Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ।

चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका स्वदेशी चलचित्रलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

यस कार्यमा सहभागी हुन इच्छुक चलचित्र निर्माता वा अधिकार प्राप्त व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोर्डले तोकेको ढाँचामा आवेदन पेश गर्नुपर्नेछ। डिजिटाइजेशन प्रक्रियामा सहभागिताका शर्त, आवेदन फाराम तथा आवश्यक विवरण चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइट www.film.gov.np तथा बोर्डको सूचना पाटीमा उपलब्ध रहेको जनाइएको छ।

यस सम्बन्धमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्रहरू हाम्रो सांस्कृतिक र ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै डिजिटलाइजेशन अत्यावश्यक भएको बताए। अध्यक्ष डिसीले भने,’पुराना स्वदेशी चलचित्रहरू केवल मनोरञ्जन मात्र होइनन्, ती हाम्रो समाज, समय र इतिहासका दस्तावेज हुन्। डिजिटाइजेशनमार्फत यस्ता चलचित्रको संरक्षण गर्नु आजको आवश्यकता हो। यस कार्यक्रमले हराउँदै गएका चलचित्रहरूलाई सुरक्षित राख्दै नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्नेछ।’

चलचित्र विकास बोर्डले यस कार्यक्रममार्फत पुराना स्वदेशी चलचित्रको दीर्घकालीन संरक्षण, अध्ययन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली चलचित्रको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: