Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

किन हुँदैन नेपालमा उच्चस्तरीय भ्रमण ?

\"vip-584x330-750\" काठमाडौं, २१ साउन । नेपाल–बेलायत सम्बन्धको दुई सय वर्ष पूरा भएको छ । रुस र जापानसँग नेपालको सम्बन्ध स्थापित भएको ६० वर्ष पुग्दै छ । तर, यी मुलुकबाट नेपालमा र नेपालबाट ती देशमा अहिलेसम्म उच्चस्तरीय भ्रमण सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सरकारले तीनवटै मुलुकका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई भ्रमणका लागि ‘स्ट्यान्डिङ’ निमन्त्रणा पठाइसकेको छ, तर उनीहरू आउने अझै यकिन छैन । नेपालमा लामो समयदेखि अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको छैन । चर्चामा चीन र भारतको राष्ट्रपतिको नेपाल भ्रमण भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सुरु भएको छ । तर, ‘हाई प्रोफाइल’ दुवै भ्रमण निश्चित छैन । भारतका राष्ट्रपति प्रणव मुखर्जी र चीनका राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणबारे आ–आफ्नै ढंगले चर्चा गर्न थालिएको छ । सरकारले निमन्त्रणा गरे भारतीय राष्ट्रपति तत्कालै आउन पनि तयार रहेको सन्देश सरकारले पाएको छ । चीनका राष्ट्रपति आगामी अक्टोबरमा आउने चर्चा भए पनि यकिन छैन । राष्ट्रपति विद्या भण्डारी पनि भारत भ्रमणमा जाने सोचमा छिन् । यसअघि गत वैशाखमा तय भएको राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो । नेपाल–बेलायत २०० वर्ष नेपाल र बेलायतबीच यही वर्ष दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको छ । दौत्य सम्बन्धको दुई सय वर्ष मनाउने कसरत भइरहँदा दुवैतिरबाट उच्चस्तरीय भ्रमण सकेको छैन । बेलायतको राजपरिवारका सदस्य राजकुमार ह्यारीले यसै वर्ष नेपाल भ्रमण गरे । राजपरिवारका सदस्यले गरेको यो १८ वर्षपछिको पहिलो भ्रमण हो । दुवैतिर राष्ट्रप्रमुख वा सरकारप्रमुखको औपचारिक भ्रमण नै अनिश्चित छ । डेढ दशकदेखि बेलायतका राष्ट्रप्रमुख आएका छैनन् ह्यारीका हजुरबा बेलायतका राजकुमार फिलिप २९ कात्तिक ०५७ मा विश्व वन्यजन्तु कोषको कार्यक्रममा सहभागी चारदिने निजी भ्रमणमा आएका थिए । ह्यारीका बाबु राजकुमार चाल्र्स २४ माघ ०५४ मा औपचारिक भ्रमणमा आएका थिए । उनी २७ फागुनमा स्वदेश फर्किएका थिए । बेलायतकी राजकुमारी डायनाले १९–२३ फागुन ०४९ मा नेपाल भ्रमण गरेकी थिइन् । त्यसअघि बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले ०४३ मा नेपाल भ्रमण गरेकी थिइन् । उनी ०१८ मा पनि नेपाल आएकी थिइन् । ०४३ पछि बेलायतको राष्ट्रप्रमुखबाट नेपाल भ्रमण भएको छैन । बेलायतबाट सांसद र स्थल सेनाध्यक्षको भ्रमण बाक्लै भए पनि राजनीतिक भ्रमण सकेको छैन । बेलायतका प्रधानमन्त्री अहिलेसम्म आएकै छैनन् दौत्य सम्बन्धको दुई सय वर्षमा बेलायतका प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका छैनन् । नेपालले हरेक प्रधानमन्त्रीलाई भ्रमणको निम्ता दिएको छ, तर बेलायतका प्रधानमन्त्रीको प्राथमिकतामा नेपाल परेको छैन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा गत पुसमा बेलायत जाँदा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई प्रधानमन्त्री केपी ओलीका तर्फबाट भ्रमणको निम्ता दिएका थिए । नेपालका राजा को–को गए ? नेपालका तर्पmबाट पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलले १०–२१ भदौ ०६० मा बेलायतको निजी भ्रमण गरेका थिए । गणतन्त्र आइसकेपछि राष्ट्रप्रमुखको स्तरबाट भ्रमण भएको छैन । राजा वीरेन्द्र सन् १९८० मा राजकीय भ्रमणमा गएका थिए । उनी सन् १९९५ मा दोस्रो विश्वयुद्ध अन्त्यको पचासौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी बेलायत गएका थिए । उनीअघि राजा महेन्द्रले १९६० मा राजकीय भ्रमण गरेका थिए भने सन् १९०८ मा प्रधानमन्त्री चन्द्रशमशेर र उनीअघि जंगबहादुरले राजकीय भ्रमण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending