Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

खबरडबली संवाददाता

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रतिशतले घटेको छ । यही सङ्कटका बीच पोल्ट्री व्यवसायीले १३औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका छन् ।

नेपालमा आधुनिक कुखुरापालन सुरु भएको पुस १७ गतेलाई विगत १२ वर्षदेखि राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइँदै आएको छ । विसं २०१७ साल पुस १७ गते बाराको पर्वानीपुरमा तत्कालीन सरकारको पहलमा सेन्ट्रल ह्याचरीको औपचारिक उद्घाटनसँगै आधुनिक पोल्ट्री व्यवसायको थालनी भएको हो ।

विश्वव्यापी कोभिड–१९ महामारीपछि निरन्तर ओरालो लागेको पोल्ट्री व्यवसायबाट हालसम्म सयौँ व्यवसायी पलायन भइसकेका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेका अनुसार पहिले हप्तामा ४५ देखि ५० लाखसम्म उत्पादन हुने ब्रोइलर चल्ला अहिले घटेर करिब ३० लाखमा सीमित भएको छ । यस्तै, सातामा दुई लाखभन्दा बढी उत्पादन हुने लेयर्स चल्लाको सङ्ख्या घटेर एक लाखदेखि एक लाख २० हजारमा झरेको छ ।

देशभर करिब तीन सय रहेका ह्याचरीमध्ये दुई सयभन्दा बढी बन्द भइसकेका छन् । अन्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुनै समय दैनिक ६० लाख गोटासम्म उत्पादन हुने अन्डा हाल मुस्किलले ३७ लाख गोटामा सीमित भएको छ । उपभोक्ताले बजारमा अन्डाको मूल्य बढेको अनुभव गरिरहेका बेला कृषकले भने आफ्नो लागतसमेत उठाउन नसकिरहेको अवस्था रहेको उनले बताए । 

दानाको कच्चा पदार्थमा आत्मनिर्भर बन्ने दिशामा देश अघि बढिरहेको दाबी दाना उद्योग सङ्घका अध्यक्ष उमेशचन्द्र सापकोटाले गरे । उनका अनुसार आगामी तीन वर्षभित्र भटमासबाहेक दानाका अधिकांश कच्चा पदार्थमा नेपाल आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ । करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको अनुमान गरिएको पोल्ट्री व्यवसायबाट वार्षिक एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको उत्पादन हुँदै आएको छ भने करिब ४५ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । पछिल्ला केही वर्षयता कच्चा पदार्थको आयात करिब ४५ प्रतिशतले घटेको उनको भनाइ छ ।

नेपाल पोल्ट्री व्यवसायी मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले कुखुरापालन क्षेत्रले हाल ठूलो आर्थिक क्षति बेहोरिरहेको बताए । “बाहिरबाट हेर्दा जस्तो देखिन्छ, वास्तविक अवस्था त्योभन्दा धेरै भयावह छ,” उनले भने । 

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार आत्मनिर्भर मानिएको यस व्यवसायमा सयौँ रोजगारी गुमिसकेका छन् । देशको कुल गार्हस्थ उत्पादनमा करिब २.९ प्रतिशत योगदान रहेको यो क्षेत्रप्रति राज्य उदासीन रहेको उनको आरोप छ । कच्चा पदार्थ आयातमा कर छुट, अवैध चल्ला, मासु र अन्डाको आयात नियन्त्रणमा कडाइ गर्नुपर्ने उनले औँल्याए । 

साथै, अति संवेदनशील भ्याक्सिनको सहज आयात व्यवस्था गर्न सरकारसँग माग गर्दै उनले सरकारबाट आयात अनुमति नदिँदा व्यवसायी लुकिछिपी भित्र्याइएका भ्याक्सिन प्रयोग गर्न बाध्य भएको बताए । “यो विषय सरकारलाई पनि थाहा छ, तर वर्षौंदेखि आयात प्रतिबन्ध हटाउन चासो देखाइएको छैन,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE