्मलाई विशेष महाधिवेशनमा उपस्थित भई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ,
‘जनताको आवाज र वर्तमानको आवश्यकतालाई मध्यनजर गर्दै अझ बढी एकताबद्ध, तर नवीन ऊर्जासहितको नेपाली कांग्रेस निर्माण गर्नु नै यो कार्यक्रमको लक्ष्य हो । त्यसैले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण कांग्रेसजनहरूलाई विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई यसलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपील गर्दछु ।’
जिल्ला कार्यसमिति रसुवाले विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ । समयमै महाधिवेशन सम्पन्न हुँदा पार्टीको सांगठनिक सुदृढीकरण, नीति–दिशा स्पष्टता र नेतृत्वप्रतिको विश्वास पुनःस्थापित हुने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । सो महाधिवेशनलाई लिएर देशभर कांग्रेसका जिल्ला कार्यसमितिहरूले समर्थन जनाउने क्रम बढ्दै गएको छ ।
यसअघि कास्की, काभ्रे, सिन्धुपाल्चोक, लमजुङलगायतका जिल्लाका कांग्रेस जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको पक्षमा औपचारिक समर्थन जनाइसकेका छन् । रसुवा कांग्रेसको समर्थनसँगै विशेष महाधिवेशनको पक्षमा पार्टीभित्र संस्थागत समर्थन विस्तार हुँदै गएको देखिएको छ ।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र बहस र गतिविधि तीव्र बन्दै गएको अवस्थामा रसुवा कांग्रेसको यो निर्णयलाई महाधिवेशन पक्षधर समूहका लागि थप बलका रूपमा हेरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: