Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

ओलीलाई सत्ताच्यूत गर्ने यस्तो छ विपक्षीको नयाँ रणनीति

\"oli\" काठमाडौं, ६ साउन । कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्तावलाई नै संसदको पहिलो कार्यसूचीमा राख्नुपर्ने टुंगोमा पुगेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको दुई दलको छलफल यस्तो निर्णयमा पुगेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ – छलफलमा सहभागि कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले विश्वकै संसदीय अभ्यासमा अविश्वास प्रस्ताव दर्ता भइसकेपछि त्यसैमा छलफल हुने परम्परा रहेको बताउँदै कांग्रेस र माओवादीको अडान यथावत् रहेको बताए । ‘अविश्वास प्रस्तावमा निर्णय भएपछिमात्रै अन्य विजनेसले प्रवेश पाउने संसारभरको पद्धति हो’ लेखकले भने, ‘यसैलाई मुद्दा बनाएर एमालेले जिद्धि लिनुको पछि सत्ता लम्बाउने षडयन्त्र मात्रै हो ।’ बजेटसँग जोडिएका बिधेयक तत्काल पारित गर्न आवश्यक नरहेको दुई दलको निष्कर्ष छ । अर्थ मन्त्रालयले सामूहिक कर असुली ऐन २०१२ कार्यान्वयनमा ल्याईसकेको अवस्थामा आगामी मंसिर १५ सम्म विधेयक पारित नहुँदा पनि असर नपर्ने उनीहरुको ठहर छ । सामूहिक कर असुली ऐन लागु भएपछि मंसिर १५ सम्म राजस्व उठाउन समस्या नरहेको बताउदै लेखकले सत्ता लम्बाउने चालबाजीबाट मात्रै यसलाई मुद्दा बनाउने काम भएको बताए । ‘अविश्वास प्रस्तावमा निर्णय भएपछि यो विधेकयलाई सर्वसम्मत रुपमानै पास गर्न हामी तयार छौ’ लेखकले भने, ‘अविश्वासको प्रस्ताव पारित भएपछि सरकार काम चलाउको रुपमा हुन्छ । काम चलाउ सरकारले पनि विधेयक पेश गर्न सक्छ । अविश्वास प्रस्ताव पारित हुन नसके सरकारको पक्षमा बहुमत देखिन्छ । समस्यै रहन्न ।’ एमाले नमाने के होला ? सरकारको नेतृत्व लिएको एमालेले आर्थिक विधेयकलाई संसदको कार्यसूचीको पहिलो नम्बरमा नराखेसम्म संसद् चल्न नदिने निर्णय लिएपछि कांग्रेस र माओवादीले आर्थिक विधेयकलाई असफल बनाउने बैकल्पिक निकासका बिषयमा पनि छलफल गरेका छन् । तर, बिहीबारको बैठकमा भने उनीहरु यो विकल्पमा नजाने भएका छन् । ‘संसदमा एमालेको क्रियाकलाप हेरेर के गर्ने भन्ने बिषयमा विहीबार निर्णय लिनेछौ’ कांग्रेसका एक नेताले भने, ‘जानै परे पर्सीको बैठकमा मात्रै यो विकल्पमा जाने छौ । तर, भोली (विहीबार) को बैठकमा भने यो विकल्पमा समझदारी बन्दैन ।’ आर्थिक बिषय अगाडि पास गर्दा असफल बनाउनु पर्ने नैतिक संकट पर्ने भएको भन्दै माओवादीले अविश्वासको प्रस्तावमा निर्णय लिएलगतै पारित गर्नेगरी एमालेसँग छलफल गर्नुपर्ने बताएको थियो । कतिपय नेताहरुले बजेट असफल बनाएपछि प्रधानमन्त्री संसद् विघटनको बाटोमा जान सक्ने बताउदै सुरुमै अविश्वास प्रस्तावमा निर्णय लिनुपर्ने अडान छाड्न नहुने बताएका थिए । सभामुख ओनसरी घर्तीले विहानैदेखि राजनीतिक सहमति जुटाउने प्रयास गरेपनि दलहरुबीच सहमति जुट्न सकेको छैन । नयाँ गठबन्धन र सत्तापक्ष बीच बुधबार कुनै छलफल हुन सकेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending