Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सजिलो छैन प्रचण्डलाई प्रधानमन्त्री, यी हुन पाँच चुनौती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुने तरखरमा छन् । संविधानसभाको पहिलो निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी भएपछि तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका थिए । दश वर्षको सशस्त्र युद्ध गरी आएको पार्टीका नेता प्रधानमन्त्री भएपछि मुलुकले काँचुली फेर्ने धेरेको विश्वास थियो । पहिलो पटक माओवादीको सरकार, त्यसमा पनि दश वर्ष युद्ध हाँकेका कमाण्डर प्रधानमन्त्री भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने आशा गर्नु पनि स्वभाविक थियो । \"prachanda_shirsha\"पहिलो संविधानसभाको चुनावबाट जनताले ठूलो पार्टी बनाएपनि बहुमत आउन नसकेका कारण प्रचण्ड नेतृत्वको सरकार धेरै समय टिक्न सकेन । २०६२/६३ को जनआन्दोलपछि परिवर्तित नेपाली सेनाका तत्कालिन प्रधानसेनापति रुक्मागत कटवालकै कारण प्रचण्डले प्रधानमन्त्री पदबाट हात धुनुपर्यो । त्यसपछि भने प्रचण्डले प्रधानमन्त्री हुन पाएका छैनन् । माओवादीले दोस्रो पटक सरकारको नेतृत्व गर्ने मौका त पायो । तर बाबुराम भट्टराई प्रधानमन्त्री भए । जब भट्टराई प्रधानमन्त्री भए माओवादी पार्टी भित्रै असन्तुष्टीहरु चुलिँदै गए । भट्टराई भारतसँग द्विपक्षीय ब्यापार सम्झौता (बिप्पा) गरेपछि माओवादीकै मोहन वैद्यसमूह आफ्नै सरकारविरुद्ध सडकमा उत्रियो । असन्तुष्टीहरु चुलिँदै जाँदा पार्टी विभाजित भयो । एकबाट दुई दुईबाट चार हुँदै माओवादी टुक्रैटुक्रामा परिणत भयो । पहिलो संविधानसभा पनि बाबुराम प्रधानमन्त्री भएको समयमा विघटन भयो । त्यसको दोष पनि माओवादीकै काँधमा आइपुग्यो । विभाजित माओवादीहरु एक आपसमै कटुता भएपछि फेरि पनि संविधानसभाको निर्वाचन गर्ने भन्नेमा माओवादीहरु नै एक हुन सकेनन् । वैद्य, विप्लव, बादल लगायतको एउटा पंक्ति दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार मात्रै गरेर सशक्त प्रतिरोधमा समेत उत्रियो । दुई महिनाअघि मात्रै फुटेका ती केही समूहबीच पार्टी एकता भयो । तर सबै माओवादीहरु एक हुन सकेनन् । विभिन्न पार्टी तथा समूहहरुको एकतापछि नेकपा (माओवादी केन्द्र) नामको पार्टी बनाइएको छ । त्यही माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री हुन कस्सिएका छन् । संविधान कार्यान्वयनको चुनौती दोस्रो संविधानसभाबाट गत असोज ३ गते संविधान जारी त गरियो । तर त्यसमा वैद्य, विप्लवहरु मात्र होइन, मधेसवादी दलहरुले समेत अस्वीकार गरे । संविधान जारी हुनुअघिदेखि नै आन्दोलित मधेसवादी दलहरु अझै पनि आन्दोलनमै छन् । मधेसवादी तथा आदिवासी जनजाति समुदाय संविधान नै पुनर्लेखन गर्नुपर्नेमा माग गरिरहेका छन् ।
भ्रष्टाचार, कमिशनतन्त्र, कालोबजारीले देश आक्रान्त छ । भ्रष्टाचारको अनुगमन गर्ने मुख्य निकाय अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नै भ्रष्ट भएको भन्दै सडकमा नाराहरु लागिरहेका छन् । कार्कीलाई महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेको छ । अनियन्त्रित भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सजिलो छैन ।
असन्तुष्ट पक्षको माग सम्बोधन गर्न भन्दै संविधान जारी भएको चार महिनामै पहिलो पटक संविधान संशोधन गरिए पनि आन्दोलरत पक्षहरु सहमत भएनन् । संविधानअनुसार २०७४ माघ ७ गते भित्र स्थानीयदेखि प्रादेशिक हुँदै संघीय निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ । तर बेनामे प्रादेशिक संरचनामा असन्तुष्टी उत्तिकै छ । संविधान जारी गर्दा एक भएका प्रमुख तीन दल कांग्रेस, एमाले, माओवादीबीच नै एक मत हुन सकेको छैन । यसअघि संसदको सबैभन्दा ठूलो दल कांग्रेस बाहिर बसेर केपी ओली नेतृत्वको सरकार बन्यो भने अब फेरि दोस्रो ठूलो दल एमाले बाहिर बसेर प्रचण्ड नेतृत्वमा सरकार बन्दैछ । तर संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन भन्ने कुरा स्वयं तीनै ठूला दलहरुका नेताहरुलाई पनि थाहा छ । तर मिलाप हुने सम्भावना सून्य छ । प्रमुख तीनै ठूला दलहरु एकआपसमा सुँगुरी खेलिरहेका छन् । शान्ति प्रक्रियालाई टुंग्याउने समस्या ओली नेतृत्वको सरकारसँग सहयात्री दल माओवादीले द्वन्द्वकालीन घटनाहरुको तत्कालै निरुपण गर्ने सहमति गरेको थियो । तर आफूसहितको ओली सरकारले द्वन्द्वकालीन मुद्दा बल्झाउने काम गरेको भन्दै माओवादी केन्द्र सरकारबाट बाहिरियो । लामो समयसम्म पनि द्वन्द्वकालीन मुद्दा निरुपण नगरिएका कारण दर्जनौं मुद्दाहरु अदालत पुगेका छन् । केही मुद्दाहरुको अदालतबाटै फैसला भइ केही नेताहरुलाई जेल सजायँ समेत सुनाइसकिएको छ । अदालतमा पुगेका मुद्दाहरु खारेज गर्नुपर्ने माओवादी पक्षहरुले भन्दै आए पनि सहयात्री दलहरुले नै त्यसमा आनाकानी गर्दै आएका छन् । त्यसैले माओवादी एक्लैले यो विषय हल गर्न सक्ने अवस्था नै छैन । सरकारमा रहेका र नरहेका दलहरुले सहमति जनाउनुपर्ने आवश्यकता छ । एमाले मात्रैले अवरोध गर्यो भने पनि द्वन्द्वकालीन घटनाहरुको निरुपण गर्न समस्या छ । मधेसवादीहरु अर्को समस्या संसदमै नरहेका दलहरुको विरोधको त सामना गर्न सकिएला तर संसदमा प्रतिनिधित्व गर्ने मधेसवादी दलहरुलाई पाखा लगाएर प्रचण्ड नेतृत्वको सरकार पनि अघि बढ्न सक्दैन । मधेसी, जनजाति तथा असन्तुष्ट पक्षको मागप्रति वेवास्ता गरेको ओलीलाई आरोप लगाएका प्रचण्डलाई ओलीले भोलि पुनः त्यही आरोप लगाउने निश्चित छ । त्यसैले सबै असन्तुष्ट पक्षलाई मनाउन प्रचण्ड नेतृत्वको अबको सरकारलाई पनि सजिलो छैन । मधेसी मोर्चासहितको संघीय गठबन्धनले उठाएको संविधान पुनर्लेखनको माग पूरा गर्ने सम्भावना नै देखिदैन । आफूहरुको माग पूरा नगरे आन्दोलन फेरि गर्ने मधेसी दलहरुले भनिरहेका छन् । मधेसी दलहरुलाई मनाउन त्यति सजिलो पनि छैन । मधेसवादीहरुको माग पूरा गरिदिँदा प्रचण्ड पनि भारत परस्त भएको आरोप लाग्ने डर पनि उत्तिकै छ । पुनःनिर्माण सम्पन्न गर्ने अभिभारा अबको सरकारलाई गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पका पीडित बनेकाहरुको ब्यवस्थापन तथा ध्वस्त संरचनाहरुको पुनर्निर्माणको समस्या पनि जटिल छ । डेढ वर्षभन्दा बढी समयदेखि भूकम्पपीडितहरु पालमुनी बस्दै आएका छन् । यसअघिका सरकारले पुनर्निर्माणको काम गर्न नसकेको भनी आलोचना भइरहेका छन् । अनियन्त्रित भ्रष्टाचार र कालोबजारी भ्रष्टाचार, कमिशनतन्त्र, कालोबजारीले देश आक्रान्त छ । भ्रष्टाचारको अनुगमन गर्ने मुख्य निकाय अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नै भ्रष्ट भएको भन्दै सडकमा नाराहरु लागिरहेका छन् । कार्कीलाई महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेको छ । अनियन्त्रित भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सजिलो छैन । प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिए लगत्तै नेपाली सेनाका प्रमुखले नै नेपालको राजनीतिकलाई आफूहरुले सुक्ष्म अवलोकन गरिरहेको बताएका थिए । विगतमा नेपाली सेनाबाट नै पाएको धोका प्रचण्डलाई फेरि पनि नहोला भन्न सकिदैन । त्यति मात्र होइन, सरकारलाई अन्तर्राष्ट्रिय सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । नेपालको भारत निर्भर अर्थतन्त्रका कारण भारतसँगको सम्बन्ध कस्तो हुन्छ, त्यसैको आधारमा भारतको सहयोग प्रचण्डलाई हुन्छ । अन्यथा फेरि पनि प्रचण्डलाई असफल पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय समूह जोडतोडले लाग्नेछन् । आफनो कार्यकालमा काम गर्नै नसकिए पनि ओलीले जस्तो खोक्रो राष्ट्रवादलाई समेत बचाउन प्रचण्डलाई मुश्किल हुनेछ । दोस्रो पटक प्रधानमन्त्री भएकोमा सिंहदरबारमा फोटो झुण्ड्याउन त सजिलो छ तर जनताले जयजयकार गर्ने गरी काम गर्न भने चुनौती छ । प्रचण्डले ती चुनौतीका पहाड उक्लिन सक्छन् कि प्रधानमन्त्रीको रसरंगमा नौ महिनाअघि नै विदा हुनेछन्, त्यो भने अहिले नै भन्न सकिदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending