Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

फेसबुकबाटै देउवालाई चुनौती

\"gauri-facebook1-750\"काठमाडौं, २१ साउन । ६ दिनदेखि आमरण अनसन बसेका विद्यार्थी नेताको स्वास्थ्य बिग्रँदै गएपछि अनसनकारी मध्येका एक विद्यार्थी नेताकी पत्नीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएकी छन् । आजको नागरिक दैनिकमा खबर छ – नेपाल विद्यार्थी संघका फर्जी प्रतिनिधी सच्चाएर विधिवत महाधिवेशन गर्न माग गर्दै छ दिनदेखि आमरण अनसनमा बसेका नेपाल विद्यार्थी संघका दुई नेताको स्वास्थ्य गम्भीर बनेपछि अनशनकारीकी पत्नीले पार्टी सभापति देउवाको ध्यानकर्षण गराएकी हुन्। गत शनिवारबाट नेपाली कांग्रेसको मुख्यालय सानेपामा अनसन बसेका नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रत्नहरि ढुंगेलको स्वास्थ्य बिगँदै्र गएको छ। सापकोटाकी पत्नी गौरी पौडेलले बिहीबार फेसबुकमा पार्टी सभापति शेरबहादुर देउवाको नाममा अपिल गर्दै पतिको जीवन रक्षाको माग गरेकी हुन्। ‘मेरो पति गणेश सापकोटा यसअघि पनि नौं दिनसम्म आमरण अनसनमा बस्नुभयो, माग पूरा गर्ने सहमतिपछि अनशन तोड्नु भयो। त्यसपछि उहाँको स्वास्थ्य निकै बिग्रिएको थियो,’ पौडेलले आफनो फेसबुक स्ट्याटसमा लेखेकी छन्, ‘अहिले पुनः पार्टीको आन्तरिक बिवादका कारण ६ दिनदेखि आमरण अनशनमा बस्नु भएको छ।’ थप लेखिएको छ, ‘प्रजातन्त्रिक पार्टिभित्र प्रजातन्त्रको खोजी गर्दागर्दै मितिहरुको बुवा...’ मैले यी नावालकहरुलाई कसरी सुनाउन सक्छु ?’ पत्नी सापकोटाको मन पार्टीमा समर्पित भएजस्तै उनको पनि मन पतिमै आश्रित रहेको भावना पोखेकी छिन्। पत्नी पौडेलले सभपति देउवासँग पतिको जीवन रक्षाको विक्षिप्त हृदयबाट अनुरोध गरेकी छन्। आफू अनसनमा बसेका विद्यार्थी नेता सापकोटाको पत्नी भएको नाताले स–साना बच्चा र सिउँदोलाई साक्षी राखेर उनले लेखेकी छन्, ‘तलमाथि नराम्रो केही भएमा तपाइँका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदानी हुने पक्का छ।’ दुवै जनाको स्वास्थ्य खतरामा रहने पनि पार्टी नेतृत्वले चासो नदिएको नेविसंघका विद्यार्थी नेता डिल्लिराम सुवेदीले बताए । ‘वहाँहरुलाई अस्पतालमै लगेर उपचार गर्न चिकित्सकले सुझाब दिएका छन्,’ सुवेदीले नागरिकसँग भने, ‘पार्टीले माग सम्बोधन नगर्दासम्म अनसन नतोड्ने बताएकाले दुवैको स्वास्थ्य जटिल बन्दै गएको हो।’ यता बिहीबारै नेता सुवेदिसहितका करिब ७ सय नेविसंघका प्रतिनिधिहरु सभापति देउवा, नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई भेटी सबै अवस्था स्पष्ट सुनाइसकेको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार सुवेदीले बताए। आफ्नै कार्यकर्ता छ दिनदेखि पार्टी कार्यालयमा आमरण अनसन बसिरहँदा पार्टी सभापति शेरबहादुर देउवा भने कसलाई मन्त्री मण्डलमा पठाउने भन्नेमा व्यस्त छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending