Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माअाेवादीले ओली सरकार छाड्नुको दुई टुक उत्तर

नेकपा (माओवादी केन्द्र) ले ओली सरकारलाई दिएको समर्थन र पठाएको मन्त्रीहरु फिर्ता गरेपछि नेपाली राजनीति सरगर्मी व्हात्तै बढेको छ । धेरैले माओवादी केन्द्रको यो निर्णयलाई ठीक र समयानुकुल भनेका छन् भने केहीले बिरोध पनि गरेका छन् । सहि भन्नेहरु प्रचण्डले गठबन्धन बचाउन सक्दो प्रयास गरेका हुन् तर एमाले नै जिम्मेवार भएन भन्ने छन् । बिरोध गर्नेहरु अधिकांश एमाले कार्यकर्ताहरु र एमालेबाट कुनै न कुनै रुपमा लाभ प्राप्त गर्नेहरु छन्, जो एमालेका हरेक मै हुँ भन्ने नेतालाई प्रधानमन्त्री बनाउने जिम्मा माओवादीको हो भन्ने ठान्दछन् । नागरिक समाजका केही मान्छेहरु पनि अभुतपुर्व रुपमा दिग्भ्रमित छन् । आउनुहोस माओवादी केन्द्रले ओली सरकारलाई दिएको साथ समर्थन किन फिर्ता लियो भन्ने कुराको दुई टुक उत्तर सबैले बुझ्ने भाषामा खोजौं । [caption id=\"attachment_66300\" align=\"alignleft\" width=\"150\"]\"लेखक\" लेखक[/caption] एमाले अध्यक्ष केपी ओली जनयुद्ध सुरु भएयता र शान्ति सम्झौता भएर खुल्ला राजनीतिमा माओवादी आउदासम्म माओवादीको सबैभन्दा खुंखार बिरोधी भएर निस्किए । माओवादीले उनलाई प्रधानमन्त्रीका लागि समर्थन जनाउनु भन्दा केही महिना पहिलासम्म पनि उनको माओवादीप्रतिको बिरोध २० को १९ भएको थिएन । माओवादीलाई उखान टुक्का हाली हाली गाली गरेको सुन्न गाईजात्रामा मह जोडीको प्रहसन हेर्न जाने जत्तिकै मान्छेको भिड लाग्थ्यो । ओली जति मान्छे बढी देख्यो उति नै मच्चिइ मच्चिइ उखान हाल्थे । गलललल हाँसोको फोहोरा छुट्थ्यो ।
बैगुनीलाइ गुणले मार्न खोज्ने प्रचण्डको सद्भाव सायद ओलीलाई पचेन । माओवादीको मुख्य साथ र समर्थनबिना बन्न असम्भव ओली सरकार अब यस्तो छिल्लिन थाल्यो कि उसलाई जन्म दिने आमाको भूमिका खेलेको माओवादीलाई टेरपुच्छरै लगाउदैन । छाडा साँढे जस्तो पो डुक्रिन थाल्छ ।
नयाँ संबिधान जारी गरी जनयुद्ध र जनआन्दोलनका ऐतिहसिक उपलब्धिहरु संस्थागत गर्ने चपेटाले छोपी सक्दा पनि कांग्रेस एमाले सत्ताको लुछाचुँडीमै अल्झिरहँदा माओवादी र प्रचण्डले अभिभावकको भूमिका निर्वाह गरेको कुरा जग जाहेर छ । कांग्रेसको भद्र सहमतिको सपना टेकेर प्रधानमन्त्रीको कुर्ची ताकिरहेका एमाले अध्यक्ष ओली त्यतिबेला ङिच्च भए, जब कांग्रेसले भद्र सहमति भएको पनि छैन, सत्ता पनि छोड्दिन भन्दियो । कांग्रेसले एमाले सत्ता हस्तान्तरण गर्न भद्र सहमति गर्दा प्रचण्ड पनिसँगै थिए । कांग्रेसले दिनदहाडै धोका दियो । ओली तीनछक् परे । तर प्रचण्डले धर्म छाडेनन् । सार्वजनिक रुपमै भन्दिए कांग्रेसले संबिधान जारी भएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्छु भनेको हो । ओलीलाई त्राण मिल्यो । त्राण मात्रै मिलेन सत्ताको साँचो नै हात लाग्यो । जसले आफ्नो राजनीतिको मिसन नै प्रचण्डको खोइरो खनेर ताली खाए तिनै प्रचण्डले ओलीलाई सत्ताको माली बनाइदिए । जबकि सत्ता साझेदार कांग्रेसले भएको सहमति पनि भएको छैन भनेर लोप्पा खुवाइदिएको थियो ।
अाेली सरकार द्वन्दका घाउहरु मलमपट्टी गरी बिसेक हुन छोड्नुपर्ने उल्टै खाटा बस्नलागेका घाउ उधिनेर रगत निकाल्छ । एक थान संबिधान त बन्यो तर लागू गर्नेबेला बाख्रालाई भैंसीको सिङ् भारी भो भन्छ ।
प्रचण्डले धुवाँदार सहयोग गरे । मानौं प्रचण्ड र ओली हिजो लडाईंँ लड्दाका सहयात्री हुन् । बमको धमाकाले उछिट्याएर बाल बाल बाँचेका जिउदा सहिद हुन् । हिजोका सम्पूर्ण मतभेद भुलेर प्रचण्डले गरेको सहयोग समर्थन देखेर ओलीले हिजो गरेका कटाक्ष कति मान्छेले त भुले पनि । ओलीले तीन त्रिलोक चौध भुवन जोडेर दिएको गफ धेरैले पत्याए पनि । धेरैलाई लाग्यो अब ओलीले हान्छ, बिकासको गोली । बैगुनीलाइ गुणले मार्न खोज्ने प्रचण्डको सद्भाव सायद ओलीलाई पचेन । माओवादीको मुख्य साथ र समर्थनबिना बन्न असम्भव ओली सरकार अब यस्तो छिल्लिन थाल्यो कि उसलाई जन्म दिने आमाको भूमिका खेलेको माओवादीलाई टेरपुच्छरै लगाउदैन । छाडा साँढे जस्तो पो डुक्रिन थाल्छ । जनता महंगी र कालाबजारीको मारमा परि मर्न थालिसके पानीजहाज र ग्यासको धारो पो कुर्न भन्छ । मधेसीलाई सम्झाईबुझाई नजिक नजिक ल्याउनुपर्ने तर उल्टै उखान टुक्का हाली हाली गल्हत्याउँछ । भुँइचालोले धुजाधुजा परेका मन टाल्नुपर्ने आफै १५ औं लाखको भतेर हसुर्छ । द्वन्दका घाउहरु मलमपट्टी गरी बिसेक हुन छोड्नुपर्ने उल्टै खाटा बस्नलागेका घाउ उधिनेर रगत निकाल्छ । एक थान संबिधान त बन्यो तर लागू गर्नेबेला बाख्रालाई भैंसीको सिङ् भारी भो भन्छ ।
प्रचण्ड र माओवादीलाई आमाचकारी गाली गर्नेमा एमालेजन अग्रपंक्तिमा आउँछन् । मानौं प्रचण्ड तिनका सत्ताका ठेकेदार हुन् । प्रचण्डले तिनलाई जुग जुग बोकी राख्दिनु पर्ने ।
मैले जाहेर गर्न चाहेको दुई टुक कुरा यत्ति हो । यी कुरालाई मसिनो गरी केलाउन हिम्मत गर्ने हो भने हामी यथार्थमा आइपुग्छौं । बिरोध गर्ने जमात जुन छ, त्यसले यी कुरा कहिले बुझ्ने क्षमता राख्दैनन् । तिनका दिमाग महाकालीबाट रेल चढेर मेची पुगेको ओलीवाला सपनाले भरिएको छ । धारामा ग्यास बगेको चमत्कारले निलेको छ । तर बिर्सेको छ, प्रचण्डको सत्तोसराप गर्न फेसबुक खोल्न पनि मोबाइलमा चार्ज नभएको । पानी खान काकाकुल बनेको । बाटो हिड्दा हिलो धुलो र धुँवाले सास अचेटेको । डिग्री बोकेर डोरीलाउरे बन्न खाडी उडेको । महंगीले टाउको सेकेको । हो, सपना देख्नु पर्छ बाँड्नु पनि पर्छ । तर सपना पनि खाली पेटमा देखिन्न भनेर धरातलीय यथार्थ त अवश्य सबैले बुझ्नुपर्छ । यहाँ प्रचण्ड र माओवादीलाई आमाचकारी गाली गर्नेमा एमालेजन अग्रपंक्तिमा आउँछन । मानौ प्रचण्ड तिनका सत्ताका ठेकेदार हुन् । प्रचण्डले तिनलाई जुग जुग बोकी राख्दिनु पर्ने । हिजो आफुलाई साथ दिँदासम्म ठीक । आज मन लागेन साथ दिएनन । अनि बेठीक ? ओलीको सस्तो विकासे नारामा डुबेर स्वर्गानुभूती गर्न तल्लिन दिमागहरु छ भने थोरै दिमाग लगाउँ । मिलिजुली सरकार भनेको एकले अर्कालाई विश्वास र सम्मान गर्दासम्म मात्रै टिक्छ । चित्त बुझिरह्दा मात्रै चल्छ । चित्त बुझ्दा र एजेन्डा मिल्ने सम्भावना रहँदा मात्र टिक्छ । माओवादीलाई पनि रहर होइन, आफैले रोपेको बिरुवा काटेर फाल्न । किनभने एमालेसँग सहने हदसम्म सहेर गठबन्धन टिकाएकै हो । कांग्रेससँग भन्दा एमालेसँगै सत्ता साझेदारी गर्नु बढी प्राकृतिक हो । पछिल्लो पटक कांग्रेससँग मिलेर सरकार परिवर्तनको सरगर्मी चल्दा यो पंक्तिकारले त्यसो गर्न नहुने जोडदार मत राखेको थियो । र अरु हजारौँले पनि कंग्रेससँगको साझेदारीको बिरोध गरेका थिए । तर सस्ता विकासे नारा बेचेर सरकार छोड्ने अनि ति नाराको भरमा आउँदो चुनाव एकलौटी जित्ने तिम्रा खुफिया चाल बल्ल पर्दाफास हुँदैछन् । झुटको खेती गरेर जनताका दिमाग भ्रमित पार्न सिपालु एमाले चाल सायद अब जनताले बुझिपनि सकेका छन् । त्यसैले माओवादी पनि तिम्रा झुट र फरेवकासामू लत्रिनु भन्दा सोँच्यो ‘मर्ता क्या नही कर्ता’ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending