Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

रणभूमि बन्दैछ डा. केसीको अनशनस्थल

\"578ecfdd65b7f3.90537955\" काठमाडौं, ५ साउन । प्राध्यापक डा. गोविन्द केसीको अनशनका कारण चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को स्वास्थ्य शिक्षा र सेवा प्रवाह प्रभावित हुन थालेपछि सरोकारवालाले समस्या समाधानका लागि पहल थालेका छन् । आमरण अनशनको १० औं दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था पनि नाजुक हुँदै गएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – आईओएमका निमित्त डिन प्राध्यापक डा. विमलकुमार सिन्हाले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखी संस्थानको पठनपाठन, बिरामीको स्वास्थ्य उपचार र डा. केसी स्वयंको स्वास्थ्य जोखिममा पर्दै गएकाले समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । उनको पत्रमा उल्लेख छ, ‘डा. केसीको अनशन, उहाँको मागका कारण सिर्जित समस्याले संस्थानको शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा असर पर्न थालेको र डा. केसीको स्वास्थ्य पनि नाजुक भइरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दछौं ।’ त्यस्तै डा. केसीका मागप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै उनका समर्थकले निकालेको र्‌यालीमा सहभागी विद्यार्थी र प्रहरीबीच मंगलबार केहीबेर झडपसमेत भएको छ । प्रधानमन्त्री निवास बालुवाटार घेर्ने उद्देश्यका साथ निकालिएको र्‌यालीमा सहभागी विद्यार्थीले निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । त्यस क्रममा १२ जना चिकित्सक र विद्यार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । करिब ६ घन्टापछि अधिकारकर्मीको पहलमा उनीहरूलाई छोडिएको थियो । अनशन बस्नुअघि डा। केसीले स्वास्थ्य शिक्षा र सेवा प्रवाह प्रभावित नहुने बताए पनि प्रतिकूल परिस्थिति उत्पन्न भएपछि आईओएमको डिन कार्यालय, त्रिवि शिक्षण अस्पताल र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले समस्या समाधानका लागि वार्ता प्रक्रिया अघि बढाउन सरकारलाई घच्घच्याएका छन् । ‘अनशन’ले १० औैं दिन प्रवेश गर्दासम्म शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्न थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending