Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

यस्ता छन्, सरकार नछाड्ने ओलीका ४ विकल्प

[caption id=\"attachment_81673\" align=\"alignleft\" width=\"750\"]\" तस्बिर : रासस[/caption] काठमाडौं, २९ असार । सत्ताको प्रमुख सहयोगी माओवादीले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले राजीनामा दिएनन् । उनले उल्टै तीन विकल्प प्रस्तुत गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा अनुसार यस्ता छन् ओलीका तीन विकल्प : १. विश्वासको मत लिन ५० मत अपुग संविधानको धारा २९८ को उपधारा (१२) मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि व्यवस्थापिका–संसद्को विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि संसद्समक्ष प्रस्ताव राख्न सकिने व्यवस्था छ । त्यस्तो प्रस्ताव छलफल हुने दिनभन्दा दुई दिनअगावै दिनुपर्नेछ । उठेका प्रश्नहरूको जवाफ दिने समय निर्धारण हुनेछ । अनि मात्र विश्वास छ वा छैन भन्ने प्रश्न निर्णयार्थ प्रस्तुत हुनेछ । २.ओलीको पक्षमा २५३ मत अहिलेको गठबन्धनबाट तत्काल माओवादी केन्द्रलाई मात्र अलग गर्ने हो भने प्रधानमन्त्री केपी ओलीसँग २५३ मत हुन्छ । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै ओली सरकार स्वतस् अल्पमतमा छ । उसलाई बहुमत पुर्‍याउन ४५ मत आवश्यक पर्छ । अब ओलीसँग आफ्नै दल एमालेको एक सय ८२, राप्रपा नेपाल २५, फोरम लोकतान्त्रिक १४, राप्रपा १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, राष्ट्रिय जनमोर्चा ३, परिवार दल २, मधेस समता पार्टी, नेपास् राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी र बहुजन पार्टीको एक–एक मत छ । ३. अविश्वास प्रस्ताव पारित गर्न थप ९ मत आवश्यक संविधानको धारा २९८ को उपधारा १३ बमोजिम प्रधानमन्त्रीमाथि संसद्को विश्वास छैन भनी संसद्को सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्नसक्ने उल्लेख छ । त्यसपछिको संसद् बैठकमा निर्णयार्थ प्रस्तुत हुँदा संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री आफ्नो पदबाट स्वतः पदमुक्त हुनेछन् । ४. कांग्रेस–माओवादीसाग मात्रै २८९ मत संसद्मा कांग्रेसका २०७ र माओवादी केन्द्रका ८२ सांसद छन् । यो गठबन्धनलाई बहुमत प्राप्त गर्न नौ सांसद आवश्यक पर्छ । मधेसी दलले समेत सरकारमा भने सहभागी नहुने, तर ओली नेतृत्वको सरकार गिराउन निर्माण हुने गठबन्धनका लागि सहयोग गर्ने बताइसकेका छन् । यसो हुादा प्रस्ट बहुमत प्राप्त हुने विश्वास कांग्रेस–माओवादीको छ । ओलीको विपक्षमा रहेका मधेसीहरूसाग ३७ मत छ । एमाले र राप्रपा नेपालबाहेक अन्य दलहरूले आफूहरूलाई साथ दिने र त्यसो गर्दा ३८८ मत आफ्नो पक्षमा हुने कांग्रेस–माओवादीको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending