Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

मन्त्रिपरिषद विस्तारले माओवादीमा चर्कियो विवाद

\"mao_kendra_metting\"काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रमा सरकारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ । आठजना मन्त्री बनाउनादा पनि एक जना महिला मन्त्री नबनाएको भन्दै पार्टीभित्र विवाद भएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ- माओवादी केन्द्रका ८२ सांसदमध्ये सभामुख ओनसरी घर्तीबाहेक २८ सांसद महिला छन् । उनीहरूले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता माग गर्दै आइरहेका थिए । तर, माओवादी केन्द्रले आफ्नो भागमा रहेको मन्त्रालयमा कुनै पनि महिला सांसदलाई ‘फुलमन्त्री’ बनाएन । त्यसको विरोधमा आइतबार संसद् भवन नयाँ बानेश्वरमै माओवादी केन्द्रका महिला सांसदहरूको बैठक बसेको थियो । उनीहरूले महिला सांसदलाई पार्टी नेतृत्वले असक्षम देखाउन खोजेको भन्दै ज्ञापनपत्र बुझाउने र कुनै पनि महिला सांसदले राज्यमन्त्रीको रूपमा शपथ नलिने निर्णय गरे । बैठकको अगुवाइ गरेका थिए– पूर्वसामान्य प्रशासनमन्त्रीसमेत रहेकी रेखा शर्मा, माओवादी दलकी सचेतक सीता नेपाली, आशा खनाललगायतका नेतृहरूले । सो छलफलमा २५ जना महिला सांसद सहभागी थिए । तर, सो छलफलमा सहभागी नभएका दुई महिला सांसदले राज्यमन्त्रीका रूपमा आइतबार नै शपथ खाएपछि महिला सांसदहरू राज्यमन्त्रीमा नजाने भनी बनाएको योजनामा असफल भएको छ । अब महिला सांसदहरूले दलको बैठकमा यस विषयमा कुरा उठाउने रणनीति बनाएका छन् । (माओवादी केन्द्रका सचिवालय सदस्य तथा सांसद प्रभु साह मन्त्रिपरिषद् विस्तारबाट असन्तुष्ट छन् । संसद्को अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिका सभापतिसमेत रहेका साहले सरकारमा स्थानीय विकास मन्त्रालय आफूले पाउनुपर्ने बताउादै आएका थिए । प्रधानमन्त्री प्रचण्डले उनलाई कानुनमन्त्री बनाउन चाहेका थिए । तर, साहले स्थानीयको जिद्धि नछाडेपछि उनको नाम अन्तिम समयमा आएर काटिएको थियो । उनको साटो माओवादीले सिरहाका समानुपातिक सांसद अजयशंकर नायकलाई कानुनमन्त्री बनाउने निर्णय लियो । आफूले खोजेको मन्त्रालय नपाएपछि असन्तुष्ट बनेका साहले पार्टीले दुर्भाग्यपूर्ण निर्णय गरेको र मन्त्रिपरिषदमा फरक मत राख्नेलाई स्थान नदिएको भन्दै सार्वजनिक असन्तुष्टि जनाइरहेका छन् । उनी यसअघि दुईपटकसम्म मन्त्री बनिसकेका थिए । माओवादी केन्द्रभित्र मन्त्रिपरिषद् विस्तार गर्दा भेगीय सन्तुलन नमिलेकोमा पनि तीव्र असन्तुष्टि छ । राप्ती क्षेत्रभित्रको सल्यानबाट मन्त्री नपरेको, तर रोल्पा–रुकुमबाट भने पटक–पटक मन्त्री परेको भन्दै माओवादीभित्र असन्तुष्टि चुलिँदै आएको थियो । त्यसको नेतृत्व सल्यान–१ का प्रत्यक्ष निर्वाचित सांसद टेकबहादुर बस्नेतले गर्दै आएका थिए । शान्तिप्रक्रियामा माओवादी आएयता ६ पटक सरकारमा पुगेको र तीनपटक पार्टी नेताहरूले नै सरकारको नेतृत्व पाउँदासम्म सल्यानले मन्त्री नपाएको भन्दै त्यस क्षेत्रका नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउादै आएका थिए । सल्यानमा माओवादीले दुवै संविधानसभाको निर्वाचनमा जितेको थियो । अहिलेको मन्त्रिपरिषदमा रुकुम जिल्लाको दुईजना फुलमन्त्री हुादा सल्यान नपरेको भन्दै भेगीय सन्तुलनमा पार्टीले चासो नदिएको आरोप लागेको छ । त्यस्तै भेरी–कर्णालीबाट पनि मन्त्रीमा नपरेको भन्दै त्यस क्षेत्रबाट पनि असन्तुष्टि बढेको छ । भेरी–कर्णाली क्षेत्रबाट महेन्द्रबहादुर शाहीलगायतले मन्त्रीको दाबी गरिरहेका थिए । ‘हाम्रा नतोहरूको देखाउने दाात र चपाउने दाात फरक रहेछ,’ असन्तुष्ट सांसद बस्नेतले नयाा पत्रिकासाग भने, ‘अब पार्टीभित्रै यस विषयमा जमेरै विरोध गरिन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending