Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

डा. केसीको मागप्रति यसकारण कांग्रेसको असहमति

\"congress काठमाडौं, ५ साउन । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकको मुख्य एजेण्डा थियो, प्रधानमन्त्री केपी ओली बिरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथिको छलफल । तर, छलफलका क्रममा मुख्य प्राथमिकता बन्न पुग्यो डा. गोविन्द केसीको स्वास्थ्य स्थिति र चिकित्सा शास्त्रको सुधारका निम्ति उनले उठाएका माग । आजको कान्तिपुर दैनिकमा खबर छ – केसीले उठाएका माग सम्वोधन गरी तत्काल उनको जीवन रक्षा गर्नुपर्ने जोड अधिकांशले राखे । त्यसरी माग राख्दा एकथरीले सवै माग पुरा गर्न कांग्रेसले नै नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए, जसमा अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने बिषय पनि थियो । अर्को पक्ष भने तत्कालिन सरकारले केसीसँग गरेको संझौता कार्यन्वयनमा जोड दिने तर महाअभियोगका बारेमा केही नबोल्ने धारणा राखेको थियो । केन्द्रीय सदस्य गगन थापा र प्रदिप पौडेलले महाअभियोगको प्रस्तावमा पनि कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । ‘महाअभियोगको प्रस्ताव पनि संसदसँग सम्वन्धित भएकाले केसीले उठाएका माग सम्वोधन गर्ने बिषयमा कांग्रेसले नेतृत्व लिनुपर्छ’ थापाको भनाई थियो । अर्का केन्द्रीय सदस्य पौडेलले महाअभियोगको प्रस्तावलाई ध्यानआकर्षण गराउने गरी अन्य माग पुरा गर्नपर्नेमा जोड दिएका थिए । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने संसदीय समिति गठन गर्न निर्णय लिनुपर्ने माग गरेका थिए । तत्कालिन सरकारले गरेको संझौता कार्यन्यन गर्ने, कार्की बिरुद्ध महाअभियोगको प्रस्ताव र नीजि क्षेत्रको मेडिकल कलेजले उठाएका माग समेतलाई अध्ययन गर्नेगरी संसदीय समिति गठन हुनुपर्ने उनको जोड थियो । केन्द्रीय सदस्यहरु महेश आचार्य, विमलेन्द्र निधि, अर्जुनरसिंह केसी, प्रदिप गिरी, नारायण खडका, मिनेन्द्र रिजाल, आनन्द ढुंगाना, गुरु घिमिरेलगायत सवैजसोले तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारले डा. केसीसँग गरेका संझौता कार्यन्वयनमा जोड दिएका थिए । तर, अख्तियार प्रमुख कार्की बिरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने मागमा अधिकांशको असहमति रह्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending