Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

प्रचण्डको निर्देशनलगत्तै यसरी परे नक्कली चिकित्सक कारबाहीमा

\"prachanda_shirsha\" काठमाडौं, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोगीलाई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने । निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग दाहालको फोन सम्पर्क गराए । ‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो ?’ प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई पनि केही चिकित्सक काममा फर्किएको सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन नहुनुको कारण देखाए । आजको कान्तिपुर दैनिकमा खबर छ – लगत्तै दाहालले फोनबाटै निर्देशन दिए, ‘उनीहरूलाई काम गर्न नदिनू, तत्काल काउन्सिलको बैठक राखेर निलम्बन गर्नू ।’ आइतबार १०ः४० मा प्रधानमन्त्रीको टविटर ह्यान्डल पीएम–नेपालबाट ‘छानबिनमा रहेका डाक्टरले बिरामी जाँच गरिरहेकोमा उनीहरूलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिइएको’ सार्वजनिक भयो । प्रधानमन्त्रीको निर्देशनबारे सचिवले दिनभर मन्त्रालयमा छलफल गरे र बेलुका ५ बजेतिर ३ वटा निर्णय गरे । पहिलो : नक्कली चिकित्सकको रूपमा कार्यरत स्थायी सरकारी चिकित्सकलाई कार्यरत अस्पतालबाट २४ घण्टाभित्र झिकाएर मन्त्रालयमा हाजिरी गराउने । दोस्रो : करार र अस्थायी दरबन्दीमा कार्यरत सरकारी चिकित्सकको आइतबारबाटै करार भंग गर्ने । तेस्रो : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा नक्कली प्रमाणपत्र देखिएका र अदालतमा मुद्दा दायर भएका सबै चिकित्सकलाई आवश्यक कारबाही गर्न मेडिकल काउन्सिललाई लिखित निर्देशन दिने । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार निर्णय आइतबार नै कार्यान्वयनमा आइसकेको छ । ‘बैठकबाट भएका निर्णयअनुसार स्थायीलाई मन्त्रालयमा हाजिर हुन आउन निर्देशन दिइसकेका छौं, करारको आइतबारदेखि नै करार भंग भइसक्यो र निजी चिकित्सकमाथि कारबाहीका लागि आइतबार नै काउन्सिलमा पत्र पठाइसक्यौं ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार ५ मा शैक्षिक प्रमाणपत्र नक्कली भनी खुलेका एक सय ९ चिकित्सकमध्ये ३७ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । जिल्ला अदालतमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा दायर भएपछि उनीहरू सबै धरौटीमा मुक्त भए । प्रवक्ता श्रेष्ठका अनुसार ब्युरोले पठाएको सूचीमा रहेका ३७ जनामध्ये ८ जना सरकारी चिकित्सक हुन् जसमा ३ जना स्थायी र पाँच जना करारका हुन् । आइतबारको निर्णय अनुसार मन्त्रालयको नवौं तहका सुनील आचार्यलाई २४ घण्टाभित्र मन्त्रालय झिकाइएको छ । स्थायी सरोजकुमार सिंह र पन्नालाल पटेललाई समेत मन्त्रालयमै झिकाउने निर्णय भएको छ । ‘करारमा रहेका सञ्जयकुमार सिंह, रामजी यादव, मनीष अर्याल, सन्तोषकुमार झा र कुशराज गिरीको करार आइतबारदेखि लागू हुने गरी भंग गरिएको छ,’ प्रवक्ता श्रेष्ठले कान्तिपुरसँग भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending