Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

राज्यको ढुकुटीबाट एक दिनमै १ करोड ३१ लाख बाँडियो, कसले कति पाएँ ? (नामावलीसहित)

\"17072016082927Donate-1000x0-750\" काठमाडौं, ३ साउन । सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनः रकम बाँडेको हो । यसअघि मन्त्रिपरिषद्ले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो । कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको बिलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भए पनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन । मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारूढ एमाले र राप्रपा नेपाल तथा प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो । मुलुकमा भौतिक पूर्वाधारको विकास तथा गरिब जनताको उत्थानमा सदुपयोग गर्नुपर्ने राज्यको ढुकुटी आर्थिक सहायताका नाममा सरकारले जथाभावी पहुँचवालालाई पोसेको हो । जथाभावी आर्थिक सहायता वितरण हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले २०६८ सालमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो । त्यसलाई कुनै पनि सरकारले पालना गर्ने गरेका छैनन् । अल्पमतमा परिसकेको प्रधानमन्त्री केपी ओली सरकारले समेत कार्यविधि लत्याउँदै धमाधम पहुँचवाला र राम्रो आर्थिक हैसियतवाला व्यक्तिहरूलाई सहायता वितरण जारी राखेको छ । सरकारले ती व्यक्तिलाई किन आर्थिक सहायता दिनुपरेको हो, मन्त्रिपरिषदको निर्णय र गृह मन्त्रालयको प्रस्तावमा केही उल्लेख छैन । आर्थिक वर्ष २०७२र७३ मा आर्थिक सहायताका नाममा सरकारले २ सय ७२ जनालाई १५ करोड २७ लाखभन्दा बढी आर्थिक सहायता वितरण गरेको थियो । आर्थिक सहायता पाएकामा सबै पहुँचवाला नेता, प्रधानमन्त्री र नेताका आफन्त, कार्यकर्ता, संवैधानिक निकायका पदाधिकारी र उच्च सरकारी अधिकारी बढी छन् । सरकारले गत असार अन्तिम सातासम्म एक वर्षमा पहुँचवालालाई वितरण गरेको आर्थिक सहायता रकम साढे १८ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ । उक्त रकम झाडापखाला लागेका बेला जीवनजलसमेत नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएका अछामसहितका नौवटा दुर्गम जिल्लालाई औषधि खरिद गर्न एक वर्षमा दिइने एकमुष्ठ बजेटभन्दा बढी हो । असार २४ को मन्त्रिपरिषद् बैठकले ७ जनालाई ५० लाख, एक जनालाई ४ लाख, ६ जनालाई ३ लाख, ११ जनालाई २ लाख र ५२ जनालाई १र१ लाख रुपैयाँ सहायता दिएको छ । एकै जना पहुँचवालालाई पटक–पटक आर्थिक सहायता दिइएको उदाहरणसमेत छन् । बूढानीलकण्ठ–८ का गोविन्द भट्टराईलाई सरकारले एक महिनामा दुईपटक आर्थिक सहायता दिएको छ । उनलाई असारको पहिलो साता ३ लाख र असार २४ मा ५ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । उनलाई पटक–पटक आर्थिक सहायता दिनुपर्नाका कारण सरकारले उल्लेख गरेको छैन । मन्त्रिपरिषदले एमालेका पूर्वसांसद सोमनाथ अधिकारीलाई ५ लाख, बद्रीप्रसाद कोइरालालाई ५ लाख, गोविन्द भट्टराईलाई ५ लाख, लक्ष्मी पन्तलाई ३ लाख, निर्वाचन आयुक्त इला शर्मालाई ३ लाख, मानबहादुर मल्ललाई २ लाख, उदय पाठकलाई २ लाख, रूपसिंह थापालाई १ लाख, सीता घिमिरेलाई १ लाख, राजकुमार सहनीलाई एक लाख, उषा गिरीलाई २ लाख, पूर्वमन्त्री बद्री बस्नेतलाई ३ लाख, विष्णुभक्त फुयाललाई २ लाख र गणेशनाथ योगीलाई एक लाख आर्थिक सहायता दिएको छ । सरकारले सौजन लिम्बु, रामसिंह रावल र गणेश उचैलाई एकरएक लाख, प्रकाश शाहलाई २ लाख, कृष्णनिधि तिवारीलाई ३ लाख, कांग्रेस सांसद प्रेमकिशोर शाह तेलीलाई ५ लाख, लक्ष्मणसिंह खडका, रोहित राजवंशी, तुकबहादुर थापा, हरिबहादुर थापा ९जाजरकोट०, हरिबहादुर देहार, मनक्वारा बिटालु, जनकराज गौतम, विष्णुरुद्र उपाध्याय, पानसरी धराला, उदय चलाउने र भुवनकुमार थारूलाई एक÷एक लाख रुपैयाँ आर्थिक सहायता दिएको छ । यसैगरी शरद रसाइलीलाई ३ लाख, तिलकबहादुर सारुलाई एक लाख, नारायणबहादुर कार्कीलाई ४ लाख, श्यामलाल श्रेष्ठलाई २ लाख, सानुशिवा पहाडीलाई २ लाख, टीकादेवी पालुंगालाई २ लाख, लालबाबुसिंह भुइँहार, दानबहादुर डंगोल, श्रीन्जु अधिकारी, सुरेशकुमार राई, विक्रम खरेल, सुन्दर कार्की, शारदा चौंलागाईं, गोपालबहादुर अधिकारी, कृष्णबहादुर खडका, डोमा शेर्पा, सुदीप थापा, चेतनारायण आचार्य, श्रीधरप्रसाद श्रेष्ठ, माया लामिछाने, दलबहादुर स्याङतान, गंगाबहादुर थापामगर, दीपक देवकोटा, रेखी बीसी, दत्तबहादुर रावल, जनकबहादुर शाह, दीपेश श्रेष्ठ, गीता पोखरेल काफ्ले, जयबहादुर क्षत्री र रुद्रबहादुर बस्नेतलाई एकरएक लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । सांसद महेन्द्रबहादुर शाही तथा पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई ५–५ लाख, पूर्वसांसद बर्मन बुढालाई २ लाख, नरेन्द्रराज शर्मालाई ३ लाख, अनुप पन्तलाई १ लाख, पार्वती घर्तीलाई १ लाख, मुरलीगोपाल रञ्जितकारलाई २ लाख, तारानाथ शर्मालाई १ लाख, सानुकान्छी तामाङलाई १ लाख, गंगा प्रधानलाई २ लाख, जीवनकुमार गौतमलाई १ लाख, मनबहादुर गायकलाई १ लाख, विष्णुकुमारी अधिकारी १ लाख, नन्दा न्यौपानलाई १ लाख, कमल शाहीलाई १ लाख, रामबहादुर विकलाई एक लाख र विर्मी शाहीलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ । \"17072016085849donation-1000x0\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending