धनगढी । सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अझै ३५२ जना पक्राउ पर्न बाँकी रहेको पाइएको छ । प्रदेशका विभिन्न कारागारबाट भागेका ती कैदीबन्दीको खोजी कार्य अझै तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार हालसम्म ३३३ पुरुष र १९ महिला गरी कुल ३५२ जना कैदीबन्दी फरार अवस्थामा छन् । उनीहरू २४ भदौको जेनजी आन्दोलनको बलमा कारागारबाट बाहिर निस्किएर भागेका थिए ।
प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै कैदीबन्दी कैलाली कारागारबाट २२९ जना अझै फरार छन् । त्यसैगरी कञ्चनपुर कारागारबाट ९७ जना, डोटी बाल सुधार गृह र बझाङ कारागारबाट १२/१२ जना, दार्चुला कारागारबाट ६ जना, डडेल्धुरा कारागारबाट ५ जना र बैतडी कारागारबाट १ जना कैदीबन्दी हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका विभिन्न कारागारबाट १ हजार ४५८ जना कैदीबन्दी (१,३८३ पुरुष र ७५ महिला) भागेका थिए । तीमध्ये हालसम्म प्रहरीले १ हजार ९४ जनालाई पक्राउ गरी पुनः कारागार फर्काइसकेको छ । पक्राउ परेकामध्ये १ हजार ४९ पुरुष र ४५ महिला रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार फरार कैदीबन्दीको खोजीलाई प्रहरीले अभियानकै रूपमा निरन्तरता दिइरहेको छ । प्रदेश प्रहरी कार्यालयमा डीएसपी र जिल्लास्तरमा इन्सपेक्टरको नेतृत्वमा छुट्टाछुट्टै टोली गठन गरी खोजी कार्य अघि बढाइएको उनले जानकारी दिए ।
‘जेनजी आन्दोलनका बेला फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न प्रदेश र जिल्लास्तरमा पहिल्यै टोली गठन गरेर काम गरिरहेका छौँ,’ डीआईजी रानाले भने, ‘पहिलो चरणमा प्रायः सबै फरार कैदीबन्दीको घर–ठेगानासम्म पुगेर खोजी गरिसकेका छौँ । भेटिएका व्यक्तिलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको छ ।’
उनका अनुसार अझै फेला नपरेका कैदीबन्दीको हकमा पनि खोजी कार्य जारी छ । भारततर्फ भागेका कैदीबन्दीलाई समेत भारतीय सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको डीआईजी रानाले बताए ।
जेनजी आन्दोलनपछि कारागार सुरक्षामा गम्भीर प्रश्न उठिरहेको बेला ठूलो संख्यामा कैदीबन्दी अझै फरार रहनु प्रदेशको सुरक्षा चुनौतीका रूपमा देखिएको छ । प्रहरी प्रशासनले फरार सबैलाई नियन्त्रणमा लिने दाबी गरे पनि अवस्था अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: