Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

माओवादीबाट को को बन्दैछन् मन्त्री ?

  \"maoist काठमाडौं, ३ साउन । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ । आजको साँघु साप्ताहिकमा खबर छ – नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारी छन् । नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री हुने भन्ने गृहकार्य भइरहेको जनाइएको छ । नेपाली कांग्रेस र माओवादीबीच आन्तरिक सहमति अनुसार, कांग्रेसलाई १३ मन्त्रालय र माओवादीलाई नौ मन्त्रलाय बाँडिने सहमति भएको छ । तर, कुन दललाई कुन मन्त्रालय भन्ने विषय भने टुंगिएको छैन । अध्यक्ष प्रचण्डले दुबै दलका दोस्रो तहका नेतालाई मन्त्रालय टुंग्याउने जिम्मा दिएका छन् । यता, माओवादीबाट को को मन्त्री हुने भनेर कृष्णबहादुर महरासहितका नेताहरु गृहकार्यमा जुटेका छन् । महराको हातमा दर्जन ठूला सूचि समेत बनिसकेको स्रोतले बतायो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा गृहमन्त्री भने कांग्रेसको भागमा पर्ने भएको छ । यता, महराले उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने धेरै सम्भावना छ । नेता दर्नादन शर्मा भने गृह मन्त्रालय नपाए सरकारमा नजाने अठानमा छन् । ओलाी सरकारको पालमा शिक्षामन्त्री सम्हालेका गिरिराजमणी पोखरेल र सामान्य प्रशासन मन्त्रालय सम्हालेकी रेखा शर्मा अब बन्ने मन्त्रीमण्डलमा दोहोरिने सम्भावना छ । थारु क्लस्टरबाट सन्तकुमार थारुको सम्भावना हटेकाले गौरीशंकर थारु मन्त्री मण्डलमा पर्ने चर्चा धेरै रहेको छ । त्यस्तै भेरी कर्णालीबाट महेन्द्रबहादुर शाही, राप्तीबाट टेकबहादुर बस्नेत,नेता राम कार्की, प्रमुख सचेतक हितराज पाण्डे, मधेसबाट प्रभु साह, दलितबाट दलजीत श्रीपाइली मन्त्री हुने सम्भावना बढि रहेको चर्चा माओवादी केन्द्रमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending