Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

अब केन्द्र र संघमा कतिवटा मन्त्रालय रहने ?

\"Artha काठमाडौं, ७ साउन । सरकारले ०७४ जेठ मसान्तसम्म संघीयताका लागि आवश्यक पर्ने सबै संरचना निर्माणको गृहकार्य थालेको छ । यसका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संघीयता हेर्ने महाशाखा प्रमुख चन्द्रकुमार घिमिरेको संयोजकत्वमा ३४ जना सहसचिव रहेको उच्चस्तरीय संघीयता कार्यान्वयन तयारी समिति गठन गरेर काम थालेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ – प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना निर्देशक समिति र मुख्यसचिवको अध्यक्षतामा रहेको समन्वय समितिको म्यान्डेटअनुसार काम अगाडि बढाइएको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गत १९ असारमा बसेको निर्देशक समितिको बैठकले काम अगाडि बढाउन निर्देशन दिएको थियो । तयारी समितिका संयोजक घिमिरेले संघीयताका लागि आवश्यक पर्ने भावी संरचना निर्माण तथा संघीय प्रशासन, प्रदेश प्रशासन र स्थानीय प्रशासनको संरचनाको खाका तयार गर्ने गृहकार्य सुरु गरिएको जानकारी दिए । मन्त्रिपरिषद् कार्यालयका अनुसार सो समितिले छिमेकी मित्रराष्ट्र भारतको मोडालिटीसँग मेल खाने गरी संघीयताको संरचनासम्बन्धी खाका बनाउने गृहकार्य थालेको छ । समितिको पहिलो बैठक शुक्रबार बोलाइएको छ । मन्त्रालयको संख्या आधा घटाइने केन्द्रमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ वटा मन्त्रालय छन् । समितिले संघीय सरकारमा रहने मन्त्रालयहरूबारे समेत निक्र्योल गर्ने जिम्मेवारी पाएको छ । १९ असारमा प्रधानमन्त्रीको अध्यक्षमा बसेको निर्देशक समितिको बैठकमा समेत मन्त्रालय घटाउने विषयमा छलफल भएको थियो । नयाँ संविधानले मन्त्रीको संख्या २५ भन्दा बढी बनाउन नपाउने व्यवस्था गरेकाले २५ भन्दा बढी मन्त्रालय नरहने निश्चित भएको छ । ‘तर, संघमा अहिलेको तुलनामा आधा मन्त्रालय घट्ने निश्चितजस्तै छ,’ संयोजक रहेका सचिव घिमिरेले भने । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको संयोजकत्वमा रहेको प्रशासन सुधार सुझाब समितिले गत वर्ष सरकारलाई प्रतिवेदन बुझाउँदै संघमा १२ वटा मात्रै मन्त्रालय बनाउन सुझाब दिएको थियो । सचिव घिमिरेले संघमा बढीमा १५ देखि १८ वटासम्म मन्त्रालय रहन सक्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending