धनगढी । सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अझै ३५२ जना पक्राउ पर्न बाँकी रहेको पाइएको छ । प्रदेशका विभिन्न कारागारबाट भागेका ती कैदीबन्दीको खोजी कार्य अझै तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार हालसम्म ३३३ पुरुष र १९ महिला गरी कुल ३५२ जना कैदीबन्दी फरार अवस्थामा छन् । उनीहरू २४ भदौको जेनजी आन्दोलनको बलमा कारागारबाट बाहिर निस्किएर भागेका थिए ।
प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै कैदीबन्दी कैलाली कारागारबाट २२९ जना अझै फरार छन् । त्यसैगरी कञ्चनपुर कारागारबाट ९७ जना, डोटी बाल सुधार गृह र बझाङ कारागारबाट १२/१२ जना, दार्चुला कारागारबाट ६ जना, डडेल्धुरा कारागारबाट ५ जना र बैतडी कारागारबाट १ जना कैदीबन्दी हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका विभिन्न कारागारबाट १ हजार ४५८ जना कैदीबन्दी (१,३८३ पुरुष र ७५ महिला) भागेका थिए । तीमध्ये हालसम्म प्रहरीले १ हजार ९४ जनालाई पक्राउ गरी पुनः कारागार फर्काइसकेको छ । पक्राउ परेकामध्ये १ हजार ४९ पुरुष र ४५ महिला रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार फरार कैदीबन्दीको खोजीलाई प्रहरीले अभियानकै रूपमा निरन्तरता दिइरहेको छ । प्रदेश प्रहरी कार्यालयमा डीएसपी र जिल्लास्तरमा इन्सपेक्टरको नेतृत्वमा छुट्टाछुट्टै टोली गठन गरी खोजी कार्य अघि बढाइएको उनले जानकारी दिए ।
‘जेनजी आन्दोलनका बेला फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न प्रदेश र जिल्लास्तरमा पहिल्यै टोली गठन गरेर काम गरिरहेका छौँ,’ डीआईजी रानाले भने, ‘पहिलो चरणमा प्रायः सबै फरार कैदीबन्दीको घर–ठेगानासम्म पुगेर खोजी गरिसकेका छौँ । भेटिएका व्यक्तिलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको छ ।’
उनका अनुसार अझै फेला नपरेका कैदीबन्दीको हकमा पनि खोजी कार्य जारी छ । भारततर्फ भागेका कैदीबन्दीलाई समेत भारतीय सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको डीआईजी रानाले बताए ।
जेनजी आन्दोलनपछि कारागार सुरक्षामा गम्भीर प्रश्न उठिरहेको बेला ठूलो संख्यामा कैदीबन्दी अझै फरार रहनु प्रदेशको सुरक्षा चुनौतीका रूपमा देखिएको छ । प्रहरी प्रशासनले फरार सबैलाई नियन्त्रणमा लिने दाबी गरे पनि अवस्था अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: