Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

ओली सरकारका विरुद्ध प्रचण्डका एक दर्जन तर्क

\"prachanda3-600x330\"१. राजनीति सम्भावनाको खेल नौ महिना केही दिनपहिले यसै रोस्टमबाट तत्कालीन माननीय सदस्य केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव राखेको थिएँ । त्यतिवेला भनेको थिएँ– राजनीतिक सम्भावनाहरूको खेल हो । अहिले फेरि भन्दै छु– राजनीति सम्भावनाको खेल हो । असम्भव भन्ने राजनीतिमा हुँदैन भन्दै अविश्वास प्रस्ताव टेबुल गर्दै छु । २.आफैँलाई किन ढाट्ने ? संविधानको धारा २९८ को उपधारा १ बाहेक अरू अन्तरिम संविधानको फोटोकपीजस्तै हो । हामीले त्यसअन्तर्गत कतिपटक सरकार बनायौँ रु प्रधानमन्त्री हट्ने कुरा पनि अन्तरिम संविधानमै छ । चुन्ने व्यवस्था पनि त्यहीँ छ । अहिलेको संविधानले नयाँ सरकार बनाउन सक्ने व्यवस्था छैन भन्नु कसलाई झुक्याउन खोजेको हो ?  आफैँलाई हो कि अरूलाई र ?  ३.भद्र सहमति पार्टीहरूले प्रयोग नगर्दा नै हुने भयो जेन्टलमेन्ट एग्रिमेन्ट ९भद्र सहमति० भन्ने विषय अहिले दलहरूबीच अविश्वासको कारण बन्न पुगको छ । भद्र सहमति भन्ने कुरा नेपालका राजनीतिक पार्टीहरूले प्रयोग नगर्दा नै राम्रो हुन्छ । त्यसले दलहरूको सम्बन्धमा खटपट भएको छ । अप्ठ्यारो स्थिति पैदा भएको छ । ४.सप्र्राइज्डमा झलनाथ प्रधानमन्त्री निर्वाचनमा पराजित माधव नेपालाई मैले नै संसद्मा चाहिन्छ भनेर चिठी लेखेर ल्याएको हो । पछि त उहाँ प्रधानमन्त्री हुनुभयो । पछि झलनाथ खनाल सप्र्राइज्ड तरिकाले प्रधानमन्त्री हुनुभयो । छापामार शैलीमा उहाँलाई प्रधानमन्त्री बनाइयो । तर, खोलो तरेर लौरो नभुलौँ । जे हो दिन कञ्जुस्याइँ नगरौँ । एमालेको तीनजना प्रधानमन्त्री हुनुभयो । अर्को पनि लाइनमा हुनुहुन्छ । ५.भूकम्पपछि धर्ती टेकियो गिरिजाप्रसाद कोइरालाको आवश्यकतालाई अवमूल्यन गर्यौँ कि । हिजो हामी ठूलो पार्टी भएर सबै खान खोज्दा हाम्रो हातमा केही रहेन । अहिले झन्डै कांग्रेसको त्यस्तै छ । अब बिस्तारै एमालेको पालो । अब यसको समीक्षा गर्ने कि नगर्ने रु हामीले धर्ती छाड्दा र टेक्दा के हुँदोरहेछ थाहा हुनुपर्छ । भूकम्पपछि हामीले धर्ती टेकेका थियौँ । नया“ सरकारपछि फेरि उही चिज भएको छ । ६.धकेलेर बाध्यतामा पुर्‍याइयो एक दिन उहाँ (केपी ओली) ले भन्नुभयो– ‘मन्त्रीहरूले टेर्न छाडे, म त निरीह भएँ ।’ मैले भनेँ– ‘निरीह त म भएँ । तपाईंले हाम्रा मन्त्रालयमा पनि हस्तक्षेप गरेर नियुक्ति गर्ने काम भयो । निरीह त हामी पो भयौँ ।’ यो गठबन्धन तोडिहाल्ने इच्छा मेरो थिएन । एमालेका नेताहरूको सिंगो टिम बसेर जे समझदारी भएको थियो । त्यसमा उहाँले सहज बाटो दिनुपथ्र्यो । प्रधानमन्त्रीकै शब्दमा इन्भ्यालिड गरेर जाने काम भयो । मलाई मात्रै गोप्य भनेर पनि भन्नुभएको होइन, उहाँले एउटा कुरा भन्नुभयो, ‘या त तपाईं एक्सन लिनुस् या म लिन्छु । तैँले लिन्नस् भने मैले लिन्छु ।’ यो अविश्वास प्रस्ताव दर्ता गर्ने कि मन्त्रीलाई कारबाही गर्ने भन्नेसम्मका कुरा भए । हामीलाई धकेलेर बाध्यतामा पु¥याइयो, यहाँ ठूलो राजनीतिक द्वन्द्वको अवस्था नआओस् । फेरि पनि संवाद र सहकार्यमा जान सकौँ । ७.भाषण चल्दोरहेनछ नौबुँदे सहमति र तीनबुँदे समझदारीप्रति उहाँ (केपी ओली) को सार्वजनिक टिप्पणीप्रति झनै शंका भयो । अब यही रूपमा लिन सकिन्न । प्रधानमन्त्रीले यो भनेको विषय प्रतीकात्मकजस्तो भयो । नौ महिनापछि थाहा भयो । भाषणले देश चल्दोरहेनछ । पानीजहाज, ग्यासका कुरा भन्न सजिलो, गर्न समस्या भएपछि उहाँले सरकार पनि गइदिए हुन्थ्योजस्तो लागेको हुनुपर्छ । ओलीजी नेतृत्वको सरकारसँग माओवादी केन्द्रको भद्र सहमति भयो । त्यसले साह्रै नमीठो वातावरण तयार पार्यो । सहमतिको अपेक्षा पूरा हुन सकेन । ८.राजतन्त्रसँग लगनगाँठो प्रधानमन्त्रीलाई गणतन्त्रप्रति पनि रुचि देखिँदैन । राजतन्त्र भन्नेहरूसँग उहाँको लगनगाँठो कसिएको छ । आजको युगमा हामीले आन्तरिक एकता सुदृढ नगरी राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न सकिँदैन । सरकारको नेतृत्वमा अन्तर महसुस गर्दै गएँ । एकताभन्दा पनि इरिटेसनमा लैजाने काम भयो । खतरा देखाप(यो । यो संवेदनशील छ । परिवर्तनका एजेन्डा संघीयता, गणतन्त्रको बीचमा पनि सरकारको नेतृत्व र हाम्रोबीचमा अन्तर देखा परे । प्रधानमन्त्रीले एउटा कुरा खुलमखुला भन्नुभएको छ । मलाई संघीयता मनपरेको छैन । यो बाध्य भएर गरिएको हो । प्रधानमन्त्रीमा दम्भ देखियो प्रधानमन्त्रीले म आफैँ पूर्ण छुजस्तो गर्नुभयो । संयुक्त सरकार हो, केही प्रतिबद्धतासहितको सरकार हो भन्दा पनि एकल सरकार हो भन्ने उहाँमा महसुस भयो । उहाँको कार्यशैलीमा अहंकार र दम्भ देखियो । सरकारभित्रका पार्टीहरूको समस्यालाई सामूहिक ढंगले समाधान गर्नेभन्दा उपयोग गर्नेतिर उहाँ चल्नुभयो । त्यो एकताको निम्ति बाधक हुने त होइन भन्ने भयो । ९.राष्ट्रियतामाथि प्रश्न उठाउनु विडम्बना अविश्वास प्रस्ताव दर्ता गर्नासाथ दल र नेताविशेषमाथिको राष्ट्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने कोसिस गरिएको छ । कोही पनि राजनीतिक दलप्रति राष्ट्रियताप्रति प्रश्न उठाउनु विडम्बना हुन्छ । थोरै अन्तर आउनासाथ कसैको राजनीतिक निष्ठा र आस्थामाथि अनर्गल प्रचारबाजी गर्ने काम हुन्छ । यो राजनीतिक प्रक्रियामा एउटा नयाँ राष्ट्रिय एकताको संकल्प गरेका छौँ । अग्निपरीक्षा पास गरेर यहाँ आएका हौँ । कसैलाई अपमानित गर्ने मेरो कुनै मनसाय छैन । देश अहिले पनि अप्ठेरोमा छ । अहिले पनि हामीले गर्ने कुरा धेरै छन् । त्यसको लागि राष्ट्रिय एकता गर्नुपर्ने हुन्छ । १०.अन्तर बढ्यो यसबीचमा केपी ओली र हाम्राबीचमा अन्तर थिए नै । घट्छ कि बढ्छ भन्ने थियो । तर, यो नौ महिनामा काम गर्ने सोच र तरिकामा पनि अन्तर रहेछन् भन्ने अनुभव गरेँ । ११.प्रधानमन्त्रीले सहमति बिर्सिए हामीले एउटा अप्ठेरो अवस्थामा समीकरण बनाएका थियौँ । संविधान निर्माणको प्रक्रिया होस् या पुनर्निर्माण, नाकाबन्दीको सामना या मधेसको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भए । तर, छलफल अघि बढ्दै जाँदा अन्तर अलि बढी नै रहेछ । प्रधानमन्त्री ओलीजीसँग भएका सहमति उहाँले बिर्सँदै जानुभयो वा माओवादीलाई भ¥याङ बनाएर कमजोर बनाउने रणनीति भन्ने हामीले बुझ्यौँ । १२.शान्तिप्रक्रिया महत्वपूर्ण माओवादी केन्द्रको निम्ति शान्तिप्रक्रिया निष्कर्षमा पु(याउनु र गणतन्त्रको मान्यतालाई जनताको जीवनमा स्थापित गर्ने चुनौती अझै बढी छ भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै आएकै हो । यो कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ । प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत कटुता छैन । हाम्रा व्यक्तिगत कुरा केही भएनन् । देश र जनताप्रति कसरी जाने भनेर छलफल गयौँ । हिजो पनि सत्तारुढ दलका नेताहरूसँग पटक–पटक भन्ने गरेको थिएँ– नेपालको अहिलेको राजनीतिक प्रक्रियामा माओवादी केन्द्र भिन्न प्रक्रियाबाट आएको हो । यसका केही विशिष्ट आवश्यकता र चिन्ता छन् । सबैभन्दा ठूलो चिन्ता शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउनु हो । अाजकाे नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending