Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

चिनियाँ कम्पनीद्धारा सवा अर्ब राजस्व छली

\"578c2cae362c00.62169167\" काठमाडौं, ३ साउन । चमेलिया जलविद्युत् आयोजनाको सिभिल ठेकेदार चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले नक्कली भ्याट बिल बनाएर एक अर्ब १६ करोड रुपैयाँ राजस्व छलेको पाइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – ठूला करदाता कार्यालयले गत शुक्रबार सीजीजीसीलाई आर्थिक वर्ष २०६६र६७ देखि २०६७र६८ सम्मको कर निर्धारण गर्दै ७८ करोड रुपैयाँ आयकर र १३ करोड २५ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर ९भ्याट० तिर्नुपर्ने उल्लेख गरी पत्राचार गरेको छ । यसअघि आन्तरिक राजस्व विभागले २५ करोड रुपैयाँ भ्याट सीजीजीसीले तिर्नुपर्ने गरी निर्धारण गरेको थियो । विभाग र कार्यालयले गरेको अन्तिम कर निर्धारणमा एक अर्ब १६ रुपैयाँ पुगेको हो । कार्यालयका प्रमुख कर प्रशासक शोभाकान्त पौडेलका अनुसार सीजीजीसीले पेस गरेको भ्याट बिलको अनुसन्धान गर्दा आफैंले नक्कली बिल बनाएर छापेको र त्यस्तो भ्याट बिल अमान्य भएपछि कार्यालयले अन्तिम कर निर्धारण गरेको हो । ‘हामीले विभागीय अनुमति लिएर अनुसन्धान गर्दा २०६७र६८ सम्ममा १३ करोड रुपैयाँको नक्कली भ्याट बिल रहेको पाइयो’, पौडेलले आइतबार अन्नपूर्णसँग भने, ‘भ्याटको बिल अमान्य भएपछि त्यसैका आधारमा कर निर्धारण गरेका हौं ।’ नगरेको काममा नक्कली बिल प्रयोग गरिएको, उक्त नक्कली बिलका आधारमा चमेलियाको सिभिल परामर्शदाता साह सिल्ट आइकन जेभीले खर्चको सिफारिस गरेको र नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको चमेलिया आयोजनाले भुक्तानी गरेको पुष्टि भएकाले यसमा यी तीनै पक्षको मिलेमतो रहेको देखिन्छ । चमेलियाको सिभिलतर्फको ठेक्का २ अर्ब ८८ करोड रुपैयाँमा पाएको सीजीजीसीले भेरियसन ९थप काम० भन्दै ६ अर्ब रुपैयाँ भुक्तानी लिइसकेको छ । आयोजना प्रमुख राजेन्द्र मानन्धरका अनुसार हालसम्म उसले लिएको भुक्तानीमा भेरियसन, दाबी सबै समावेश छ । २०६३ पुस ६ गते ठेक्का सम्झौता गरेको सीजीजीसीले झन्डै १० वर्ष पुग्न लागिसक्दा पनि काम पूरा गरेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending