Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

प्रचण्ड सरकारका ११ चुनौति

कुनैपनि शक्ति पुर्ण बहुमतमा हुँदैन, र हामी पनि छैनौ यो सत्य हो । यतिबेला राजनीतिक वृतमा पनि राष्ट्रिय सरकारको गठन गर्ने सन्र्दभमा बहुमतीय परिस्थिति बन्न पुग्यो । हामीले त अहिले पनि सहमतिय वातावरण चाहिराखेका छौ, तर सर्वमान्य सहमतिको वातावरण पनि नबन्दो रहेछ । तसर्थ आज देखिएका मुख्य काम शान्तिप्रकृयालाई निस्कर्षमा पुर्याउने,संविधानको कार्यान्वयन गर्ने र राष्ट्रियताको रक्षा गर्ने र कार्यान्वयन गर्ने बाटोमा सरकार गतिशील हुनुपर्दछ । अहिले वर्गियरुपमा नजिकका राजनीतिक शक्तिहरुसँग मोर्चाबन्दी गरेर सरकार चलाउने र राज्यसत्ता कब्जा गर्ने कुरा पनि सम्भव छैन । एमाले विचारले कम्युनिष्ट पार्टी भनिएपनि कार्यशैलीका आधारमा पुँजीवादी पार्टी जस्तै भएको छ । तसर्थ यहाँनिर वर्गीय सम्बन्धको प्रश्न भन्दा पनि जनताको काम गर्ने र लक्षीत कार्यक्रम सम्पन्न गर्ने कुरामा केन्द्रीत हुने गरी सरकारमा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको छ । मेरो विचारमा सरकारका अगाडि आउने चुनौति र त्यसको समाधानको विधी यि हुन्– \"prachanda_lilamani_pokhrel\"१) संविधान कार्यान्वयन : यो सरकार संविधान निर्माणपछि गठन भएको हुनाले संविधानको अक्षरस कार्यान्वयन गराउन यसको अगाडी चुनौतिहरु देखिन्छन् । निर्वाचन गराउन र संविधान कार्यान्वयन गर्नका लागी राजनीतिक तहबाट देखिएका समस्याहरुको समाधान गर्नुपर्दछ । संविधानको विरोधमा रहेका पार्टीहरु,मधेसी,जनजाती,थारु लगाएतका मागहरुको सम्बोधन गर्न सकारात्मक बाटो खोज्नुपर्दछ । यसको अर्थ सबै मागहरु ठिक छन् भन्ने होईन, तर सहमतिको वातावरण बनाउनु उपयुक्त हुन्छ । मेरो विचारमा त्यसको लागी संविधान संशोधन गर्नुपर्ने आवश्यकता पनि हुन सक्छ । २) प्रतिपक्ष दलको भुमिका : संविधानको कार्यान्वयन र अरु धेरै प्रकारका राजनीतिक सहमति जुटाउने काममा सरकार बाहिर रहेको एमाले लगायत अरु पार्टीहरुको भुमिका पनि महत्वपूर्ण हुन्छ । नयाँ सरकार गठन पछि एमालेसँग अलिकति टाढिएको सम्बन्ध हामीले सुधार्ने काम गर्नु पर्ने देखिन्छ । यो पनि सरकारको अगाडि प्रतिपक्ष चुनौति हो, तर सरकारले सबै दलहरुबिच असल सम्बन्ध बनाउने प्रयत्न जारी राख्नु पर्दछ । ३) अर्थतन्त्र उकास्ने चुनौति : हामीले गत बर्ष धेरै लामो अवधिसम्म नाकाबन्दीको अवस्थालाई सहनु प¥यो । त्यसको असर देशको अर्थतन्त्रसँग जोडिएको छ । भारतले नाकाबन्दी गरेको थियो, त्यो मधेस आन्दोलनसँग जोडिएको थियो । यहाँनिर दुइ देशको पारस्परिक सम्बन्धको विकाश र सद्भावको वातावरण सुधार नगरि देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिदैन भन्ने कुरालाई हेक्का राख्न जरुरी छ । ४) भूकम्पले गराएको क्षतिको पुननिर्माण : गत बर्षको महाभुकम्पले क्षतविच्छेद पारेको मुलुकको पुर्ननिर्माण गर्नुपर्ने राज्यको प्रमुख काम हो तर यसको लागी आर्थिक श्रोत साधनको अभावले यो काम सम्पन्न गराउन पनि सरकारका अगाडि चुनौति नै देखिन्छ । पुननिर्माण गर्दाखेरी भुकम्प प्रभावीत हरेक जनतालाई सम्बोधन गर्नुपर्ने स्थीति रहेको छ । भुकम्प पुनर्निर्माण सम्बन्धी बनेको प्राधिकरणले पक्षपात गरेको भन्ने आवाजहरु निस्केका छन्, त्यसलाई सरकारले चनाखो आँखाले अवलोकन गर्दै पुनर्निर्माणको कामलाई तिब्रता दिनुपर्दछ । हिजो भुकम्प पिडितलाई सहयोग गर्ने सर्त गरेका दाता निकायहरुलाई अब सरकारले आफ्नो अग्रसरतामा व्यवस्थीत गराउँदै श्रोत जुटाउन लाग्नु गर्दछ । ५) जनताको सेवा र काम : वर्तमान सरकारले जनताका अपेक्षालाई खेर जान दिनुहुदैँन। यतिबेला मुद्रा स्फीती बढेको छ, हरेक वस्तुको मूल्य बढेको देखिन्छ, त्यसको व्यवस्थापन गर्नुपर्दछ । सरकारले कुरा भन्दा काममा केन्द्रीत हुँदै जनताको महत्कांक्षाको सम्बोधन गर्नपर्दछ । सरकारले औपचारीक कार्यक्रममा फस्ने र समय नोक्सान गर्ने तिर जानुहुँदैन । ६) आर्थीक विकासको मोडेल बदल्नु जरुरी : आजसम्म जसरी आर्थीक विकासको आयाममा विकास भएर आएको थियो, हामी अब त्यसरी गएर हुँदैन । जनताको आकांक्षालाई पुरा गर्नका लागी सरकारले आर्थीक विकासको आयाम बदल्नु पर्दछ । विकासवादको नियम अनुसार जसरी विकास हुनुपर्ने हो, त्यसैगरी कार्ययोजना बनाएर हस्तक्षेपकारी कार्यान्वयन पद्धतीबाट अघि बढ्नु पर्दछ । ७) शान्ती प्रकृयालाई निस्कर्षमा पुर्याउनु : यो सरकारले शान्ति प्रकृयासँग जोडिएका धेरै कामहरु गर्नुपर्ने देखिन्छ । शान्तिप्रकृयाका बाँकी कार्यभारलाई तार्किक निस्कर्षमा पुुगाउने काम पनि त्यति सहज देखिन्न । वेपत्ता,मेलमिलाप,अपाङ्ग,घाईते र जघन्य अपाराध लागेका मुद्धाहरु छन् । ति सबैको प्रकृयागत रुपमा राजनीतिक निकास खोज्ने काममा सरकार लागीहाल्नु पर्दछ । यो कार्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुले अवरोध गर्न खोजीरहेका छन्, सरकारले उनीहरुको अवरोधलाई चिरेर अगाडि बढ्न सक्नुपर्दछ । त्यो चुनौति सामना गर्ने विधी भनेको कार्यक्रम ल्याउने, जनतासम्म पुर्याउने र उनीहरुबाटै सम्बन्धीत विषयमा अनुमोदीत गरेपछि जनसमर्थनमा कार्यान्वयन गराउने नै हो, सरकारले यसमा ध्यान दिनु पर्दछ । ८) निम्न वर्ग विशेष कार्यक्रम चलाउनेः सरकारले जनताको साथ सहयोग बिना कुनैपनि काम सम्पन्न गर्न सक्दैन । तसर्थ सरकारले दिन धकेल्ने होईन कि जति सकीन्छ, गरीब,निम्नवर्ग सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा चलाउनु पर्दछ । औषतमा अधिकांश नेपाली जनता गरीवीकै रेखामुनी रहेका छन् तसर्थ सरकार हुने खाने वर्गको भन्दा हुँदा मात्र खाने वर्गको पक्षमा बढि कार्यक्रम लिएर अगाडि बढ्नु पर्दछ । त्यसो गरेमा जनताको सद्भाव,माया, र साथ हमेशा पाउँछ र सरकारलाई जनसमर्थन प्राप्त हुन्छ । ९) सरकार असफलताले पार्टीमा असर पर्दछ : यतिखेर हाम्रो पार्टी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । यदि सरकार असफल हुने बाटोमा गयो भने त्यसको प्रत्यक्ष प्रभावले पार्टीलाई पनि असफल बनाउँछ । त्यसैले सरकारले अहिले जसरी हुन्छ, प्रभावकारी काम गर्नुपर्दछ । तोकीएका कार्यभार पुरा गराउन तदारुकताका साथ लाग्नु पर्दछ । १०) भ्रष्टाचारको अत्य गर्नु ः हाम्रो मुलुकको प्रशासनीक निकायलाई भ्रष्टाचारले सारै डरलाग्दो गरि खाएको छ । यसलाई सरकारले रोक्नु पर्दछ, तर यो पनि त्यति सहज छैन् । भ्रष्टाचारी,कालाबजारी,दलालहरुको सम्बन्ध राज्यको पहुँचमा पुगेको मानीसहरुसँग हुने र त्यसको दुरुपयोग गरेर जोगीने पुरानो परम्परामा सरकार सचेत हुनुपर्दछ । गलत बाटोमा लाग्ने जो सुकै होस् कानुनले तोकेको सजाय दिलाउन ढिलाई गर्नुहुँदैन । ११) विदेशी÷छिमेकी मुलुकसँगको संन्तुलीत सम्बन्ध निर्माण : हामीले छिमेकी दुई देश भारत र चीनका साथै अन्य विदेशि मुलुकहरुसँगको सम्बन्धलाई सन्तुलीतरुपमा अगाडी बढाउन पर्ने हुन्छ । भारतले नेपालको आन्तरिक व्यवस्थापनमा सुक्ष्म मेनेजमेन्ट पोलीसी अख्तीयार गरेको देखिन्छ, हामी त्यहाँबाट मुक्त हुन सक्ने कि नसक्ने त्यो चुनौति सरकारका अगाडि खडा भएको छ । हामीले उसँगको कुटनीतिक डिलीङबाट यो समस्यालाई घाममा सुकाउन सक्नुपर्दछ । हामी कहाँ भारतसँगको खुल्ला सीमाले पनि समस्या निम्त्याएको छ, तसर्थ हामीले सीमा नियमन गर्नै पर्दछ । त्यसैगरी चाइना र अन्य मुलुकसँग पनि हाम्रो हित भित्र रहेर हाम्रो सर्तमा रहेर सम्बन्ध विस्तार गर्नु पर्दछ । (नेता पोखरेलसँग लोकराज जैसीले गरेको कुराकानीमा आधारीत )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending