Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सजिलो छैन प्रचण्डलाई प्रधानमन्त्री, यी हुन पाँच चुनौती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुने तरखरमा छन् । संविधानसभाको पहिलो निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी भएपछि तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका थिए । दश वर्षको सशस्त्र युद्ध गरी आएको पार्टीका नेता प्रधानमन्त्री भएपछि मुलुकले काँचुली फेर्ने धेरेको विश्वास थियो । पहिलो पटक माओवादीको सरकार, त्यसमा पनि दश वर्ष युद्ध हाँकेका कमाण्डर प्रधानमन्त्री भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने आशा गर्नु पनि स्वभाविक थियो । \"prachanda_shirsha\"पहिलो संविधानसभाको चुनावबाट जनताले ठूलो पार्टी बनाएपनि बहुमत आउन नसकेका कारण प्रचण्ड नेतृत्वको सरकार धेरै समय टिक्न सकेन । २०६२/६३ को जनआन्दोलपछि परिवर्तित नेपाली सेनाका तत्कालिन प्रधानसेनापति रुक्मागत कटवालकै कारण प्रचण्डले प्रधानमन्त्री पदबाट हात धुनुपर्यो । त्यसपछि भने प्रचण्डले प्रधानमन्त्री हुन पाएका छैनन् । माओवादीले दोस्रो पटक सरकारको नेतृत्व गर्ने मौका त पायो । तर बाबुराम भट्टराई प्रधानमन्त्री भए । जब भट्टराई प्रधानमन्त्री भए माओवादी पार्टी भित्रै असन्तुष्टीहरु चुलिँदै गए । भट्टराई भारतसँग द्विपक्षीय ब्यापार सम्झौता (बिप्पा) गरेपछि माओवादीकै मोहन वैद्यसमूह आफ्नै सरकारविरुद्ध सडकमा उत्रियो । असन्तुष्टीहरु चुलिँदै जाँदा पार्टी विभाजित भयो । एकबाट दुई दुईबाट चार हुँदै माओवादी टुक्रैटुक्रामा परिणत भयो । पहिलो संविधानसभा पनि बाबुराम प्रधानमन्त्री भएको समयमा विघटन भयो । त्यसको दोष पनि माओवादीकै काँधमा आइपुग्यो । विभाजित माओवादीहरु एक आपसमै कटुता भएपछि फेरि पनि संविधानसभाको निर्वाचन गर्ने भन्नेमा माओवादीहरु नै एक हुन सकेनन् । वैद्य, विप्लव, बादल लगायतको एउटा पंक्ति दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार मात्रै गरेर सशक्त प्रतिरोधमा समेत उत्रियो । दुई महिनाअघि मात्रै फुटेका ती केही समूहबीच पार्टी एकता भयो । तर सबै माओवादीहरु एक हुन सकेनन् । विभिन्न पार्टी तथा समूहहरुको एकतापछि नेकपा (माओवादी केन्द्र) नामको पार्टी बनाइएको छ । त्यही माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री हुन कस्सिएका छन् । संविधान कार्यान्वयनको चुनौती दोस्रो संविधानसभाबाट गत असोज ३ गते संविधान जारी त गरियो । तर त्यसमा वैद्य, विप्लवहरु मात्र होइन, मधेसवादी दलहरुले समेत अस्वीकार गरे । संविधान जारी हुनुअघिदेखि नै आन्दोलित मधेसवादी दलहरु अझै पनि आन्दोलनमै छन् । मधेसवादी तथा आदिवासी जनजाति समुदाय संविधान नै पुनर्लेखन गर्नुपर्नेमा माग गरिरहेका छन् ।
भ्रष्टाचार, कमिशनतन्त्र, कालोबजारीले देश आक्रान्त छ । भ्रष्टाचारको अनुगमन गर्ने मुख्य निकाय अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नै भ्रष्ट भएको भन्दै सडकमा नाराहरु लागिरहेका छन् । कार्कीलाई महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेको छ । अनियन्त्रित भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सजिलो छैन ।
असन्तुष्ट पक्षको माग सम्बोधन गर्न भन्दै संविधान जारी भएको चार महिनामै पहिलो पटक संविधान संशोधन गरिए पनि आन्दोलरत पक्षहरु सहमत भएनन् । संविधानअनुसार २०७४ माघ ७ गते भित्र स्थानीयदेखि प्रादेशिक हुँदै संघीय निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ । तर बेनामे प्रादेशिक संरचनामा असन्तुष्टी उत्तिकै छ । संविधान जारी गर्दा एक भएका प्रमुख तीन दल कांग्रेस, एमाले, माओवादीबीच नै एक मत हुन सकेको छैन । यसअघि संसदको सबैभन्दा ठूलो दल कांग्रेस बाहिर बसेर केपी ओली नेतृत्वको सरकार बन्यो भने अब फेरि दोस्रो ठूलो दल एमाले बाहिर बसेर प्रचण्ड नेतृत्वमा सरकार बन्दैछ । तर संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन भन्ने कुरा स्वयं तीनै ठूला दलहरुका नेताहरुलाई पनि थाहा छ । तर मिलाप हुने सम्भावना सून्य छ । प्रमुख तीनै ठूला दलहरु एकआपसमा सुँगुरी खेलिरहेका छन् । शान्ति प्रक्रियालाई टुंग्याउने समस्या ओली नेतृत्वको सरकारसँग सहयात्री दल माओवादीले द्वन्द्वकालीन घटनाहरुको तत्कालै निरुपण गर्ने सहमति गरेको थियो । तर आफूसहितको ओली सरकारले द्वन्द्वकालीन मुद्दा बल्झाउने काम गरेको भन्दै माओवादी केन्द्र सरकारबाट बाहिरियो । लामो समयसम्म पनि द्वन्द्वकालीन मुद्दा निरुपण नगरिएका कारण दर्जनौं मुद्दाहरु अदालत पुगेका छन् । केही मुद्दाहरुको अदालतबाटै फैसला भइ केही नेताहरुलाई जेल सजायँ समेत सुनाइसकिएको छ । अदालतमा पुगेका मुद्दाहरु खारेज गर्नुपर्ने माओवादी पक्षहरुले भन्दै आए पनि सहयात्री दलहरुले नै त्यसमा आनाकानी गर्दै आएका छन् । त्यसैले माओवादी एक्लैले यो विषय हल गर्न सक्ने अवस्था नै छैन । सरकारमा रहेका र नरहेका दलहरुले सहमति जनाउनुपर्ने आवश्यकता छ । एमाले मात्रैले अवरोध गर्यो भने पनि द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्न समस्या छ । मधेसवादीहरु अर्को समस्या संसदमै नरहेका दलहरुको विरोधको त सामना गर्न सकिएला तर संसदमा प्रतिनिधित्व गर्ने मधेसवादी दलहरुलाई पाखा लगाएर प्रचण्ड नेतृत्वको सरकार पनि अघि बढ्न सक्दैन । मधेसी, जनजाति तथा असन्तुष्ट पक्षको मागप्रति वेवास्ता गरेको ओलीलाई आरोप लगाएका प्रचण्डलाई ओलीले भोलि पुनः त्यही आरोप लगाउने निश्चित छ । त्यसैले सबै असन्तुष्ट पक्षलाई मनाउन प्रचण्ड नेतृत्वको अबको सरकारलाई पनि सजिलो छैन । मधेसी मोर्चासहितको संघीय गठबन्धनले उठाएको संविधान पुनर्लेखनको माग पूरा गर्ने सम्भावना नै देखिदैन । आफूहरुको माग पूरा नगरे आन्दोलन फेरि गर्ने मधेसी दलहरुले भनिरहेका छन् । मधेसी दलहरुलाई मनाउन त्यति सजिलो पनि छैन । मधेसवादीहरुको माग पूरा गरिदिँदा प्रचण्ड पनि भारत परस्त भएको आरोप लाग्ने डर पनि उत्तिकै छ । पुनःनिर्माण सम्पन्न गर्ने अभिभारा अबको सरकारलाई गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पका पीडित बनेकाहरुको ब्यवस्थापन तथा ध्वस्त संरचनाहरुको पुनर्निर्माणको समस्या पनि जटिल छ । डेढ वर्षभन्दा बढी समयदेखि भूकम्पपीडितहरु पालमुनी बस्दै आएका छन् । यसअघिका सरकारले पुनर्निर्माणको काम गर्न नसकेको भनी आलोचना भइरहेका छन् । अनियन्त्रित भ्रष्टाचार र कालोबजारी भ्रष्टाचार, कमिशनतन्त्र, कालोबजारीले देश आक्रान्त छ । भ्रष्टाचारको अनुगमन गर्ने मुख्य निकाय अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नै भ्रष्ट भएको भन्दै सडकमा नाराहरु लागिरहेका छन् । कार्कीलाई महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेको छ । अनियन्त्रित भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सजिलो छैन । प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिए लगत्तै नेपाली सेनाका प्रमुखले नै नेपालको राजनीतिकलाई आफूहरुले सुक्ष्म अवलोकन गरिरहेको बताएका थिए । विगतमा नेपाली सेनाबाट नै पाएको धोका प्रचण्डलाई फेरि पनि नहोला भन्न सकिदैन । त्यति मात्र होइन, सरकारलाई अन्तर्राष्ट्रिय सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । नेपालको भारत निर्भर अर्थतन्त्रका कारण भारतसँगको सम्बन्ध कस्तो हुन्छ, त्यसैको आधारमा भारतको सहयोग प्रचण्डलाई हुन्छ । अन्यथा फेरि पनि प्रचण्डलाई असफल पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय समूह जोडतोडले लाग्नेछन् । आफनो कार्यकालमा काम गर्नै नसकिए पनि ओलीले जस्तो खोक्रो राष्ट्रवादलाई समेत बचाउन प्रचण्डलाई मुश्किल हुनेछ । दोस्रो पटक प्रधानमन्त्री भएकोमा सिंहदरबारमा फोटो झुण्ड्याउन त सजिलो छ तर जनताले जयजयकार गर्ने गरी काम गर्न भने चुनौती छ । प्रचण्डले ती चुनौतीका पहाड उक्लिन सक्छन् कि प्रधानमन्त्रीको रसरंगमा नौ महिनाअघि नै विदा हुनेछन्, त्यो भने अहिले नै भन्न सकिदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending