Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बर्हिगर्मित लडाकुको नाममा आएको ८० करोड यसरी सिर्जनात्मक काममा खर्च गर्ने की ?

‘अयोग्य’को बिल्ला भिराएर अलपत्र पारिएका बहिर्गमित जनमुक्ति सेनाका लडाकुलाई यसपालिको बजेट भाषणमार्फत राज्यले दुई लाख रकम प्रदान गर्ने भएको छ । पहिले नै निर्णय भएर पनि कार्यान्वयन नगरिएको यस मामलामाथि ध्यान पुर्यािएकोमा नेपाल सरकार तथा सम्बन्धित सबैलाई साधुवाद छ । तर, हामी दुई लाखका लागि मात्र लडेका थिएनौँ भन्ने पनि सबैले बुझ्नु आवश्यक छ । हामीले लडेर गणतन्त्र ल्यायौँ । यसका लागि हामी सम्मानको हकदार छौँ । यस विषयमा विचार गरिनुपर्छ ।   [caption id=\"attachment_83209\" align=\"alignleft\" width=\"338\"]\"लेनिन लेनिन बिष्ट[/caption] गत जेठ २० गते बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको छ । सबै राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक क्षेत्रका व्यक्तित्वहरू उक्त ऐतिहासिक सम्मेलनमा आतिथ्यता ग्रहण गर्न आउनुभयो । सम्मेलनमा पनि हामीले रकमको कुरा ठूलो होइन हामीमाथि लगाइएको ‘अयोग्य’ भन्ने शब्दले चाहिँ हामीलाई घोचिरहेको छ भन्ने तथ्य उठायौँ ।   को योग्य र को अयोग्य भन्ने कुरा त काम गर्दै जाँदा देखिने कुरा हो । हामीले आफूलाई योग्य साबित गरेर देखाउनु छ । यसर्थ सरकारले हामीलाई प्रतिव्यक्ति दुई लाखका दरले उपलब्ध गराउन लागेको रकमलाई देशकै हितमा प्रयोग गराउने अवधारणा हामीले बनाएका छौँ । ‘योग्य’ कहलिएर रकम बुझी हिँडेका मानिसहरू अहिले के–कस्तो स्थितिमा छन् भन्ने पनि हामीले देखे–सुनेकै कुरा हो ।  
उपलब्ध हुन लागेको दुई लाख रकमको विषयमा थप भन्नुपर्दा यो रकम व्यक्ति–व्यक्तिले बुझेर बालुवामा पानी हाले सरह भई खेर जानुको साटो राज्यकै हितमा सदुपयोग होस् भन्ने हाम्रो अन्तस्करणको चाहना हो ।
यसका लागि राज्यले एउटा ठोस नीति–नियम वा कानुन नै बनाएर यसलाई सही कार्यमा सदुपयोग गर्ने प्रोजेक्ट तयार गरिदेओस् भन्ने हाम्रो चाहाना हो । त्यो रकम व्यक्ति–व्यक्तिले बुझेर लिए त्यत्तिकै सकिन सक्छ, तर कुनै ठूलो प्रोजेक्टमा सामूहिक लगानी हुन सक्यो भने हाम्रा साथीहरूले रोजगारी पनि पाउँछन् ।   तसर्थ, राज्य र बाह्य निकायको समेत विज्ञ समूह बनाएर के कुरामा लगानी गर्दा उपयुक्त हुन्छ भन्ने सोचियोस्, यस्तो प्रोजेक्ट तयार गरियोस् जो पूर्ण सरकारी पनि नहोस् र त्यो एनजीओकरण हुनुबाट पनि पूर्णरुपमा बचोस् । जसले हामीलाई रोजगारी मिल्छ भने राज्यलाई पनि हित हुन्छ । जस्तो कि, हामी चार हजार बहिर्गमित जनमुक्ति सेनाको रकम जोड्दा ८० करोड हुन्छ । यति रकमले १०–२० मेगावाटको विद्युत् परियोजना बन्न सक्छ । व्यक्ति–व्यक्तिलाई रकम दिँदा कोही बाइक किनेर फोगटमा घुमी हिँड्ने, कोही जाँडरक्सीमा भुलेर मस्तराम बन्ने, कोही जुवातासमा भुल्ने, यसरी धेरै स्वेच्छिक अवकाशमा आएका साथीहरु बिग्रिएको देखियो । योग्य ठहरिएर पाँच लाख रकम बुझी बहिर्गमन हुने साथीहरूको हालतका आधारमा भनिएको हो। केही रकम त सदुपयोग हुन पनि सक्ला, तर धेरैचाहिँ अनुत्पादक क्षेत्रमा खर्चा हुने देखिन्छ । हिजो जसले अयोग्य भनेर बद्नाम गरिदियो तिनमाथि प्रतिशोध साध्ने भावनाले पनि बहिर्गमित युवालाई अपराधको बाटोमा धकेल्न सक्ने पनि उत्तिकै संभावना देखिन्छ । त्यसका लागि यो दुई लाख रकम सहायक सिद्ध हुन सक्छ । हतियारसँग जोडिएका सदस्य हुनाले गलत तत्वले विभिन्न प्रलोभन दिएर दुरुपयोग गराउन सक्ने खतरा पनि छ । यसरी क्राइमको रेट बढ्न सक्ने हुनाले बरु देशको आर्थिक विकासमा टेवा पुगोस् भनेर उक्त एकमुष्ट ८० करोड विकास आयोजनामा लगाउने सोच हामीले बनाएका हौं । पुनस् स्मरण गराउन चाहन्छु कि बहिर्गमित लडाकुहरू हतियारसँग ट्रेन्ड भएको शक्ति हो , यिनलाई सकारात्मक दिशामा लैजाने कि जथाभावी छोडिदिने ? यो राज्यले समयमै सोच्नुपर्छ । कसैले राज्यबाट रकम लिएर राज्यलाई नै हानि हुने काम गर्छ भने यस्तो हुनुबाट मुलुकलाई जोगाउनु पर्छ र बर्हिगमित साथीहरुको ज्ञानको सहि सदुपयोग गर्दै उनीहरुलाई रोजगारीको बातावरण पैदा गराउनु पर्दछ । हामीले यो दुई लाखले खास केही गर्न सक्दैनौँ । पसल खोलौँ दश–पन्ध्र लाखको लगानी चाहिन्छ, अरू काम गर्न पनि कम लगानीले केही हुनेवाला छैन । त्यसैले सामूहिक लगानी गर्न सकियो भने राज्यको लागि पनि फाइदा हुने देखिन्छ ।   हामी त हिजो पनि राज्यकै लागि लडेका हौँ । अब राज्यलाई पनि होस् र हामीलाई पनि प्रतिफल मिलोस् । राज्यले पनि गर्व गर्न सकोस् र हामीले पनि गर्व गर्न सकौँ, साथमा रोजगारी पनि मिलोस् । अर्को कुरा, यो रकम जनताको एक–एक रुपैयाँ करबाट आएको पैसा हो । यो पैसाको सदुपयोग भएन भने हामी आफैँलाई आत्मग्लानी हुन्छ । त्यसैले, यदि राज्यले हाम्रो यो कुरा सुनेर गम्भीरतापूर्वक निर्णय लिएन भने ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन पनि सक्छ ।
सामूहिक लगानीको सवालमा बाह्य निकायबाट समेत सहयोग जुटाउन सकिन्छ, यदि असी करोडको सामूहिक लगानीमा हामी अघि बढ्न सक्यौँ भने । यति मात्र नभई द्धन्दबाट निस्केर लडाकुले यस्तो सिर्जनात्मक काम पनि त गर्न सक्दा रहेछन् भन्ने सकारात्मक सन्देश पनि विश्वमा प्रवाहित हुन्छ ।
सामूहिक लगानीको सवालमा बाह्य निकायबाट समेत सहयोग जुटाउन सकिन्छ, यदि असी करोडको सामूहिक लगानीमा हामी अघि बढ्न सक्यौँ भने । यति मात्र नभई द्धन्दबाट निस्केर लडाकुले यस्तो सिर्जनात्मक काम पनि त गर्न सक्दा रहेछन् भन्ने सकारात्मक सन्देश पनि विश्वमा प्रवाहित हुन्छ । हामीले आफ्नो सङ्गठनको राष्ट्रिय सम्मेलनमै पनि सामूहिक लगानीको कुरा उठाइसकेका छौँ । केही साथीहरूले व्यक्तिगत रूपले नै रकम बुझ्ने कुरा गरे पनि अधिकांश साथीहरू सामूहिक लगानीका लागि तयार छन् । यो कन्सेप्ट सुन्ने सबैले राम्रै मानेका पनि छन् । तसर्थ, सरकारले एउटा उपयुक्त प्रोजेक्ट र कार्यविधि बनाएर त्यसको सञ्चालनका लागि सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending